पनौती/‘पानी र खानी एकै स्थानमा रहन सक्दैन’ । चार वर्ष अघी मन्त्री भएका बेला एमाले पोलिटब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री काभ्रे क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले जिल्लाबासीहरुलाई त्यसको ब्यवस्थापन गर्न अनुरोध गरेका थिए । तर खानी पनि चलिरहे । असोज १२ पछिको विपद्ले खानी र पानी दुबै बन्द भए । सलान्दु र रोशी खोला उर्लदा बस्तिहरु उजाड बनेका छन् ।
असोज १२ गते विहानसम्म सकुशल रहेको भुमि एकाएक खण्डहर बन्यो । बगर बन्यो । घरहरु ढले । मान्छेहरुको भागाभाग भयो । पशुपंक्षी पुरिए । ज्यान जोगाउन भिरपाखा सबै चाहारे । दिनभर बगिरहेका, भत्किरहेका, पुरिएका र क्षतिविक्षत भएका घरहरु हेरेर बसे । कोहि आफन्त पुरिए । पुरिएका आफन्त कुरेर बसे । रातभर सुत्न पाएनन । माथि पहिरो, तल खोला । पनौती नगरपालिका वडा नम्वर १२ भुमेडाँडा । भुमेडाँडाका नागरिक एकाएक भुमिविहिन भए । रोशी बजारका मात्रै ७० घर खोलाले बगायो । कलाँती क्षेत्रका घरहरु पनि पुरिए । अधिकांश घरहरु बस्न नहुने अवस्थामा पुगे । नागरिकहरुको बसाई सामुहिक छ । भएको अन्न सकिएको छ । पाकेको धान र मकै पुरिएको छ । बगाएको छ । रोशी बजारका श्याम विक र उनका तीन छोरा सहितको १५ जनाको परिवार सुकुम्बासी भयो । तीनवटा घर खोलाले बगायो । उनी जस्तै सयौ ब्यक्तिहरुको घर खोलामा ढलिरहेका छन् ।
बालबालिकाहरु रातभर चिच्याउन थालेका छन् । ‘बच्चाहरु निदाउनै सक्दैनन, निदाए पनि चिच्याउँछन र निद्रामा नै उठेर जाउ भन्छन’–स्थानीय गिता थापाले भनिन–‘सडक, संचार र विद्युत्त नभएका कारण नागरिकहरुले असुविधा भोगिरहेका छन् । स्थानीय सरकारले तत्काल साँझको लागि टर्चलाईट, खानेपानी र केहि खाद्यान्न उपलब्ध गरायो भने महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई सहज हुन्थ्यो ।’ स्थानीय लक्ष्मण सुनारले स्थानीय सरकारले नागरिकको ज्यान भन्दा पनि खानीको ढुंगालाई प्राथमिकता दिएको बताए । ‘अब्यवस्थित खानीका कारण नागरिकहरुको उठिबास भयो’– स्थानीय देवेन्द्र विकले भने–‘अब्यस्थित प्लटिङ्गका कारण पनि नागरिकहरुको खेतियोग्य जमिन बगायो ।’ बुद्धविर लामाले बाहुनचौरमा गरेको प्लटिङ्गबाट ३० भन्दा धेरै परिवारको सयौ रोपनी खेतियोग्य जमिन बगाएको छ । पनौती १२ रोशीबाट लेदो र ग्यागरिङ्ग सहित बगेको खोलाले पनौती ८ मा रहेको नेपालको तेश्रो जलविद्युत्तको ड्याम बगाएको छ । सँगै रहेको दिनेश बस्नेतको घर बगाएको छ । उनी अपाङ्ग छन् । पनौती १२ मा सबै सम्पति विक्री गरेर सोहि स्थानमा ३ आना घडेरी किनेर घर बनाएका दिनेशका परिवारमा ५ सदस्य छन् । ६ महिनाको उमेरमा पोलियोका कारण अपाङ्ग भएका उनि सुकुम्बासी भएका छन् । लगाएको एकसरो लुगा बाहेक केहि नभएका दिनेशले सहयोगको याचना गरेका छन् । रोशीको खानी क्षेत्रबाट बगाएको लेदोले पनौती ८, पनौती ७ मा रहेको सुकुम्बासी बस्ति, तेजगंगा क्याम्पस सहित त्रिवेणी खोला आसपासको क्षेत्रलाई असर पु¥याएको छ भने पनौती ९, १०, धुलिखेल १२ र नमोबुद्ध क्षेत्रका विभिन्न स्थान हुँदै रोशी गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पु¥याएको छ । विपी राजमार्गको मुख्य क्षति नै राजमार्ग क्षेत्रका क्रसर हुन् । खानी हुन् ।
