समाचार

संक्षिप्त समाचारहरु

मेट्रो रेल धुलिखेलसम्म, विमानस्थल बनेपाको नागिडाँडामा
बनेपा/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको प्रतिवेदन सरकारलाई बुझाईएको छ । मन्त्रीपरिषद्को बैठकले उक्त प्रतिवेदनलाई अध्ययन गरी तत्काल निर्माण कार्य अगाडी बढाउने तयारी गरिएको छ । 
विमानस्थल निर्माणका लागि जिल्लाको तीन स्थानमा अवलोकन गरेपछि नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले प्राविधिक अध्ययन समूहको गठन गरेका थिए । काठमाडौंको नजिकै उपयुक्त स्थान छनोट गर्नको लागि गठन भएको उक्त प्राविधिक अध्ययन समूहले बनेपाको नागिडाँडामा उपयुक्त भएको निष्कर्ष निकालेको हो । धुलिखेलको ठूलीचौरमा भन्दा नागीडाँडामा विमानस्थल निर्माण गर्न उपयुक्त भएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्माण अघि बढाउनका लागि तत्काल वातावरणीय प्रभाव मुल्याकंन गर्न समितिले सुझाव दिएको छ । विमानस्थल निर्माण भएसँगै त्रिभुवन विमानस्थलको २० प्रतिशत ट्राफिक चाप कम हुने रिपोर्टमा उल्लेख छ । साथै हेलिकोप्टर पार्किङलाई नागीडाँडामा सार्ने हो भने त्रिभुवन विमानस्थलमा रहेको सञ्चार टावरमा २० प्रतिशत लोड कम हुने प्रतिवेदनमा उल्ल्ेख गरिएको छ । त्रिभुवन विमानस्थलबाट नागिडाँडा जमिनबाट २४.६ किमी पर रहेको छ भने नर्टिकल माइलका आधारमा ८.६२ टाढा रहेको छ । यो विमानस्थल निर्माण गर्ने औपाचारिक निर्णय भएको १२ महिनापछि मात्रै निर्माणको काम अघि बढाउन सकिने रिपोर्टमा उल्लेख  छ ।
नागीडाँडामा २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उड्डयन प्राधिकरणले बताएको छ । जिल्लामा विमानस्थल निर्माणको चर्चा चलेको १६ वर्ष पुगेको छ तर, अहिलेसम्म टुंंगो लाग्न सकेको छैन । नागीडाँडामा विमानस्थल निर्माण गर्ने भनिए पनि आन्तरिक उडान गर्ने ठूला खालका विमान त्यहाँ ल्याण्ड सम्भव छैन । ठूला विमानका लागि १५ सय मिटर ससम्मको रन–वे आवश्यक पर्छ । अहिले सौर्य र श्री एयरलाइन्ससँग बम्बार्डियर, नेपाल एयरलाइन्ससँग एमए–६०, बुद्ध एयरसँग बिच क्राफ्ट र एटीआर तथा यती एयरलाइन्ससँग जेटस्ट्रिम र एटीआर जस्ता ठूला जहाज छन् । यि विमानले साना विमानस्थलमा उडान र अवतरण गर्न सक्दैनन । त्रिभुवन विमानस्थलबाट आन्तरिक गन्तव्यमा हुने ३५ प्रतिशत उडान पहाडी विमानस्थलका छन् । त्यस बाहेकको ६५ प्रतिशत उडान ट्रंक रुटमा हुन्छ । नागिडाँडा विमानस्थलका लागि उपयुक्त हुने साना जहाज भनेका ट्विनअटर, डोर्नियर, वाई–१२ हर्बिन र एलईटी हुन् । 
 
