2026 September 10/ 12:27: 26pm

    धुलिखेल/बागमती प्रदेशका २३ वटा स्थानीय तहका प्राविधिक इन्जिनियरहरुलाई दुई दिने नविकरणीय उर्जा अन्र्तगत उर्जा दक्षता प्रबद्र्धन सम्वन्धी तालिम शुरु गरिएको छ । धुलिखेल लज रिसोर्टमा आयोजित तालिमको धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जुले गरेका छन् । भवन दक्षता उर्जा नेपाल (विन)ले उक्त तालिमको आयोजना गरेको हो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले प्राविधिकहरुले भवनहरुको डिजाईन गर्दा उर्जा ब्यवस्थापनका बारेमा नागरिकहरुलाई अनिवार्य सँगै बुझाउने र सम्झाउने प्रयत्न गरेमा मात्रै उर्जा दक्षता कार्यक्रम प्रभावकारी हुन सक्ने बताए । ‘हामी नीति बनाउँछौं, तपाई प्राविधिकहरुले त्यसको कार्यान्वयनमा नागरिकहरुसँग समन्वय र सहकार्य गर्नु आवश्यक छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘प्राविधिकहरु डिजाईनमा मात्रै नभई समुदायको पनि इन्जिनियर भएकाले समुदायका हितका लागि गरिने डिजाईनले ब्यक्ति, राष्ट्र र समुदायलाई फाईदा पुग्ने छ ।’ उर्जा सञ्चिति गर्न सकिएको अवस्थामा मुलुकको आर्थिक, सामाजिक समृद्धिका लागि समेत योगदान पुग्न सक्ने नगर प्रमुख ब्याञ्जुले बताए । 
    बैकिल्पक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्राविधिकहरुको समन्वय र सहकार्यबाट मात्रै उर्जा प्रर्वद्धन, उर्जाको दक्षता प्रबद्र्धन कार्यान्वयन हुन सक्ने बताए । नेपालले राष्ट्रिय उर्जा दक्षता प्रर्वद्धन सम्वन्धी निती पास गरेर कार्यान्वयन गरेको धेरै लामो नभएकाले स्थानीय तहमा कार्यरत प्राविधिकहरुका लागि उक्त नीति र नीति अनुसारको डिजाईन, समुदायमा कार्यान्वयन र बैकल्पिक उर्जाको प्रर्वद्धन महत्वपूर्ण हुने उनले बताए । दिगो विकास लक्ष्यको सातौ नम्वरमा उर्जा भएकाले उर्जाको माध्यमबाट मुलुकको समृद्धि सम्भव बनाउन नयाँ निर्माण हुने सबै भवनहरुमा उर्जाको सञ्चिती, ब्यवस्थापन र प्रयोगका लागि त्यहि डिजाईन अनुसारका नक्साहरु निर्माण हुनु पर्ने निर्देशक ढकालले बताए । मानवीय कृयाकलापले समेत बढिरहेको उत्र्सजनलाई कम गर्न विश्वले लिएका नीतिहरुलाई समेत नेपालले अंगिकार गर्दै नेपालले उर्जा पछि जलबायु परिवर्तनको संकटबाट समेत मुक्त हुने गरी कार्य अघि बढाउनु पर्ने उनले बताए । 
    तालिमको उद्घाटन कार्यक्रममा वैकिल्पक उर्जा प्रर्वद्धन केन्द्रका सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले युरोपियन युनियनको सहयोगमा संचालन हुन लागेको उक्त तालिम  बागमती प्रदेशमा पहिलो भएको बताईन् । ‘यहि प्रदेशमा पनि अन्य पालिकाहरुलाई समेटन् र अन्य प्रदेशका स्थानीय तहमा समेत उक्त कार्यक्रम कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सरकारका अन्य निकायसँग समेत समन्वय गर्नेछौं’–सहायक सहायक निर्देशक श्रेष्ठले भनिन–‘नेपालमा शुरु भएको उर्जा दक्षता सम्वन्धी नीति कार्यान्वयनमा सबै पक्षको सरोकार रहनु आवश्यक छ ।’ कार्यक्रममा कार्यक्रम संयोजक डा.डेनिल नेयर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकृत संजय अधिकारी, उर्जा प्रर्वद्धन केन्द्रका प्रशासकिय अधिकृत गंगा अधिकारी लगायतले उर्जा दक्षताका बारेमा धारणा राखेका थिए । दुई दिनसम्म चल्ने तालिममा उर्जा सँग सम्वन्धित विज्ञहरुले प्रशिक्षण दिनेछन् । 

धुलिखेल नेपालकै दोश्रो शहर
    ७ सय ५३ वटा स्थानीय सरकार मध्ये धुलिखेल नगरपालिका उर्जा प्रभावकारीता भवन संहिता २०८० जारी गर्ने दोश्रो पालिका घोषणा भएको छ । यसअघि पोखरा महानगरपालिकाले भवनमा उर्जा प्रभावकारीता कायम गर्ने सम्वन्धी मापदण्ड जारी गरेको थियो ।युरोपियन युनियनको आर्थिक सहयोगमा संचालन भईरहेको विन परियोजना अन्र्तगत धुलिखेल नगरपालिकाको भवनमा उर्जा प्रभावकारीता कायम गर्ने सम्वन्धी मापदण्ड २०८० जारी गरिएको घोषणा गरिएको थियो । उक्त मापदण्ड धुलिखेल नगरपालिकाको नगर सभाले पास गरिसकिको छ ।आर्किटेक्ट र डिजाईनरहरुको लागि उर्जा दक्ष भवन डिजाईनको लागि आवश्यक सामाग्री र धुलिखेल नगरपालिकाको भवन निर्माणमा दक्षताका लागि विनियमावली २०८० सार्वजनिक भईसकेको छ ।