2024 April 26/ 11:03: 34pm

    धुलिखेल/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा विभिन्न जिल्लामा भएका अख्तियार दुरुपयोगका उजुरीहरु मध्ये चालु वर्षको ९ महिनामा काभ्रेपलाञ्चोक जिल्लाबाट ११ वटा उजुरी दर्ता भएका छन् । काठमाडौंमा समेत गरी अख्तियारमा जिल्लाका १ सय १३ उजुरी दर्ता भएका छन् । 
    अख्तियार दु्रुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चाृक, दोलखा र रामेछाप जिल्लामा भएका अनियमित सम्वन्धी उजुरी तथा आफै अनुसन्धान गर्नेछ । हेटौडा कार्यालयमा ६ सय ७९ उजुरी दर्ता भएकोमा ४ सय फछ्र्याैट भएका छन् भने २ सय ७९ उजुरी बाँकी छन् । स्थानीय तहसँग पारदर्शिता कायम नगरेको, सूचना माग गर्दा नदिएको । लागत अनुमान बमोजिम कार्य नगरेको, बढी मुल्यांकन गरी बढी खर्च लेखी अनियमितता गरेको, गुणस्तर नाप जाँच नगरी भुक्तानी गरेको, कमसल सामग्रीको प्रयोग गरेको, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भएका ब्यक्तिहरुको नामनामेसी कायम गरेको, परिवारका सदस्यका नामावली नारी कुनै न कुनै भत्ता दिएको, उपभोक्ता समिति गठनमा पारदर्शी नभएको, उपभोक्ता समिति मार्फत भए गरेका कामको सामाजिक परिक्षण नगरेको जस्ता विषयमा अख्तियारमा उजुरी दर्ता भएका छन् । शिक्षा, स्वास्थ्य, कृषिमा भत्ता, अनुदान, औषधी खरिद, राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको उजुरी छन् । एउटै कार्यक्रममा दोहोरो भुत्तानी, मेसिन प्रयोग गरी मानिसले काम गरेको देखाई बढी भुक्तानी, नभएको कामको कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानी गरेको उजुरीमा उल्लेख छ । 
    अख्तियारको कार्यालय हेटौडा र काठमाडौमा समेत गरी आर्थिक वर्ष २०७५÷२०७६ को चैत्र २४ गतेसम्मको जिल्लागत उजुरीका आधारमा काभ्रेपलाञ्चोक जिल्लाको १ सय १३ उजुरी दर्ता भएका हुन् । दर्ता भएका मध्ये ३५ वटा फछ्र्याैट भएका छन् भने ७८ वटा बाँकी छन् । जिल्लाका केहि स्थानीय तहहरुले नागरिकको अपेक्षा अनुसारको कार्य नगरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।