2026 September 10/ 11:10: 33pm

बनेपा/नेपाल परिवार नियोजन सघं काभ्रे शाखाको ४१ औ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुले पदस्थापन गरेका छन् । 
    ४१ औ सभा बाट सभापतिमा प्रकाश कायस्थ कोषाध्यक्ष पुनम जोशी श्रेष्ठ सदस्यहरु अनु श्रेष्ठ, रजनी बैद्य, नाराणदेवी श्रेष्ठ विकास बैद्य र रुपा कर्माचार्य निर्वाचित हुनु भएको थियो   । पदस्थापन कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । 
प्रमुख अतिथि शाक्यले नगरपालिकाले  परिवार नियोजन सघंले गर्ने कार्यक्रममा सहजिकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । शाक्यले परिवार नियोजन संघले महिला र युवा लक्षित कार्यक्रम र यौनिक शिक्षाका बारेमा सचेतना अभिबृद्धि कार्यक्रम अगाडि बढाउनु पर्ने र नगरपालिकाले समन्वय गर्ने बताउनु भयो । परिवार नियोजन संघले सामाजिक क्षेत्रमा काम गरेको लामो ईतिहास भएकाले उक्त कामलाई निरन्तरता दिन नयाँ कार्यसमितिलाई सुझाव दिनु भएको थियो । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल परिवार नियोजन संघका पुर्व सभापति तथा पुर्व केन्द्रिय सदस्य योगेन्द्र नाथ कर्मचार्य, पतंजली योग समिती बागमती प्रदेश अध्यक्ष गुब्रेन तौजले, परिवार नियोजन सघंका केन्द्रिय सदस्य ईन्द्र लक्ष्मी श्रेष्ठ, संघका पूर्व सभापति देबेन्द्रप्रसाद भैल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्य, हिमाल तराई यातायात सेवा समितीका अध्यक्ष आत्मराम थापा, हेलम्बु यातायात सेवा प्रालिका अध्यक्ष राजेश श्रेष्ठ, पञ्तजली योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ। लायन्स क्लबका अध्यक्ष पदम सुन्दर श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा स्वागत मन्तब्य निर्वतमान सचिब बद्री बहादुर खत्रीले राख्नु भएको थियो भने सभापतित्व सभापति शुभराज जोशीले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन परिवार नियोजन सघंका प्रवन्धक तुलसीदेवी मानन्धरले गर्नु भएको थियो ।