
जिल्लामा सबैभन्दा धेरै क्यान्सरका विरामी छन् । एक वर्षमा ३ सय २२ जनामा क्यान्सर रोग देखिएको छ । सबैभन्दा धेरै बनेपामा ६२ जनामा देखिएको छ भने तेमाल शुन्य छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
तीन तहका सरकारको ध्यान पूर्वाधार निर्माणमा देखिएको छ । नागरिकहरुको स्वास्थ्य र शिक्षामा योजना निर्माण गर्ने क्रम घटिरहेको छ । नागरिकहरुको चाहना पनि पूर्वाधार निर्माण विकासको पहिलो सुचक बनेको छ । तर नागरिकहरु स्वस्थ बन्न नसक्दा बनेका पूर्वाधारको सहज प्रयोग गर्न सम्भव छ ? प्रश्न गम्भीर बन्न थालेको छ । तर पनि सरकारका योजनाहरु ब्यक्तिको स्वास्थ्य केन्द्रित हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा ७ सय ३९ जना नागरिकलाई कडा खालको रोग लागेको छ ।
कडा खालको रोग मध्ये सबैभन्दा धेरै क्यान्सरसँग सम्बन्धित छन् । क्यान्सर रोगका ३ सय २२ जना विरामी छन् भने मुटु रोगसँग सम्बन्धित २ सय ५७ जना छन् । मृगौला सम्वन्धि रोगका ७८, सिकल सेल एनीमिया सम्वन्धी रोगका ३ जना, अल्जामईर रोगमा १, पार्किन्सन सम्वन्धि ३ जना छन् । टाउकोमा चोट लागेका ६१ र मेरुदण्डमा चोट १४ जना छन् । उनिहरुलाई स्थानीय सरकारले उपचारमा सहुलियतका लागि सिफारिस गरेको छ । प्रदेश सरकारबाट बनेपाका ६२ जनाले क्यान्सर सम्बन्धि रोगको उपचारमा सहुलियत पाएका छन् ।
धुलिखेल नगरपालिकालाई विश्व स्वास्थ्य संगठनले नेपालमा पहिलो स्वस्थ शहर घोषणा गरेको छ । धुलिखेल नगरपालिकाले शुरु गरेको ब्यक्ति केन्द्रित स्वास्थ्य कार्यक्रमले नागरिकहरुलाई भविष्यमा हुन सक्ने रोग समयमा नै निदान गर्ने बाटो खुल्ला गरेको छ । धुलिखेल एउटा मात्रै त्यस्तो शहर हो जहाँ प्रत्येक नागरिकका वर्तमान अवस्थाको स्वास्थ्य अवस्था मात्रै नभई दीर्घकालमा ब्यक्ति र उसको परिवारलाई हुन सक्ने सम्भावित रोगहरुका बारेमा पनि प्रोफाईल तयार गरेर बसेको छ । धुलिखेल नगरपालिकाका सबै कार्यक्रमहरु अहिले त्यतैतर्फ केन्द्रित छन् । बार्षिक ५० भन्दा धेरै स्वास्थ्य सम्बन्धि शिविर आयोजना गरी स्वास्थ्य सचेतना कार्यक्रम पनि संचालन गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । ‘हामी पूर्वाधार निर्माणसँगै त्यसको प्रयोग गर्ने नागरिकहरुलाई समेत स्वस्थ बनाउने अभियानमा केन्द्रित रहेर योजना निर्माण गरिरहेका छौं’–नगर प्रमुख ब्याञ्जुले भने–‘त्यसको एउटै उदाहरण हो धुलिखेल विश्व स्वास्थ्य संगठनको रेकर्डमा दोश्रो र नेपालमा पहिलो शहर घोषित भएको छ ।’
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले तयार गरेको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्कले काभ्रेपलाञ्चोक जिल्लामा कडा खालका रोगहरु मध्ये सबैभन्दा धेरै क्यान्सरसँग सम्बन्धित छन् । क्यान्सर रोगका ३ सय २२ जना विरामी छन् भने मुटु रोगसँग सम्बन्धित २ सय ५७ जना छन् । मृगौला सम्बन्धि रोगका ७८, सिकल सेल एनीमिया सम्बन्धी रोगका ३ जना, अल्जाईमर रोग सम्बन्धी १, पार्किन्सन सम्बन्धि ३ जना छन् । टाउकोमा चोट लागेका ६१ र मेरुदण्डमा चोट १४ जना छन् । उनिहरुलाई स्थानीय सरकारले उपचारमा सहुलियतका लागि सिफारिस गरेको छ । प्रदेश सरकारबाट बनेपाका ६२ जनाले क्यान्सर सम्बन्धि रोगको उपचारमा सहुलियत पाएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीय तह अन्र्तगत बनेपा नगरपालिकामा मुटु रोगका ४२ जना विरामी छन् । क्यान्सरका ६२ जना छन् । मृगौला १५, अल्जाईमर १, टाउकोमा चोट ६ र मेरुदण्डमा चोट भएका ५ जना थपिएका छन् । बेथान्चोक गाउँपालिकामा मुटु रोग ११, क्यान्सर २१, मृगौला ५, सिकल सेल एनीमिया १ र मेरुदण्डमा चोट भएका १ जना विरामी थपिएका छन् । भुम्लु गाउँपालिकामा मुटु रोग ८, क्यान्सर ३८, मृगौला २०, मेरुदण्डमा चोट सम्बन्धिका ५ जना छन् । चौरीदेउराली गाउँपालिकामा मुटु रोग २१, क्यान्सर ३२, मृगौला ५, टाउकोमा चोट ३ र मेरुदण्डमा चोट २ जनामा देखिएको छ ।