धुलिखेलसम्म मेट्रो रेल
सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । आगामी चार साता भित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो । पहिलो चरणमा परामर्शदाता चयन गरी रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ । बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्नेछ । उक्त कार्यका लागि नेपाल सरकारले नै स्रोतको व्यवस्थापन गर्नेछ ।
यस्तै बोर्डले इच्छुक परामर्शदातालाई सो मेट्रो रेल निर्माणको समग्र पक्ष समेटिएको आशयपत्र पेश गर्न समेत आग्रह गरेको छ । विश्वका धेरै जसो देशमा सहज यातायाताका लागि मेट्रो रेल चलाई राखिएको सन्दर्भमा उक्त मार्गमा मेट्रो सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको हो । आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया शुरु गरिएको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेलको लम्बाई ४५ किलोमिटर लामो रहेको छ । बोर्डले जेठ ३ गते सार्वजनिक सूचना मार्फत विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । राष्ट्रिय योजना आयोगले समेत नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल चलाउन सकिने भन्दै आवश्यक प्रक्रिया शुरु गर्न सिफारिश गरेको थियो । आयोगले सो कार्यका लागि लगानी बोर्डमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । एक किलोमिटर मेट्रो रेल निर्माणका लागि चार अर्ब खर्च लाग्नेछ । त्यस हिसाबमा ४५ किलोमिटर लामो मेट्रो निर्माणका लागि १ सय ८० अर्ब लाग्नेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तथा अन्य प्राविधिक उपकरणमा भएको मूल्यवृद्धिका आधारमा दुई खर्बको हाराहारीमा खर्च लाग्ने देखिएको छ । विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । नेपालमा मेट्रो निर्माणमा लागि चिनियाँ र जापानी कम्पनीले चासो व्यक्त गरिसकेका छन । काठमाडौँ महानगरपालिकाले पनि चक्रपथमा मोनो रेल निर्माणको प्रक्रिया शुरु गरेको छ ।
 
बनखुमा इलाका प्रशासन
गाउँम नागरिकता पाउँदा स्थानीय दंग
बनखु (महाभारत)/नागरिकता तथा राहदानीका लागि धुलिखेलसम्म आउनुपर्ने काभ्रेको विकट महाभारत गाउँपासलकाका स्थानीयबासीको बाध्यता आजदेखि अन्त्य भएको छ । महाभारत गाउँपालिकामा पहिलोपटक इलाका प्रशासन कार्यालय स्थापना भई सर्वसाधारणका लागि सेवा सुरु भएपछि स्थानीयबासीको बाध्यता अन्त्य भएको हो ।
 महाभारत गाउँपालिका वडा नंवर ६ बनखुको देवीटारमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र काभ्रेका प्रमसख जिल्ला अधिकारी कृष्णवहादुर राउतले संयुक्तरुपमा उद्घाटन गरेका छन् । उनीहरुले वडा नंवर ६ का मकरवहादुर थिङकी बिस बर्षीया छोरी अनिता थिङलाई नागरिकताको प्रमाणपत्र दिएर सेवा शुभारम्भ गरेका थिए । थिङले दुई दिन लगाएर धुलिखेलसम्म आउनुपर्ने बाध्यताकै कारण नागरिकता नबनाई बसेकी थिइन् । इलाका प्रशासन कार्यालयबाट नागरिक,ा राहदानी र नाबालक बालबालिका परिचयपत्र वितरण हुनेछ । यस्तै इलाका प्रशासनले इलाकाभित्रका सबै सरकारी कर्मचारीको विवरण राख्ने, कुख्यात अपराधीहरुको सुची संकलन गरी कार्बाहीका लागि जिल्लामा पठाउने लगायतका काम गर्नेछ । हाल उक्त कार्यालयमा इलाका प्रशासन अधिकृत झपेन्द्र खरेलको नेतृत्वमा तीन जना कर्मचारी खटाइएको छ ।
 इलाका प्रशासन कार्यालय स्थानासँगै स्थानीयबासीमा खुशीयाली छाएको छ । यसअघि २०६९ सालमा मंसिर ९ गते मन्त्रीपरिषद बैठकले डाँडापारिको घर्तिछापमा खानीखोला गाउँपालिकाका साविकका ३ गाविस र महाभारत गाउँपालिकाका सबै गाविसलाई हेर्ने गरी इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो । तर, कर्मचारी परिचालन नहुनुका साथै ठाउँसमेत अपायक भएपछि गत बैशाख २४ गते मन्त्रीपरिषदले महाभारतका लागि बनखुमा इलाका प्रशासन राख्ने निर्णय गरेको हो ।  
गत माघ २६ गते बनखुमै आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बनखुमै इलाका प्रशासन राखिने आश्वासन दिएका थिए । अहिले इलाका प्रशासन, गाउँपालिका र अस्थायी प्रहरी चौकीका लागि बनखुको देवीटारमै १६ रोपनी जग्गा उपलव्ध भएर काम सुरु भइसकेको छ । काभ्रे २ का सांसद गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेपछि गाउँपालिका, सबै वडा कार्यालय र विद्यालयमा निःशुल्क वाइफाईको व्यवस्थासमेत भइसकेको छ । इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, गाउँपालिका अध्यक्ष कान्छालाल थिङ, र उपाध्यक्ष चेतकुमारी माझीले मन्तव्य राखेका थिए । 
अध्यक्ष थिङले यसअघिका सिडिओले नचाहेकाले इलाका प्रशासन आउन नसकेको बताए । उनले अहिले पनि इलाका प्रशासन कार्यालय तथा गाउँपालिका कार्यालय टहरामै राख्नुपरेको, वडा सचिव नभएकाले जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपरेको, कृषि तथा पशु लगायतका कार्यालयका कर्मचारी नआएको, इन्जिनियर नभएको लगायतका गुनासो गरे । जिल्लाबाट कर्मचारी पठाएको बताए पनि हाजिर हुन नआएकाले सेवा दिन असहज भएको पनि उनले बताएका थिए । 
 
