2025 April 24/ 05:19: 31am

    बनेपा/नेकपा एमाले नमोबुद्ध नगरपालिका वडा नम्वर ४ वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 
    नेकपा एमाले बागमती प्रदेश सदस्य एवं नगर कमिटी इन्चार्ज राकेश लामाको प्रमुख अतिथ्यता, बागमती प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य उद्धब हुमागाई, पार्टी जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य उद्धब काफ्ले र नानीराम अधिकारी, नगर पार्टी कमिटी अध्यक्ष गणेश लामा, उत्पीडित जातीय मुक्ति समाज नमोबुद्धका अध्यक्ष रुद्र बिसुन्के लगायतका नेताहरुको उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो । 
    अधिवेशनबाट सुरेन्द्र चिमौरियाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा बुद्धिमान लामा, सचिवमा प्रमोद काफ्ले, उपसचिवमा नवीन सेन्चुरी र लक्ष्मी तामाङ सहित सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । 
    एमालेले शुरु गरेको जरा अभियान अन्र्तगत शनिबार जिल्लामा विविध कार्यक्रम सम्पन्न भएको कार्यालय सचिव सुन्दर खड्काले जानकारी दिएका छन् । बनेपा नगर कमिटी अधिबेशन, मण्डनदेउपुर वडा नम्बर ६ को बैठक, भुम्लु गाउँपालिका वडा नम्वर ३ को बैठक तथा जरा अभियान तयारी बैठक, चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ को वडा भेला तथा अनुशिक्षण कार्यक्रम, राष्ट्रिय युवा संघ धुलिखेल नगर कमिटीको बैठक, पनौती ७ को वडा अधिबेशन, तेमाल गाउँपालिका वडा नम्वर १ को अधिबेशन, वडा नम्वर २ मा अधिबेशनबाट निर्वाचितहरुको सपथ ग्रहण, महाभारत गाउँपालिकामा पालिका कमिटी बैठक तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएका छन् ।