2026 September 12/ 02:44: 06am

बनेपा/जिल्ला बचत संघ काभ्रेको २५ औँ स्थापना दिवस एवं रजत बर्षको अवसरमा गते शनिबार संघका अध्यक्ष उदराम कायस्थको सभापतित्वमा आर्थिक मन्दिमा सहकारीको वित्तिय व्यवस्थापन सम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ । 
कार्यक्रमको उद्घाटन सत्र्मा संघका अध्यक्ष कायस्थले दिप प्रज्वलन गरि कार्यक्रमको विधिवत् रुपमा उद्घाटन गर्नुभएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले केही सहकारी संस्थाहरुका संचालक र व्यवस्थापन प्रमुखहरुमा वित्तिय ज्ञान र सिपको अभावको कारण सहि ढङ्गबाट वित्तिय व्यवस्थापन गर्न नसक्नुको परिणाम आज धेरै सहकारीहरुमा वित्तिय सङ्कट देखा परेको कुरा स्वागत मन्तव्यको क्रममा राख्नुभएको थियो । कार्यक्रममा संघका प्रबन्धक गुरु प्रसाद ढकालले काभ्रेका केहि संस्थाहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गई संचालन गर्नाले सदस्यहरुको विश्वास गुमाउदै गएको कारण संस्थाहरुमा बचत संकलन कमी र फिर्तामा वृद्धि हुदै गइरहेको हुँदा संस्थाहरु समुदाय र सदस्य केन्द्रित हुदँैँ नीति, विधि र प्रविधिमा चल्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष मदन बस्नेतले विश्वव्यापी रुपमा देखा परेको मन्दिले नेपालको अर्थतन्त्रमा पनि ठुलो असर पर्नुका साथै बैंक तथा वित्तिय सहकारी संघ संस्थाहरुमा पनि त्यसको असर एवं प्रभाव परेको कुरा बताँउदै केहि सहकारी ऐन र नियम भन्दा बाहिर गई संचालन गर्दाको परिणाम तरलता व्यवस्थापनमा समस्या आएको हुदाँ किन ? के कारणले समस्या आयो भन्ने तर्फ विचार विमर्श गरि स्वनियमन गर्न जरुरी भएको र ऐन, नियममा चलेको सहकारीहरुमा शेयर सदस्यहरुको दिन प्रति दिन आयस्तर वृद्धि हुुदँै सदस्यले संस्थामा गर्ने विश्वासमा समेत थप वृद्धि हुदैँ गएकाले संस्था संचालनका क्रममा र वित्तिय व्यवस्थापनमा कुनै समस्या नभएको कुरा बताउनुभयो । 
कार्यक्रममा संघका कोषाध्यक्ष जिवन श्रेष्ठ, सह सचिब विकास बादे, संचालक सदस्य रमेश प्रसाद न्यौपाने, महिला संचालक सदस्य ज्ञानु दाहाल र सत्यवति भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रममा काभ्रेका साकोसहरुबाट संचालक समिति र व्यवस्थापन प्रमुखहरुबाट ११३ जनाको सहभागीता रहेको कार्यक्रममा संघका अध्यक्ष कायस्थले अन्तरक्रिया गर्नुको उद्देश्य, औचित्य एवं पृष्ठभुमिको बारेमा प्रकाश पार्दै काभ्रेका समस्याग्रस्त संस्थाहरुले हामी चाई के, किन र कसरी समस्यामा आयौँ भन्नेतर्फ आत्मालोचना गरि त्यसको उचित व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने र नीति, विधिमा चल्दा चल्दै पनि समस्यामा आएका संस्थाहरुलाई संघले कोष व्यवस्थापन गरि कोष मार्फत तरलता व्यवस्थापन कार्यका लागि सहयोग गर्ने र समस्याको समाधान एवं व्यवस्थापन तर्फ संघले खेल्नुपर्ने भुमिका र निर्वाह गर्नुपर्ने जिम्मेवारीमा दिन र रात नभनी सहजिकरण गर्ने कुरा कार्यक्रममा बताउनुभयो । कार्यक्रमको विषयवस्तुमा सहजिकरण नेफ्स्कुनका पुर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटले सहकारीमा जोखिमको विद्यमान अवस्था, सहकारीमा कोष व्यवस्थापन र दिर्घकालिन समाधान बारे प्रशिक्षण गर्दै सहभागीहरुको जिज्ञास एवं समस्याहरु छलफलका माध्यमबाट त्यसको कसरी व्यवस्थापन एवं समाधान गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा बताउनुभयो । ज्योति मिरर्मिरे सामुहिक साकोसका सिईओ गोपाल दाहाल, सामुदायिक साकोसका सिईओ मदन बस्नेत, एक्प्रेस साकोसका सिईओ अरुण थापा, आभाष साकोसका प्रमुख व्यवस्थापक सुभाष बैदे, चण्डेश्वरी साकोसका सिईओ झलेन्द्र प्रसाद दाहाल, लक्ष्मी महिला साकोसका सिईओ मनोज रायमाझि, विन्धवासीनी साकोसका सहायक सिईओ त्रिलोचन घिमिरे लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संचालन संघका सचिव सुरेन्द्र प्रसाद पौडेलले र कार्यक्रमको व्यवस्थापन उप–प्रबन्धक रवि के.सीले गर्नुभएको थियो ।