धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखु ईट्टेलाई धार्मिक, पर्यटकिय र सांस्कृतिक क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
ईट्टे गुठी शंखुको आयोजनामा आज भएको बनभोज तथा सांस्कृतिक कार्यक्रममा उक्त जानकारी दिइएको हो । कार्यक्रममा शंखुमा धामिक, पर्यटकिय, सांस्कृतिक विकासका साथै बनभोज पार्क, फुटबल मैदान, बाल उद्यान पार्क समेत निर्माण गरिने स्थानीयबासीले बताएका छन् । शंखु ईट्टे क्षेत्रको विकासका लागि अमन श्रेष्ठको अध्यक्षतामा टोल सुधार समिति समेत गठन गरिएको छ । कार्यक्रममा धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले शंखु क्षेत्रको लाखे नाच, धिमे बाजाका साथै स्थानीय जात्रा संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उक्त क्षेत्रमा धार्मिक विकासका लागि शैलेश्वर कालिदेवी मन्दिर, रक्तकाली, कालरात्री, नौकन्या, पञ्चकुमारीलगायतका मन्दिर निर्माण भएका छन् । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष हर्क तामाङ, वडा नम्बर ११ का वडा अध्यक्ष विष्णु धिताल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, न्यायिक समिति सदस्य गणेश आचार्य, मोहन लामिछाने, कार्यपालिका सदस्य संगिता श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।