स्वास्थ्य कार्यालयले ग¥यो विपद्को पुर्व तयारी
धुलिखेल/जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले बर्षातको समयमा हुन सक्ने विपद ब्यवस्थापनका लागि पुर्व तयारीका लागि सरोकारवाला निकायहरुसँग तयारी बैठक गरेको छ । स्वास्थ्य कार्यालय काभ्रोक प्रमुख डा. सुरेन्द्र चौरासियाको अध्यक्षतामा बसेको बैठकले पुर्व तयारीको कार्ययोजना बनाउन ब्यवस्थापन कमिटी गठन गरेको छ । 
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत नन्दराज अवस्थी, फोकल पर्सन परशुराम श्रेष्ठ, जनस्वस्थ्य निरिक्षक नेत्र न्यौपाने लगायतले स्थानीय स्तरमा विपद् ब्यवस्थापनका लागि भएका तयारी र विगतको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रकोपजन्य रोगबाट हुने प्रकोपको समयमै पहिचान गरी थप क्षति हुन नदिन पूर्व तयारी गरिनु पर्ने आवश्यकताका बारेमा प्रमुख चौरासियाले बताए । किटजन्य रोगहरु, महामारीजन्य रोग, जनावारबाट सर्ने रोग, पानीजन्य रोग, सम्पर्कजन्य रोग र खानाजन्य रोग बाट उत्पन्न हुने प्रकोपलाई नियन्त्रण गर्न पुर्व तयारी आवश्यक रहेको कार्यक्रममा जानकारी गराईएको थियो । 
जिल्लामा दुई वर्षमा औलोबाट ढुंखर्क र पाँचखालमा औलोबाट एक जनाको मृत्यु भएको, धुसेनी शिवालयमा पहिरोबाट निधन भएको, हेपाटाईटिस ए बाट मेथिन्कोटमा २५ जना प्रभावित भएको तथ्याङ्क प्रस्तुत भएको थियो । विपद ब्यवस्थापनका लागि समुदाय स्तरमा स्थानीय सरकारका प्रतिनिधिहरु समेत सहभागि गराई विपद् ब्यवस्थापन समिति गठन भईसकेको छ । स्थानीय स्तरमा स्थानीय सरकारले औषधीको ब्यवस्थापन समेत गरिसकेको महाभारत गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 
जनता बैकले ग¥यो आँखा शिविर
काठमाडौ/संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 
शिविरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखिएको थियो । शिविरमा १ हजार २ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो मध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँ सम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार ब्यक्त गरिएको थियो ।  
स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहल मार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।  
 
