पनौती/ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.ले कुशादेवीमा सेवा केन्द्र शुरु गरेको छ ।
सेवा केन्द्रको उद्घाटन पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले गरेका थिए । सेवा केन्द्रको उद्घाटन गर्दै न्यौपानेले सहकारीहरुका सेवा प्रत्येक जनताको घर दैलोमा पुग्नुपर्ने बताएका थिए । नगरपालिका सबै सहकारीहरुको सहयोगी बन्ने बताए । सहकारीहरुले योजना बनाएर कृषि, पशुपालन र विभिन्न तालिमहरुको आयोजना गरेका नगरपालिका सहयोगी बन्ने वताएका थिए । जनताको आयस्तर उकास्न र जीविकोपार्जन चलाउन नगरपालिका सधै तयार रहेको तर सहकारीहरुले योजना ल्याउन आग्रह गरे । सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक आवश्यक रहेकाले मर्जर प्रक्रियामा जान सुझाब दिएका थिए । कार्यक्रममा पनौती नगरपालिका वडा नं. १ का गुणनाथ सापकोटा, २ न.का वडा अध्यक्ष पुरुषोतम अधिकारी, जिल्ला बचत संघका प्रथम उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारी संस्थाका कुशादेवी संयोजक दिपेश घिमिरे लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाको गतिबिधिको बारेमा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिएका थिए । संस्थाको कुल कारोबार ५० करोड शेयरपुजीं ४ करोड शेयर सदस्य ९ हजार रहेको छ । संस्थाका सेवा केन्द्र ठाडोबाटा, ज्यालाचिटी, बनेपा र कुशादेबी गरी ४ वटा सेवा केन्द्र र मुख्य कार्यालय आफैनै भवन पनौतीमा रहेको जनाएको छ । छिट्टै बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा र पाचँखाल नगरपालिका मा खोल्ने तयारी भएको बताएका थिए । सदस्यहरुको हितका लागी बिभिन्न सिपमुलक तालिम, ऋण विमा, घरदैलो अभियान लगायतका सुविधाहरु प्रदान गरिदै आएको बताएका थिए । संस्थाले निकट भविष्यमा नै नेपालको नमुना सहकारी बनोउने उदेश्यले सञ्चालक कर्मचारीहरु लागि परेको बताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कान्छिमैया थापाले राखेकी थिईन् । कार्यक्रम संस्थाका अध्यक्ष उद्धब सापकोटाको सभापतित्वमा भएको थियो भने सञ्चालन दिपक दाहालले गरेका थिए ।









