2026 September 10/ 11:10: 32pm

  CTEVT बाट सम्वन्धन प्राप्त गरी २०५२ साल देखि CMA/ANM १८ महिने  कार्यक्रम सफलतापूर्वक संचालन गर्दै काभ्रे जिल्लामा मध्यमस्तरीय स्वास्थ्य जनशक्ति  उत्पादन गर्दै आएको यस काभ्रे हेल्थ ट्रेनिङ्ग  इन्ष्टिच्यूटले २०७६ सम्म CMA/ANM कार्यक्रममा करिब २२०० दक्ष जनशक्ति उत्पादन गरिसकेको, उत्पादित जनशक्तिहरुले  काभ्रे तथा अन्य जिल्लाका ग्रामिण क्षेत्रमा रहि विभिन्न किसिमका स्वास्थ्य सम्वन्धी सेवा प्रदान गर्दै आएको कार्य जिल्लामै उदाहरणीय रहेको छ  । 
     नेपाल सरकारकै स्वास्थ्य शिक्षा सम्वन्धि नियममा परिमार्जन हुँदा २०७७ साल देखि CMA/ANM कार्यक्रमहरु फेज आउट गरी उक्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई स्तर उन्नती सहित CTEVT कै स्वास्थ्य सम्वन्धी डिप्लोमा  लेभलको कार्यक्रम संचालन  गर्ने अवसर प्रदान गरेकोमा यस शिक्षालयले  CTEVT कै डिप्लोमा लेभलको ३ बर्षे  सामान्य चिकित्सा (Health Assistant) र फिजियोथेरापी (Physiotherapy) कार्यक्रम संचालन गर्ने आवश्यक तयारी गरी ऋत्भ्ख्त् बाट, उक्त कार्यक्रम संचालन गर्ने सम्वन्धन प्राप्त गरेकोले स्वास्थ्य सम्वन्धी कार्यक्रम अध्ययन  गर्ने विद्यार्थीहरुको लागि एउटा सुनौलो अवसर श्रृजना भएको छ । विगत ३ बर्ष देखि स्वास्थ्य सम्बन्धी शिक्षा प्राप्त गर्न विशेष इच्छा लिई स्वास्थ्य सम्वन्धि शिक्षा लिनबाट वञ्चित भएका विद्यार्थीहरुको लागि काभ्रे जिल्लामा स्वास्थ्य सम्वन्धी डिप्लोमा तहका कार्यक्रममा अध्ययन गर्न पाउनु आफैंमा एउटा गर्वको विषय रहेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि CTEVT बाट प्रदान गरिने छात्रवृत्तिले उक्त विद्यार्थीहरुलाई उक्त कार्यक्रम अध्ययन गर्न पाउने एउटा विशेष अवसर प्रदान गरेको छ । साथै सशुल्क अध्ययन गर्न चाहने विद्यार्थीहरुले पनि CTEVT एवं चिकित्सा शिक्षा आयोगद्धारा निर्धारण गरिएको शुल्कमा नै अध्ययन गर्न पाउने भएको हुँदा धेरै आर्थिक भार पनि नपर्ने देखिएको छ । स्वास्थ्य सम्वन्धी यस प्रकारको प्राविधिक शिक्षा हाँसिल गरि काभ्रे तथा अन्य जिल्लाका विद्यार्थी भाई बहिनिहरुलाई आफ्नो भविश्य उज्वल बनाउने एउटा अवसर समेत प्राप्त हुने देखिएको छ । 
    SEE परीक्षामा, न्युनतम २.०० जिपिए प्राप्त गरी उत्तिर्ण गरेका विद्यार्थीहरुले यसै शैक्षिक सत्र  देखि डिप्लोमा तहको Health Assistant (४० कोटा) र Physiotherapy (४० कोटा) कार्यक्रममा अध्ययन गर्नको लागि CTEVT बाट भर्नाको सूचना प्रकासित भैसकेकाले काभ्रे हेल्थ ट्रेनिङ्ग इन्ष्टिच्यूटमा सम्पर्क गरी कार्यक्रम सँग सम्वन्धित आवश्यक जानकारी प्राप्त गर्न सकिने जनाएको छ ।