2026 September 11/ 12:42: 34pm

धुलिखेल/यतिखेर जिल्लाका विभिन्न स्थानमा आगलागी भएका घटना सुनिन थालेका छन् । प्रहरी, स्थानीय सरकार तथा सरोकारवाला निकायले आगलागी नियन्त्रण गर्न, आगलागीका घटना हुन नदिन र जानीजानी कसैले आगलागी गरेको अवस्थामा कारवाही गर्ने घोषणा पनि गरेका छन् । तर पनि आगलागीका घटना कम होईनन बढिरहेका छन् । 
    काभ्रेको कोशिपारीमा रहेका स्थानीयहरुले घर वरपर बाँदर र चितुवा आउन नदिन ब्यक्तिले जानीजानी झाडी हटाउने उदेश्यले आगलागी गराएको बताए । ‘घरमा जेष्ठ नागरिक मात्रै छन् । हिउँदमा आगो लगाएर झाडी डढाएन भने बर्षातको समयमा त्यहि झाडीका कारण असुरक्षित बन्नु परेको छ’–स्थानीय रेशम गौतमले भने–‘त्यहि कारण अधिकांश स्थानमा आगोको लप्का देख्न थालिएको छ ।’ आगलागी पछि वन्यजन्तुहरु भने घर गोठमा प्रवेश गरेका छन् । चैत्र १ गते विर्तामा चितुवा गोठमा पसेर बाख्रा खायो । सन्तान सबै शहर र विदेश । आफ्नो भन्ने कोहि नभए पछि घरमा रहेकाहरुले खेतबारी बाँझै भएको टुलुटुलु हेरेर बस्नु शिवाय केहि छैन । 
    बाँदरले अन्नपात ध्वस्त बनाएका छन् । चितुवाले भएका बाख्राहरु खान थालेका छन् । न लखेट्ने मान्छे छ्न । न रोक्ने नै । जंगलमा लगाईने आगो यहि बाहना बनेको छ । बाँदर र चितुवा नियन्त्रण गर्न लगाईएको आगोले झन् सखाप बनाउँदै छ ।