बेथाञ्चोक कप पुरुष भलिबल प्रतियोगिता जेष्ठ १२ बाट
बेथान्चोक/जिल्लाको दक्षिण भेगमा रहेको बेथान्चोक गाउँपालिकाले आगामी जेष्ठ १२ गते देखि १५ गतेसम्म प्रथम बेथान्चोक कप आमन्त्रण पुरुष भलिबल प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । 
गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेको संयोजकत्वमा सबै वडाका वडा अध्यक्षहरु सदस्य रहने गरी गरी उच्च स्तरीय खेलकुद समिति समेत बेथान्चोक गाउँपालिकामा गठन गरिएको छ । उक्त समितिलाई सहयोग पु¥याउने गरी खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभागितामा खेलकुद विकास समिति गठन गरिएको हो । गाउँपालिकामा गठित बेथान्चोक खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । उक्त समितिले गत बैशाख २८ र २९ गते भ्याली च्याम्पियनसिप तेक्वान्द्यो प्रतियोगिता सम्पन्न गरेको थियो । खेलकुद विकास समितिले गाउँपालिका भित्रका ६ वटै वडामा विद्यालय स्तरदेखि क्लवस्तरसम्म र वडा स्तरमा रहेका विभिन्न सम्भावित खेलकुदका गतिविधिहरु संचालन गर्दै जिल्ला तथा क्षेत्रिय स्तरका प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य बनाएको छ । उक्त प्रतियोगितामा जिल्लाका विभिन्न नगर र गाउँपालिकाका १० वटा टिम र दक्षिण ललितपुर गाउँपालिकाका ५ वटा टिम गरी १५ टिम सहभागि हुनेछन् । 
प्रतियोगितामा सहभागि भई प्रथम हुनेलाई नगद ३० हजार, ट्रफि मेडल र प्रमाणपत्र वितरण हुनेछ भने दोश्रो टिमलाई नगद २० हजार, तेश्रो टिमलाई सेमिफाईनलको उपविजेताका रुपमा दुबै टिमलाई नगद ७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने खेलकुल विकास समितिका अध्यक्ष विरबहादुर लामाले बताए । त्यस्तै बेष्ट डिफेन्स, बेस्ट सेटर, बेस्ट स्पाईकर, बेस्ट ब्लकर, सर्बाेत्कृष्ट खेलाडी सबैलाई पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिताका संयोजक प्रमोद तिमल्सिनाले बताए । बनेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । 
 
नमोबुद्धमा वातावरण जोगाउन अन्र्तक्रिया
नमोबुद्ध/वातावरणमैत्री नमोबुद्ध नगर निर्माणमा सरोकारवालाहरुको भूमिका, वर्तमान समस्या, चुनौतीहरु र समाधानका उपायहरु विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्खरै स्थापित नगरपालिकाको ब्यवस्थापन हुन नसक्दा नमोबुद्धमा वातावरण प्रर्दुषण हुँदै गएको गुनासो आउन थालेको छ । 
भकुण्डेबेशी जेसिज र जनक एलुम्नाई एशोसियसन नेपालको आयोजनामा आयोजित कार्यक्रममा वातावरणीय तत्वहरुमा देखिएको तिब्रत नकारात्मक प्रभाव र नियमनकारी निकायको उदासिनताको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै वातावरणविद्हरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । मानव जीवन एवंम समग्र पर्यावरणमा परिरहेको असरका सम्वन्त्रमा बातावरणीय अध्ययनबाट प्राप्त सुचकहरुको विश्लेषण्का आधारमा उक्त अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको जेसिजका अध्यक्ष रुक्मणी सिग्देलले बताईन् । कार्यक्रममा विज्ञहरुले बातावरण जोगाउन गरिनु पर्ने योजनाका बारेमा जानकारी गराएका थिए । फोहोरमैला ब्यवस्थापन, उद्योग कलकारखानाबाट निस्कने फोहोर र वातावरण, सडक, बन अतिक्रमणबाट हुने वातावरण तथा खानेपानी, ढल ब्यवस्थापनका विषयमा नगरपालिकाले चासो दिनु पर्ने बताईएको थियो । एलुम्नाई एशोसियसनका अध्यक्ष भरत दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, उद्योगी ब्यवसायी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा नागरिकहरुले पछिल्लो समय इटा भट्टा, खानी तथा क्रसरहरुले पारेको असर र त्यसको ब्यवस्थापनमा सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिकाका बारेमा आवाज उठाएका थिए । नगरपालिकाले चालु वर्षबाटै भट्टा दर्तामा रोक लगाएको छ भने आगामी वर्षबाट नविकरण बन्द गर्ने निर्णय गरिसकेको छ । 
 
