2025 April 24/ 06:40: 45am

    बनेपा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा देशभर चौथो भएको बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अर्धबार्षिक प्रगति समीक्षा गरेको छ । 
    असोज १०–१२ को विपत्तिका बाबजुत पनि नगरपालिकाले नागरिकहरुलाई प्रदान गरेको सेवा तथा योजना कार्यान्वयनका बारेमा भएका प्रगति, समस्या तथा समाधानका उपायहरुका बारेमा समीक्षा गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । अर्धबार्षिक समिक्षामा नगरपालिकाले प्राप्त गर्ने विभिन्न राजश्व तथा योजनाका बारेमा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले जानकारी गराएका थिए । सम्पत्ति कर, घर बहाल कर, भूमिकर, ब्यवसाय, सेवा शुल्क दस्तुर, बहाल कर, पार्किङ शुल्क, नक्सा पास, सम्पत्ति बहाल, दण्ड जरिवना, विज्ञापन, मनोरञ्जन कर र दहत्तर बहत्तर शुल्क शिषर्कबाट आन्तरिक आम्दानी ५ करोड ४१ लाख ४० ५ सय ६५ रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा १९.७७ प्रतिशतले धेरै संकलन भएको छ । २०८० श्रावण–पौषसम्मको आन्तरिक आय ४ करोड ५२ लाख ५ हजार ३ सय ९८ रुपैयाँ संकलन भएको थियो । बार्षिक सम्पत्ति कर ५५ लाख ७६ हजार ६ सय ८०, भूमिकर÷मालपोत बापत ५७ लाख ७ हजार ३ सय १२, घरबहाल कर १ करोड ५९ लाख १५ हजार २ सय १८, ब्यवसाय कर ६७ लाख १३ हजार ३ सय २२, अन्य राजश्व ४ लाख १४ हजार ९ सय ४३ रुपैयाँ संकलन भएको छ । सरकारी सम्पत्तीको बहालबाट १६ लाख १२ हजार ९ सय २७ रुपैयाँ, पार्किङ शुल्क बापत ५ लाख ३४ हजार ४ सय ४०, अन्य सेवा तथा शुल्कबाट ११ लाख ३५ हजार ४ सय ६१, शौचालय शुल्कबाट ४ लाख, नक्सापास दस्तुरबाट २८ लाख १७ हजार ४ सय ९, सिफारिस दस्तुरबाट ३७ लाख ७७ हजार ७ सय १६, ब्यक्तिगत घटना दर्ताबाट २ लाख ३७ हजार ७ सय ३० रुपैया संकलन भएको छ । नाता प्रमाणित दस्तुरबाट ७१ हजार ९ सय ६५, अन्य दस्तुरबाट ५३ लाख ८० हजार रुपैयाँ संकलन भएको छ । 
    विज्ञापन करबाट १७ लाख २३ हजार २ सय ५० रुपैयाँ, मनोरञ्जन करबाट ५ लाख ५० हजार २ सय ५९ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले पहिलो पटक मनोरञ्जन क्षेत्रलाई करको दायरामा ल्याएको हो । नगरपालिकाले प्रक्षेपण गरेको १२ करोड ६१ लाख ३९ हजार ८ सय ७० रुपैयाँ मध्ये ४२.९२ प्रतिशत राजश्व ६ महिनाको अवधीमा संकलन भईसकेको छ । नगरपालिकामा १८ सय ५ वटा ब्यवसायबाट थप दर्ता १ सय ९६ पछि २ हजार १ वटा पुगेका छन् । सूचना प्रविधि, सामाजिक सुरक्षा, पञ्जीकरण, जिन्सी शाखामा भएका गतिविधीका बारेमा अधिकृत छैटौ यादव खनालले प्रस्तुत गरेका थिए । पहिलो र दोश्रो चौमासिकमा १० करोड २७ लाख १५ हजार २ सय ३५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको छ । ३ सय ३४ जनाको जन्म दर्ता, १ सय ८६ जनाको विवाह दर्ता, ४० परिवार बसाई सरी गरी आएका र २८ परिवार गएको तथ्यांक प्रस्तुत गरेका थिए । १७ जनाले सम्बन्ध विच्छेद गरेका छन् । १ सय ६८ जनाको मृत्य दर्ता र ७ सय ७३ जनाको घटना दर्ता भएको खनालले बताए । २८ सय २ वटा पत्र दर्ता र १८ सय ४६ वटा पत्र चलानी भएका छन् । २ सय ६६ जना कर्मचारी कार्यरत छन् । 
    पशु चिकित्सक चिरञ्जीवी शर्माले पशु सेवा शाखाले गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । कृषि क्षेत्रमा भएका गतिविधिका बारेमा कृषि विकास अधिकृत टंक अधिकारीले प्रस्तुत गरेका थिए । बिषादी न्यूनीकरण सचेतना तालिम पश्चात रासायनिक बिषादीको प्रयोगमा ५–१० प्रतिशतले कमी आउने, माटोको नमुना संकलन तालिम तथा अन्य तालिमबाट बनेपा नगरपालिका भरीका ३२५ जना कृषकहरुलाई प्रशिक्षित गराईएको, ५० प्रतिशत मूल्य अनुदानमा ३१७ थान मल्चिङ्ग प्लाष्टिक १ सय ९६ जना कृषकहरुलाई बितरण गरिएको जसबाट ३१७ रोपनी क्षेत्रफलको आलु खेतीमा सहयोग पुगी आलुको उत्पादन तथा उत्पादकत्वमा  बृद्धि भएको लगायतका विषयमा जानकारी गराएका थिए । स्थानीय न्यायिक समितिले गरेको कार्य सम्पादन तथा भएका उजुरीका सन्र्दभमा न्यायिक सहजकर्ता सविता सापकोटाले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । पुराना ७ वटा सहित नयाँ दर्ता भएका १४ वटा गरी २३ मध्ये ३ वटामा मेलमिलाप भएको र २ वटा अदालतमा पुनरावेदन परेका छन् । समीक्षा कार्यक्रममा उपप्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । 
    महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेका गतिविधिहरुका बारेमा सपना ओलीले जानकारी गराएकी थिईन् । योजना, राजश्व, रोजगार, मेडपा सहकारी, लेखा, शिक्षा, सामुदायिक सहकारी, स्वास्थ्य लगायतका शाखाबाट भएका गतिविधिहरु सोहि अवसरमा प्रस्तुत गरिएको थियो ।