धुलिखेल नगरपालिकामा मुटु रोग ४६, क्यान्सर ४३, मृगौला ११, टाउकोमा चोट १३ र मेरुदण्डमा चोट एक जनामा देखिएको छ । नमोबुद्ध नगरपालिकामा मुटु रोग १७, क्यान्सर २६, मृगौला ५, टाउकोमा चोट ११ र मेरुदण्डमा चोट ६ जनामा देखिएको छ । खानीखोला गाउँपालिकामा मुटु रोग ५, क्यान्सर ८, मेरुदण्डमा चोट १ जनामा देखिएको छ । महाभारत गाउँपालिकामा मुटु रोग १, क्यान्सर १८, मृगौला १, सिकल सेल एनीमिया २, टाउकोमा चोट ३, मेरुदण्डमा चोट २ जनामा देखिएको छ । मण्डनदेउपुर नगरपालिकामा मुटु रोग ४९, क्यान्सर २१, मृगौला ९, टाउकोमा चोट ४ र मेरुदण्डमा चोट एक जनामा देखिएको छ ।
पाँचखाल नगरपालिकामा मुटु रोग ३८, क्यान्सर ४३, मृगौला ७, पार्किन्सन १, टाउकोमा चोट ९ र मेरुदण्डमा चोट ३ जनामा देखिएका छ । रोशी गाँउपालिकामा मुटु रोग १२, क्यान्सर ३०, मृगौला ६, टाउकोमा चोट ३ जना र मेरुदण्डमा चोट ५ जनामा देखिएको छ । पनौती नगरपालिकामा मुटु रोग ४९, क्यान्सर ४२, मृगौला ९, पार्किन्सन २, टाउकोमा चोट १५ र मेरुदण्डमा चोट ७ जनामा देखिएको छ । तेमाल गाउँपालिकामा कडा रोग सँग सम्बन्धित कुनैमा पनि सिफारिस भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८० जारी गरेको थियो । २०८० मंसिर ६ गते मन्त्रीस्तरको निर्णयबाट विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरेको हो । कडा रोग अन्र्तगत सरकारले मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाईमर्स, स्पाईनल इन्जुरी, हेड ईन्जुरी तथा सिकलसेल एनिमिया रोग पर्छन । त्यसअन्र्तगत डायलाईसिस, हेमोडायलाइसिस वा पेरिटोनियल डायलिाइसिस मृगौला रोगका विरामीहरुका लागि उपलब्ध गराईएको छ ।
आर्थिक रुपले विपन्न नागरिकलाई औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनका लागि स्थानीय तहमा रहेको सिफारिस समितिले निर्णय गर्नेछ । समितिमा पालिकाका अध्यक्ष वा प्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र स्थानीय तहको स्वास्थ्य संयोजक सदस्य सचिव रहनेछन् । समितिले एउटा रोगका लागि एक मात्र अस्पतालमा सिफारिस गर्नेछ । यो सुविधा अन्र्तगत विरामी वा उनका आफन्तले यो सहयोग नगदमा पाउने छैनन् । यो सेवा सरकारले सुचीकृत गरेका अस्पतालहरुमा मात्रै उपलब्ध हुनेछ ।
काभ्रेमा कडा रोगका विरामी
मुटु रोग २५७
क्यान्सर ३२२
मृगौला ७८
सिकल सेल एनीमिया ३
पार्किन्सन ३
अल्जाईमर १
टाउकोमा चोट ६१
मेरुदण्डमा चोट १४
कडा रोगका विरामी ७ सय ३८ जना
स्थानीय तह अन्र्तगत
बनेपा
मुटु रोग ४२
क्यान्सर ६२
मृगौला १५
अल्जाईमर १
टाउकोमा चोट ६
मेरुदण्डमा चोट ५
बेथान्चोक
मुटु रोग ११
क्यान्सर २१
मृगौला ५
सिकल सेल एनीमिया १
मेरुदण्डमा चोट १
भुम्लु
मुटु रोग ८
क्यान्सर ३८
मृगौला २०
मेरुदण्डमा चोट ५
चौरीदेउराली
मुटु रोग २१
क्यान्सर ३२
मृगौला ५
टाउकोमा चोट ३
मेरुदण्डमा चोट २
धुलिखेल
मुटु रोग ४६
क्यान्सर ४३
मृगौला ११
टाउकोमा चोट १३
मेरुदण्डमा चोट १
नमोबुद्ध
मुटु रोग १७
क्यान्सर २६
मृगौला ५
टाउकोमा चोट ११
मेरुदण्डमा चोट ६
खानीखोला
मुटु रोग ५
क्यान्सर ८
मेरुदण्डमा चोट १
महाभारत
मुटु रोग १
क्यान्सर १८
मृगौला १
सिकल सेल एनीमिया २
टाउकोमा चोट ३
मेरुदण्डमा चोट २
मण्डनदेउपुर
मुटु रोग ४९
क्यान्सर २१
मृगौला ९
टाउकोमा चोट ४
मेरुदण्डमा चोट १
पाँचखाल
मुटु रोग ३८
क्यान्सर ४३
मृगौला ७
पार्किन्सन १
टाउकोमा चोट ९
मेरुदण्डमा चोट ३
रोशी
मुटु रोग १२
क्यान्सर ३०
मृगौला ६
टाउकोमा चोट ३
मेरुदण्डमा चोट ५
पनौती
मुटु रोग ४९
क्यान्सर ४२
मृगौला ९
पार्किन्सन २
टाउकोमा चोट १५
मेरुदण्डमा चोट ७
तेमाल
कुनै रोगको पनि सिफारिस भएको छैन ।