योग गुरु ग्रुृवेनलाई सम्मान
बनेपा/पतञ्जली योग समिति काभ्रे जिल्ला समितिले प्रदेशमा निर्वाचित अध्यक्ष योग गुरु ग्रुवेन तौजलेलाई सम्मान गरेको छ । अध्यक्ष दमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु तौजलेलाई विभिन्न क्षेत्रका ब्यक्तिहरु तथा योग साधकहरुले सम्मान गरेका थिए । 
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तौजलेले योगको माध्यमबाट समाज र राष्ट्रको समुन्नत विकास गर्नु पर्ने बताए । ब्यक्ति स्वस्थ हुनका लागि मात्रै योग गर्ने नभई समाज र राष्ट्रको विकासका लागि योगको आवश्यकता रहेको तौजले बताए । कार्यक्रममा अध्यक्ष दमनकुमार श्रेष्ठले योगको केन्द्र जिल्लालाई बनाउन अनुरोध गरेका थिए । पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लाका सबै स्थानीय तहमा योगको केन्द्र बनाउन अनुरोध गरेका थिए । विद्यालय स्तरबाटै योगको विकास गर्न र विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न पतञ्जली योग समितिले योजना बनाउनु पर्नेमा जोड थिए । सोहि समयमा पतञ्जलीको भवन निर्माण गर्न हिटलर शाक्यले २५ हजार नगद सहयोग गरेका थिए । योग शिक्षकहरु हरिद्धारमा गएर फर्किँदा बचत भएको ५ हजार ५ सय रकम पनि भवन निर्माणमा कोषमा जम्मा गरिएको थियो । हरिद्धारमा सहभागि हुनेहरुलाई योगगुरु तौजलेले प्रमाणपत्र वितरण गरेका थिए । सिन्धुपाल्चोकमा महिला प्रभारीमा नियुक्त हुने गंगा घिमीरेलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा भोमी बचत तथा ऋण सहकारीले सहभागिहरुलाई बार्षिक क्यालेण्डर सहितको झोला उपलब्ध गराएको थियो । अध्यक्ष हरिशरण श्रेष्ठले उक्त ब्याग हस्तान्तरण गरेका गिए । कार्यक्रम योग शिक्षक प्रकाश कायश्थले संचालन गरेका थिए । 
 
टिबी रोगको सर्भे गर्ने
धुलिखेल/राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरको आयोजनामा जिल्लामा राष्ट्रिय टिवी प्रिभ्यालेन्स सर्भेको तयारीका लागि जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको छ । 
समिति जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. सुरेन्द्र चौरासियाको संयोजकत्वमा गठन गरिएको छ । डब्लुएचओले नेपालमा क्षयरोगीहरुको संख्या पत्ता लगाउन नेपालका ५५ जिल्लाको ९९ क्लस्टरमा गर्ने सर्भे जिल्लाको साविक श्यामपाटी गाविस वडा नम्वर ६ र गोठपानी गाविस वडा नम्वर ४ का ६÷६ सय नागरिकहरुमा गरिनेछ । अत्याधुनिक मेशिनहरु, प्राविधिक टोलीले गर्ने जाँच स्वस्थ ब्यक्ति मार्फत गरिनेछ । स्वस्थ ब्यक्तिमा टिवी रोग छ कि ? छैन भन्ने जानकारी प्राप्त उक्त सर्भे गर्न लागिएको हो । नेपालमा ५८ हजार ब्यक्तिबाट टिबीको स्याम्बोल लिईनेछ । 
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी प्रमुख रविराज खड्का, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. सुरेन्द्र चौरासिया, जिल्ला समन्वय अधिकारी कोमल धमला, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो । 
 
काफ्ले समाजमा उत्तमको नेतृत्व
बनेपा/काफ्ले समाज नेपाल काभ्रेपलाञ्चोकको भेलाले उत्तम काफ्लेको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिमा उपाध्यक्षहरु अर्जुनप्रसाद काफ्ले, सीता काफ्ले, धु्रुर्वप्रसाद काफ्ले रहेका छन् । 
समितिमा सचिव राजकुमार काफ्ले, कोषाध्यक्ष धु्रर्व काफ्ले, सह सचिव अञ्जन काफ्ले रहेका छन् । सदस्यहरुमा गिता, राजु, हरिकृष्ण, कृष्णप्रसाद, रमेश, केशवराज, ऋृजना र विमला काफ्ले रहेका छन् । कार्यक्रम जिल्ला सल्लाहकार पारस काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा केन्द्रिय अध्यक्ष गुणराज काफ्ले, केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद काफ्ले, उपाध्यक्ष लक्ष्मी काफ्ले, सचिव नवराज काफ्ले, सह कोषाध्यक्ष दामोदर काफ्ले, सदस्य अर्जुन प्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो । 
उत्तम काफ्लेको स्वगत मन्तब्य रहेको कार्यक्रममा काफ्लेहरुको हक हितका लागि आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने र सबै काफ्लेहरुको सहभगिता र सक्रियतामा एक जुट हुने प्रतिवद्धता ब्यक्त गरिएको थियो । कार्यक्रम सञ्चालन राजदास काफ्ेले गरेका थिए । 
 
