2026 January 17/ 12:07: 54pm

निरन्जन अधिकारी
प्रोप्राइटर,
कृति कम्प्युटर पाँचखाल

कृति कम्प्युटरमा कस्ता कस्ता सेवा रहेका छन् ?
हाल कृति कम्प्युटरमा अवार्ड, ग्राफिक डिजाइन, डेस्कटप सर्भिस एवम् प्रेस सम्बन्धि सम्पूर्ण सेवाहरुका साथै प्mलेक्स, फोटोग्राफी÷भिडियोग्राफी, आइडिकार्ड, स्ट्याम्प र अनलाईन सम्बन्धि कामहरु विशेष हुने गर्छन् ।  

तपाईको ब्यवसायको सफलताको सुत्र के हो ?
मेरो ब्यवसाय सफल हुनुमा मेरो मिहिनेत, लगाव, धैर्यता, इमान्दारिता, सिर्जनात्मकता र सकारात्मक सोच नै हो । मलाई यस अवस्था सम्म आईपुग्न विभिन्न व्यक्ति, संघसंस्था र परिवारबाटै ठुलो हौसला, सहयोग र विश्वास प्राप्त भएको छ । आप्mनै ठाउँमा केही गर्ने अठोट, हरेक काममा नयाँ गर्ने सोच र सेवामा दिएको सन्तुष्टि नै मेरो सफलताको सुत्र हो । 

कृति कम्प्युटर १० औं वर्षमा प्रवेश गरेसंगै नया योजना के ल्याउनुभएको छ ? 
१० औं वर्षसम्म आइपुग्दा विभिन्न सेवा÷सुविधाहरु थप्दै आज हामी यहाँ आइपुगेका छौं । विगतमा सानो कामको लागि पनि बनेपा/धुलिखेल/काठमाडौं धाउनुपर्ने समस्यालाई हामीले धेरै हदसम्म अन्त्य गरेका छौं । हामीले गर्न बाँकी रहेका केही कामहरु छन् जसलाई निकट भविष्यमै यहींबाट पूर्ण गर्ने सोचमा छौं । जसको तयारी भैरहेको छ । यसै अवसरमा हामीले गिप्mट र खेलौनाको शोरुम समेत सञ्चालनमा ल्याएका छौं ।

युवाहरु विदेशिरहेको अवस्थामा तपाई आप्mनै ठाउँमा ब्यवसाय गरेर बस्नुभएको छ, कस्तो चल्दैछ ब्यवसाय ?
विदेश जाने अवसर मलाई पनि नआएको हैन । म सँग सिप पनि थियो र अवसर पनि राम्रै आएको हो । त्यतिमात्रै नभएर मेरो सिप बनेपा र काठमाडौं जस्तो शहरी क्षेत्रमा झन् प्रभावकारी रुपमा चलाउन सकिन्थ्यो तर मैले आप्mनै गाउँ÷ठाउँमा केही गर्नुपर्छ भनेर प्रविधि बामे सर्दै गरेको अवस्थामा शुन्यबाट आप्mनो ब्यवसाय सूरु गरें । शुरुमा सबैको विश्वास जित्न धेरै गाह्रो भयो । पछिपछि सबैको विश्वास, भरोसा र माया पाएँ । जसले आज यो अवस्था र माथिका तमाम सुविधाहरु एकैठाउँबाट दिन सकिरहेको छु । 

पाँचखाल तथा नजिकैको जिल्लाहरुमा कहाँ–कहाँसम्म सेवा÷सुविधा प्रदान गर्नुभएको छ र कस्ता–कस्ता संस्थाहरुसँग काम गर्नुभएको छ ?
पाँचखाल नगरपालिका लगायत नजिकै रहेको मण्डनदेउपुर, भुम्लु, बनेपा र विशेष गरी सिन्धुपाल्चोक क्षेत्रका कामहरु गरिरहेको छु । अर्डर आएमा बाहिरी जिल्लाहरुमा पनि सामान पठाएको छु । भर्खर केही समय पहिले प्याब्सन मोरङलाई समेत सामान पठाएको थिएँ । विशेषगरी सहकारी, विद्यालय र संस्थाका कामहरु बढि हुने गर्छ । जस्तोः पाँचखालका सम्पूर्ण सहकारी एवम् विद्यालय, भिसो पाँचखाल, प्याब्सन काभ्रे, प्याब्सन सिन्धुपाल्चोक र केन्द्रिय प्याब्सनको पनि विगत ४ वर्षदेखि कामहरु गर्दै आएको छु । 