२०३८ साल असोज १३ गते आएको विध्वंस पानीले पनि खोला बढ्यो । माछा मार्न सकिने थियो । त्यतिबेला खानी थिएनन । खोलामा ग्यागरिङ्ग नहुँदा क्षति हुन पाएन । अहिले खोलामा पानी भन्दा धेरै ग्यागरिङ्ग र लेदो बगेका कारण क्षति धेरै भयो । ‘खानीले पु¥याएको असरका बारेमा बोल्यो कि असुरक्षित भयो’– स्थानीयले भने । त्यस्तै बेथान्चोक गाउँपालिका वडा नम्वर ४ सलान्दु बगरमा चार दिन अघि पुरिएकी ज्ञानु परियारको खोजतलास जारी छ । नेपाली सेना कालीजंग गणको समन्वयमा खोज तथा उद्दारको कार्य जारी छ । सोहि वडामा ९ जनाले ज्यान गुमाएका छन् । जेठाजु मदन परियारलाई घर अघिबाट अनियन्त्रित रुपमा बगिरहेको सलान्दु खोलाले बगाउँदै गरेको ज्ञानुले देखिन् । अशक्त हुँदा हुँदै पनि ज्ञानुले जेठाजु मदनलाई तान्न सकिन् । मदनलाई बचाउँदै ज्ञानु खोलामा खसिन् । खोलाले बगायो र कल्र्भटमा लगेर च्यापेको आशंका स्थानीयले गरे । दुई दिन देखि सेनाले उनको शवको खोजी गरिरहेको छ । सलान्दुले निलेकी ज्ञानु फेला पर्न सकेकी छैनन ।
सलान्दु खोलाले काशिराम महतलाई पनि निल्यो । सोमबार राति मात्रै उनको शव सेनाले निकाल्यो । एकै दिन बेथान्चोक ४ बाट चार जनाको शव सेनाले निकालेको थियो । बेथान्चोक ३ घर भई बेथान्चोक ४ मा चलाल गणेस्थान रोडा ढुंंगा उद्योगमा कार्यरत अजय तिमल्सिना र खानीखोला गाउँपालिका घर भएका अमृत रिजाल पुरिएको अवस्थामा सेनाले निकाल्यो । दुई जना वेपत्ता भएका घाईतेहरुलाई प्रहरीको सहयोगमा असोज १३ गते उपचारका लागि अस्पताल पु¥याईएको थियो । अन्य खानीमा काम गरिरहेका केहि मजदुर हताहत भएकी भन्ने आशंका छ । चलाल गणेशस्थानमा एक दम्पत्ती नै पुरिए । ७० बर्षिय चेतमान तामाङ र ७० बर्षिया पुतलीमाया तामाङको पुरिएर निधन भएको छ । सिम्लेका सुर्य तामाङको पनि पुरिएर निधन भएको छ । सल्लाफेद घर भएका पुलिस तामाङको निधन भएको छ । अन्य केहि सम्पर्कमा अझै आएका छ्रैनन । ‘एउटा टोलबाट अर्काे टोलसम्म जान पनि सम्भव छैन, फोन लाग्दैन । बत्ति छैन । त्यसैले लगत संकलनमा कठिनाई भएको छ’–वडा अध्यक्ष कृष्णबहादुर पाख्रिनले भने–‘क्षतिको यकिन तथ्यांक संकलन गर्नै कठिन छ ।’
गाउँमा घरहरु भत्किए पछि सबै विस्थापित भएका छन् । बस्तुहरु भएकाले गाउँ छाड्न नसकिएको राजन कार्कीले बताए । बस्तुहरुलाई पनि श्वास अड्याउन मात्रै खानेकुरा र पानी दिन सकिएको उनले बताए । बस्ति बगाए पछि नागरिकहरु संकटमा परेका छन् । सलान्दु बगर आसपासका सबै घरहरु बगाएको छ । बाँकी रहेका घरहरु पनि बस्न योग्य छैनन । असोज ११ गते राति १२ बजे देखि बढेको खोलाले धेरै क्षति गराएको उनले बताए । बेथान्चोक गाउँपालिकामा पछिल्लो तथ्यांक अनुसार १५ जनाले ज्यान गुमाई सकेका छन् । खानेकुरा जुटाउन, पानी तथा औषधीको ब्यवस्थापन गर्न र बस्न समेत कठिन रहेको स्थानीयले बताए । बसोबासका लागि पुर्नस्थापनाका लागि जमिन समेत नभएको उनिहरुले बताए । खेत बगर भएको छ भने बारी बगाएकाले भिर भएको छ । सडक, विद्युत्त, खानेपानी, सरकारी भवनहरु, नीजि घर तथा अन्य भौतिक संरचना क्षतिको गणना गरी साध्य छैन । स्थानीय जनप्रनिधिहरुले पहिलो चरणमा खोज र उद्दारमा संक्रिय भएका छन् । उपाध्यक्ष तारा राना तिमल्सिनाले तत्कालै सडक संचालनका लागि पहल भएको बताईन् । अध्यक्ष भगवान अधिकारीले नागरिकहरुलाई उद्दार पछि राहत र संरचना सहज बनाउन पहल गरिरहेको बताए । सलान्दुखोला किनारमा आधा दर्जन खानी छन् । खानीबाट बगेको लेदो र ग्यागरिङ्गले बस्ति उजाड बनाएको छ । तिलेश्वर महादेव मन्दिरबाट बगेको खोलाले ल्याएका रुख र जराहरु थुनिँदा झनै धेरै क्षति भएको छ । एक सय भन्दा धेरै सवारी साधनहरु पुरिएका र बगाएका छन् ।





