2026 September 10/ 02:09: 57pm

लक्ष्मण तिमल्सिना
सिन्धुली, चपौली

    काठमाडौ विश्वविद्यालय योग साधना केन्द्र धुलिखेल बखुण्डोलले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्वर ३ चपौलीमा रहेको सिन्धुली कला घरलाई नौमते पन्जेबाजा सहित नगद  हस्तान्तरण गरेको छ । 
    सिन्धुली कला घरका अध्यक्ष सुमन मगरलाई काठमाडौ विश्वविद्यालय योग साधना केन्द्रका संरक्षक खाईवा लामा, नगर अध्यक्ष विष्णु शर्मा, धुलिखेल नगरपालिका निवर्तमान उपप्रमुख विमला शर्मा, योग साधना केन्द्रकी अध्यक्ष सिता सुवेदी, समाजसेवी कुलबहादुर लामा लगायतको योग साधकहरुको टोलीले कला घरलाई नौमते बाजा सहितको नगद हस्तान्तरण गरेका हुन् । बाजाको नौमते सेट सहित नगद हस्तान्तरण गर्दै संरक्षक खाईवा लामाले युवाहरुलाई पलायन हुन नदिन, कला र संस्कृतिको जगेर्ना गरी लोप हुन नदिन पहल गरिएको बताए । 
    सोहि कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका महामन्त्री कमला राजभण्डारी, सौदन्र्य कला ब्यवसायी संघकी सचिव सुलोचना तिमल्सिना, समाजसेवी तथा योग साधना केन्द्रका सल्लाहकार दयाराम महत लगायतको सहभागिता रहेको थियो । २०७५ सालमा स्थापना भएको उक्त कला घरमा नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने बाजा तथा सामाग्रीहरुको संग्रहित गरिएको छ । उक्त कला घरबाट उत्पादित कलाकारहरुको तर्फबाट महिलाहरुले मात्रै बाजा बजाउने गरेका छन् । साँस्कृतिक विद्यालय स्थापनाको पहल गरेको कला घरको तर्फबाट विवाह, व्रतवन्धमा बाजा बजाएर, देउसी भैलो खेलेर संकलित रकमबाट संग्राहलयको स्थापना तथा ब्यवस्थापन गरिरहेको छ । कला घरलाई पछिल्लो समय स्थानीय सरकार र संघ सरकारले सहयोग गरेको छ । 
    काठमाडौं विश्वविद्यालय योग साधना केन्द्रले विभिन्न समयमा सामाजिक कृयाकलाप अन्तर्गत कला, सस्कृतिका अलावा अन्य क्षेत्रमा पनि सहयोग पु¥याउँदै आएको छ ।