2026 September 10/ 11:10: 39pm

बाडुली लागेको लाग्यै छ, 
थाहा छैन मायालाई कस्तो छ ?? 

    संचारकर्मी तथा अधिबक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्वन्धी विषयलाई प्राथमिकता दिईएको छ । यस अघि सापकोटाको रचनामा गित, संगित र म्युजिक भिडियो सार्वजनिक भएका छन् । 
    बाडुली नामक म्युजिक भिडियोमा अभिनय सरिता सापकोटा र मनोज बिज्लाजीले गर्नु भएको छ । सापकोटाकै रचनामा तयार भएको उक्त गितमा गायिका अनु चौधरीको स्वर छ । मनोज चौलागाईले संगीत अरेन्ज गर्नु भएको छ । हरिश बिज्लाजीले भिडियो निर्देशन गर्नु भएको छ । दोलखाको पर्यटकीय स्थल खरिढुङगामा उक्त भिडियो छायांकन गरिएको हो । ४ मिनेट ३३ सेकेण्ड लामो म्युजिक भिडियोमा विविध कुरा समेटिएका छन् । संचारकर्मी एवं अधिवक्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती कुशादेवी निवासी सरिता सापकोटाको शब्द रचना रहेको जाने भए जाऊ बोलको म्युजिक भिडियो यसअघि सार्वजनिक गरिएको थियो । सापकोटाकै शब्द रचनामा पाँचवटा गीत रेकर्ड भईसकेका छन् । सापकोटाको शब्द तथा रुपक डोटेलको स्वर रहेको म्युजिक भिडियो ‘जाने भए जाऊ’ ‘फाइभ स्टार्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियोे ।