2026 September 10/ 08:21: 29pm

बनेपा/५९ औं बाल दिवसको अवसर पारेर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । 
कक्षा ५ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा चार सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २९ गते बाल दिवसको अवसर पारेर सम्मान कार्यक्रममा विद्यालय प्रशासन, अभिभावकले समेत सम्मान गरेका थिए । ‘बाल मैत्री शासन,बाल अधिकारको सम्मान’’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा चारसम्मका  ५०० भन्दा धेरै बालबालिकालाई पूजा गर्दै बिभिन्न सामग्री उपहार वितरण गरिएको थियो । 
विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व वोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक÷शिक्षिकाहरु साना नानी बाबुहरुले कापी, कलम (स्टेशनरी) फलफूल, खाजा, चङ्गा तथा अन्य उपहार प्रदान गर्दे यस किसिमका कार्यक्रमहरुबाट विद्यालय जीवन देखि कला, संस्कृती र सामाजीक कार्यको जर्गेर्नाका साथै व्यावहारीक शिक्षामा पनि सकारात्मक सन्देश गएको बताउनु भयो ।