2026 September 11/ 07:46: 07pm

पनौती/जिल्लाको दक्षिण भेगको पहिलो क्याम्पस तेजगंगा बहुमुखी क्याम्पसले स्थापनाको २३ औ बार्षिकोत्सव मनाएको छ । स्थापनाको अवसर पारेर क्याम्पसले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उच्च शिक्षाको उत्कृष्ट गन्तब्यका रुपमा चिनिएको तेजगंगा जिल्लाको चौथो क्याम्पस हो । 
    क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले २३ वर्षको अवधीमा क्याम्पसले समुदायलाई पु¥याएको योगदान तथा उपलब्धीका बारेमा धारणा राखेकी थिईन् । क्याम्पसले प्राप्त गरेको क्युएए कार्यक्रमको संचालन तथा शैक्षिक गुणस्तर र तीन तहका सरकारको भूमिकाका बारेमा धारणा राख्दै क्याम्पस प्रमुख अम्बुभवानी कार्कीले पछिल्लो अवस्थामा विद्यार्थीहरु विदेशिने क्रम रोक्नु पर्ने बताईन् । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, उपप्रमुख गिता बञ्जारा, काठमाडौ विश्वविद्यालयका एशोसिएट प्रोफेसर डा. राजेन्द्र आचार्य, त्रिवी प्रतिनिधि ज्ञानेश्वर निरौला, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, समाजसेवी केशव थापा, वडा अध्यक्ष जयराम केसी, कार्यवाहक वडा अध्यक्ष विश्वनाथ श्रेष्ठ, प्याब्सनका पुर्व अध्यक्ष पुर्णकुमार श्रेष्ठ, शिक्षक संगठनका अध्यक्ष रामचन्द्र थापा, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेश सुन्दर सैजुँ, पनौती नगरपालिका शिक्षा शाखाका महेश्वर जंगम, स्थानीय अञ्जु केसी, क्याम्पसका भिमसेन केसी लगायतले मन्तब्य राखेका थिए । 
    सहभागि बक्ताहरुले नेपालमै काम गरी खान सक्ने खालको शिक्षा नीति र पाठ्यक्रमका साथै वातावरण निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।