2026 July 22/ 04:45: 07am

जमुना सापकोटा/रयाले
    शहिद स्मृति प्रतिष्ठान पनौती नगरपालिका १ रयालेको प्रारम्भिक साधारण सभा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    साधारण सभामा बोल्दै प्रमुख अतिथी न्यौपानेले रयालेमा शहिद पार्क निमार्ण गर्न लागिएकाले उक्त कार्यमा सघाउन वडाबासीहरुलाई आग्रह गरे । शहिदहरुका सपना हामिले काम गर्न सक्यौ भने मात्र पुरा भई शहिदका आत्माहरुले शान्ति पाउने नगर प्रमुख न्यौपानेले बताए । कार्यक्रममा पनौती नगरपालिकाका उप प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत बिजयराज पौडेल, विमा समितीका केदारनाथ सापकोटा, समाजसेवी पदम बहादुर तामाङ लगायतले शहिदको सपना पुरा गर्नुपर्ने बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सह सचिब सन्त बहादुर तामाङले राखेका थिए भने कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजकुमार सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।