2026 March 13/ 08:38: 58pm

मनिषा त्रिपाठी
ब्युटिसियन 
मनिषा ब्युटी पार्लर एन्ड कस्मेटिक हाउस 
बनेपा

१) आज भोलिको दैनिकी कसरी बित्दैछ ?
म एक ब्युटिसियन हुँ एउटा पार्लरको ब्यवसाय गरेको छु । त्यसैमा ब्यस्त छु भनौ ।
२) पार्लर किन राख्नु भयो ? मानिसले पार्लरमै किन आउने ?
पार्लर राख्नुको कारण मेरो सिपलाइ ब्यवसायमा ढालेको मात्र हुँ । मानिसहरु पार्लर नै आउनु पर्ने कारण चाही सुन्दरता प्रतिको सचेतना हो । आजभोलि मानिसहरु सौन्दर्यमा सचेत छन् ।
३) आजभोलि पार्लरहरु खुल्ने क्रम बढेको छ किन होला ?
पार्लर अहिलेको आवश्यकता हो, मानिसहरु पार्लरमा आउने र सौन्दर्यमा चनाखो छन् त्यसैमा ब्यवसायिक सोच हुनु सामान्य हो । सिप सिक्ने ज्यादा छन् तिनैले ब्यवसाय गरेका छन् ।
४) घरमै गरिने मेक–अप र पार्लरको मेक–अपमा अन्तर के छ ? सुन्दरताको विकल्प पार्लर बाहेक अरु हुन्न र ?
मेक अप जहाँ गरे पनि उहि हो तर आफैले घरमा गर्दा हामीले धेरै कुरामा गल्ती हुन सक्छ पार्लरमा ब्युटिसियनको कियर हुन्छ । मानिसको स्किन र हेयरलाइ सुट गर्ने सामाग्री प्रयोग गरिने हुदा त्यो फाइदा जनक छ । त्यसैले पनि पार्लरको आकर्षण बढ्दो हो ।
५) पार्लरमा कस्ता मानिसको आकर्षण छ ? होम सर्भिस लिने ग्राहक कत्तिको हुन्छन् ?
पार्लरमा आकर्षण सबैको छ, बिशेषगरी महिला र युवतीहरुको उपस्थिति बढी देखिन्छ ।  बेहुली  मेक–अप र पार्टी  मेक–अप को लागि सभिर्स लिने धेरै हुन्छन् ।
६) भविष्यको योजना के छ ? किन ?
भविष्यको योजना पार्लरलाई ब्यवस्थित गर्ने र अपडेट हुने हो । समय अनुकूलको ब्यवसाय गर्नका लागी हामी पनि अपडेटेड हुनुपर्छ । आजभोली हर कोहि मान्छे राम्रो बन्न चाहान्छ त्यसको लागी ब्युटिसियनकै खाँचो पर्दछ ।
७) तपाई त मोडलिङमा पनि लाग्नु भएको आगामी दिनमा त्यसलाई अगाडि बढाउनु हुन्न ?
मोडलिङ मेरो सौख हो । त्यसैले कैले काँही त्यसमा पनि लाग्ने गर्दछु । आगामी दिनमा पनि मोडलिङमा लाग्न सक्छु तर ब्यवसाय भने जारी रहनेछ ।
८) देशमै बसेर केहि गर्न सकिन्नँ भन्छन् नि युवाहरु किन त्यसो भनेका होलान ?
देशमा अवसरै अवसर छ बस यसलाइ हामीले चिन्नु प¥र्यो । बिदेशमा गर्ने मेहेनत नेपालमा गरे यहि राम्रो हुन्छ । तर सिप सिक्न भने पर्छ नै ।
९) युवा अवस्था र प्रेम एक अर्काको पर्याय हो ? आजभोलिको प्रेममा किन सेक्स प्राथमिकता भएको होला ?
प्रेम एउटा मनको मिलन हो यो जानेर हैन अन्जानमा हुने हो । प्रेम उमेरले हैन मनले हुने हो । सेक्स प्राकृतिक कुरा हो तर यस्को गलत प्रयोग गर्नु भएन ।
१०) अन्त्यमा...
अन्तमा कर्म गरौं फल अवश्य मिल्नेछ । सिप सिकौं देशमै केहि गरांै यो देशको विकास गर्न युवाकै मुख्य भुमिका रहन्छ ।