2024 April 27/ 06:51: 21am

लिची रोग अर्थात Inclusion body hepatitis-Hydropericardium Syndrome (IBH-HPS) कुखुराको ३–६ हप्ताको उमरेमा संक्रमण हुने रोगहरु मध्ये एक महत्वपूर्ण रोगहरुमा पर्दछ । एभियन एडिनो भाइरसबाट लाग्ने यो रोगले कलेजो र मुटुलाई धेरै असर गर्दछ । एसिया तथा अमेरिकामा विद्यमान यस रोगले कुखुरा पालन व्यवसायलाई बेला बेलामा जोखिममा पारेको पाइन्छ ।मुटु बाहिरको जालोमा धेरै पानी जम्ने र मुटुको आकार बोक्रा निकालिएको लिची जस्तै देखिने हुनाले यसलाई लिची रोग भनिन्छ ।
लिची हर्ट रोग पहिलो पटक १९८७ मा पाकिस्तानको कराची नजिकै रहेको यानगोरा गोथ भन्ने ठाउँमा रिर्पाेटिङ भएको थियो । त्यसपछि इराक, मेक्सिको, भारत, इक्वेडर, पेरु, चिली, जम्बु काश्मिर, पन्जाब र दिल्लीमा १९७४ मा देखिएको थियो । त्यसैगरि नेपालमा पनि पहिलो पल्ट यो रोग गुण्डु भन्ने ठाउँमा देखिएको थियो ।
लिची रोग ३–६ हप्ताको चाडो तौल लिने कुखुरामा (ब्रोइलर) बढी देखिन्छ । विशेषगरि लिची हर्ट रोगले कुखुराको कलेजो सुन्निने, रङ्ग फिक्का हुने र कलेजो एकदम कमलो हुन्छ भने मुटुको बाहिरी पट्टीको जालोमा९एभचष्अबचमष्गm० पानी भरिने र भरिएको पानी पराल रङगको हुने जस्ता रोगको विशेषता देखिन्छ । त्यस्तै मृगौला रातो कालो हुन्छ । ब्रोइलरमा मृत्युदर ७०–८० प्रतिशत सम्म रहन सक्छ भने लेर्यसमा १० प्रतिशत भन्दा कम रहन्छ ।
रोग सर्ने माध्यम
लिची रोग ब्रोइलर देखि ब्रोइलरमा प्रत्यक्ष सम्र्पकबाट र खोरमा रहेका सुलीबाट सर्न मद्दत गर्दछ । संक्रमित सुली, मानिसहरुको कपडा, संक्रमित भ्याक्सिन लगाउने भ्याक्सिनेटर, एक ठाउँको कुखुराबाट अर्को ठाँउको कुखुरा वा पुरानो व्याचको कुखुराबाट नयाँ व्याचको कुखुरामा रोग सर्न सक्छ ।लिची रोगको इन्क्युवेसन अवधि ५–१८ दिन र औषत १० दिन सम्मको हुन्छ । कलेजोको कोषको संक्रमण गर्ने यस रोगको बिषाणुले रोग प्रतिरोधात्मक शक्ति पनि कम गराएकै कारण अन्य विषाणु जन्य रोग जस्तै गम्बरो र चिकेन इन्फेक्सियस एनिमिया पनि संगै देखिन सक्छ ।
पोष्ट मार्टम    
मुटुको बाहिरी झिलीमा ३–२० मि.ली बाक्लो पानी जम्मा हुन्छ र जसको पि.एच७९एज् ठ०रहेको हुन्छ । झिलीले ढाकेको मुटु तैरिरहेकोजस्तै देखिन्छ । मुटुको बाहिरपट्टिको बोसोमा९एभचष्अबचमष्ब िाबत० रगत पोखिए जस्तो रक्तश्राव९एभतभअजष्ब िज्बझयचचजबनभ० देखिन्छ । फिक्का, कमलो कलेजो, निलो र सुन्निएको फोक्सो र सानो हुदै गरेको बर्षा फेब्रिकस पनि देख्न सकिन्छ । त्यसै गरि मृगौलामा युरेट जम्मा हुने र मृगौलामा सेतो थोप्ला देखिने हुन्छ भने घट्टमा घाउ देखिन्छ । 
रोकथाम
लिची रोग नियन्त्रणको लागि जैविक सुरक्षालाई प्रमुख महत्वको रुपमा लिनु पर्दछ, जसले खोरको निसंक्रमण प्रक्रियालाई प्राथमिकतामा राख्दछ । खोरमा प्रयोग भएका सामाग्री तथा आगन्तुकलाई स्पे्रले निसंक्रमण गर्दा रोगको जोखिमलाई न्यूनिकरण गर्न मद्धत गर्दछ । रोग लागेका पन्छिहरुमा पिसाब बढी गराउने औषधी क्यमष्गm ऋष्तचबतभ र ँचगअष्mष्मभ खुवाउन सकिन्छ भने कुखुराको स्वास्थ्य स्थिति उकास्न लिभरटोनिक, भिटामिन इ र रगत बढाउने औषधिहरु खुवाउन सकिन्छ । रोग रोकथामका लागि ८ देखि १२ दिन उमेर सम्मका चल्लाहरुलाई लिची रोग विरुद्धको भ्याक्सिन लगाउन सकिन्छ ।