आफ्नो ब्यवसायबाट सन्तुष्टि हुनुहुन्छ ? विदेशिएका र नेपालमै रोजगारीका लागि भौतारीरहेका युवाहरुलाई के भन्नुहुन्छ ?
म आप्mनो ब्यवसायबाट सन्तुष्ट भएरै १० वर्ष टिकेको छु र अभैm सेवासुविधा थप गर्दै छु । ब्यवसाय संचालनमा कठिनाई नआएका हैनन् तर धैर्यतपूर्वक हरेक कठिनाइको सामना गर्दै आफुनाई मजबुत बनाउँदै यहाँसम्म आइपुगें । युवा विदेशिनु बाध्यता मात्रै हैन रहर पनि हो । सबैभन्दा पहिला दक्ष हुनुप¥यो, शिप सिक्नुप¥यो अनि पो रोजगारी पाइन्छ र ब्यवसाय संचालन गर्न पनि सकिन्छ । आज हाम्रा वरिपरी सयौं युवाहरु हल्लीरहेका छन् । जो संग कुनै शिप र दक्षता छैन । देखासेखीमा विदेशिने र पछि पछुताउने हाम्रो नियति भैसकेको छ । हरेक रोजगारी र ब्यवसायका लागि सबैभन्दा ठुलोकुरा धैर्यता, लगाव, शिप र सकारात्मक सोच हुनुपर्छ । जुन हाम्रा युवाहरुमा छैन । जसलाई बुझाउन र सम्झाउन सके रोजगारी आपंैm सिर्जना हुन्छ । 

युवाहरु ब्यवासयमा नटिक्नुको कारण के होला जस्तो लाग्छ ? राज्यले के गर्दा युवाहरुलाई विदेशिनबाट रोक्न सकिएला ?
युवाहरु ब्यवसायमा नटिक्नु राज्यले ठोस नीति बनाउन नसक्नु, युवाहरुलाई भरोसा दिलाउन नसक्नु र ब्यवसायको भविष्य अन्यौल हुनु हो । आज कुनै पनि ब्यवसाय सुरक्षित छैनन् । राज्यले हरेक ब्यवसायको सुरक्षाको ग्यारेन्टी दिने हो भने ब्यवसाय बढ्छ र रोजगारीको सिर्जना हुन्छ । 
तपाईले शुरु गरेको ब्यवसायमा कतिले रोजगारीको अवसर पाएका छन् ? प्रविधिको विकास संगै ब्यवसायहरु पनि खस्किँदै गएको हो ?
    हाल मेरो ब्यवसायमा म लगायत अन्य ५ जनाले रोजगारी पाएका छन् । वास्तवमा ब्यवसाय संचालन धेरै चुनौतीपूर्ण छ । सबैले हामी जस्तै दुःख सहन्छन् भन्ने छैन । राज्यले सहज रुपमा व्यवसाय संचालन गर्ने वातावरण बनाउनुप¥यो, धेरै रोजगारी सिर्जना हुनेछ । जो प्रविधिसंगै चल्न सक्दैन उसको ब्यवसाय टिक्दैन । प्रविधिसंग अपडेट हुनेको ब्यवासय दिनानुदिन बढ्दै छ । हामी प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्दैछौं । 
१० औं वर्षमा प्रवेश गर्दैगर्दा तपाई आफ्ना सेवाग्रहीलाई के भन्नुहुन्छ । 
हामीलाई १०औं वर्षसम्म साथ, सहयोग, सल्लाह, सुझाव दिनुहुने सम्पूर्ण व्यक्तिहरु एवम् संघसंस्थाहरुमा हृदयदेखि धन्यवाद भन्न चाहन्छु । हामीले ब्यवसाय शुरुगर्दा पहिलो दिन देखि हालसम्म साथ र सहयोग गर्नुहुने धेरै व्यक्ति र संस्थाहरु हुनुहुन्छ । जसले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौं । यस बिचमा हामीले सबै सेवाग्राहीलाई सन्तुष्ट पार्न सकेनौं होला तर धेरै भन्दा धेरै सेवाग्राहीलाई सन्तुष्ट पार्ने कोसिस ग¥यौं । अगामी दिनमा सेवालाई अभैm चुस्त र दुरुस्त बनाउँदै सेवाग्राहीको चाहना र आवश्यकता अनुरुप सेवाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै १०औं वर्षको यो यात्रामा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरुलाई नमन गर्दै  आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु । 

अन्तमा पत्रिका मार्फत समग्र युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
    सर्वप्रथम मेरा अनुभव र ब्यवसायका बारेमा स्थान दिनुभएकोमा पत्रिकालाई धन्यवाद व्यक्त गर्दछु । आजका युवाहरुले रोजगारीका लागि भौतारीने हैन रोजगारी सिर्जना गर्नुपर्छ । सबैभन्दा ठुलो कुरा धैर्यता, लगाव, सिर्जनात्मक शिप र सकारात्मक सोच हुनुपर्छ अवश्य सफल भइन्छ । तपाईका लागि अरु कसैले गर्दिंदैन, आपैंmले गर्ने हो । आजको समयमा प्रविधिको प्रभाव संगै अवसर र चुनौती पनि बढ्दैछ, चुनौतीको सामना गर्नुस् अवसरै अवसर छ ।