पनौतीमा वल्र्ड लिंक
पनौती/इन्टरनेट प्रविधिलाई दु्रत गतिमा सेवाप्रदायकहरुलाई सेवा प्रदान गर्नका लागि वल्र्ड लिंक कम्न्युकेशन प्रालिले पनौतीमा नयाँ कार्यालय स्थापना गरेको छ ।
अप्टिकल फाईवर मार्फत् फाईवर टु द होम सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले वल्र्ड लिंक कम्न्युनिकेशन प्रालिले थप सुविधाका साथ कार्यालय उद्घाटन गरेको कार्यालय प्रमुख अजय सिं खड्काले बताए । फाईवर टु द होम मार्फत् २० एमबिपिएस, ३० एमबिपिएस र ५० एमबिपिएसको स्पिडमा इन्टरनेट र सेवा विद्यार्थी, संघसंस्था, होटल, रेष्टुरेण्ट, व्यवसायिक स्थान तथा घरमा सबै सुलभ दरमा प्रयोग गर्न सकिने बताए ।
हाल फाईवर टु द होममार्फत् अब पनौती बजार, सुन्थान, पस्थली, शारदाबतासे, ईंट्टे, खोपासी, भण्डारीगाउँ, दलिञ्चोक, मल्पी, टौखाल, कुशादेवी, ठाडोबाटो लगायतका ठाउँहरुमा ग्राहकलाई सेवा प्रदान गर्न सकिने खड्काले बताए । बनेपा शाखाबाट सेवा प्रदान गर्दै आएको कम्पनीले अब पनौतीबाटै अझै थप सुविधा सहित छिटो सेवा प्रदान गर्ने उद्देश्यका लागि कार्यालय गरिएको बताए ।
 
सेन्टलममा विद्यालय प्रतिनिधि छनोट
बनेपा/श्रीखण्डपुरमा रहेको सेन्टलम एल्वम एकेडेमीले निर्वाचनको प्रकृयाबाट विद्यालय प्रतिनिधिहरु छनौट गरेको छ । 
नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यालयले प्रत्येक वर्ष विद्यार्र्थीहरुको सहभागितामा लोकतान्त्रिक विद्यी अपनाउँदै प्रतिनिधि छनोट गर्दै आएको छ । उक्त निर्वाचनमा कक्षा ४ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुले मतदान गरेका थिए ।  स्कूल क्याप्टेन, भाइस क्याप्टेन र गेम्स लिडर, हाउस क्याप्टेन लगायतको निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा २५ सिट मध्ये १५ जना सर्वसम्मत भएका थिए भने १० सिटका लागि निर्वाचन भएको थियो । 
अतिरिक्त क्रियाकलाप इन्चार्ज धुर्व मानन्धर निर्वाचन अधिकृत थिए । पाठ्यक्रमलाई सघाउ पुग्ने गरी अपनाइएको यो विधि प्रतिनिधि छनोट सँगै सिकाइ उपलब्धिमा सहयोगी रहेको प्रिन्सिपल अग्नी प्रसाद ज्ञवालीले बताए ।
 
एकताले नेता र कार्यकर्तामा उत्साह
धुलिखेल/तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी एकिकरणको खुशियालीमा धुलिखेल बसपार्कमा दिप प्रज्वलन गरेका छन् । 
शनिबार साँझ गरिएको दिप प्रज्वलन कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख एवं तत्कालिन नेकपा एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्याञ्जुले सम्बोधन गरेका थिए । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी २०७५ सालमा आउँदा दक्षिण एशियाकै तेश्रो शक्ति बन्न सकेकोमा खुशी ब्यक्त गर्दै विगतका उपलब्धीहरुलाई रक्षा गर्दै मुलुकलाई सम्वृद्ध  तर्फ लैजानु पर्ने बताए । एमालेको जनताको बहुदलिय जनबाद मार्फत प्राप्त उपलब्धी र माओवादीले शुरु गरेको शशस्त्र युद्धबाट प्राप्त उपलब्धीबाट प्राप्त जनादेशलाई जनताकै विकास र सम्वृद्धीमा लगाउनु पर्नेमा नगर प्रमुख ब्याञ्जुले जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता रामगोपाल चौलागाई, रामकृष्ण हुमागाई लगायतले कार्यकर्तामा आएको खुशी र जनतामा जागेको आशालाई निराशामा परिणत नगर्न नेतृत्व र विशेषगरी केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुलाई सुझाव दिएका थिए । दिप प्रज्वलनमा धुलिखेल क्षेत्रका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरु सहभागि थिए । 
 
शुभराजको नेतृत्वमा परिवार नियोजन
बनेपा/लामो समय देखि स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था नेपाल परिवार नियोजन संघ काभ्रेको निर्वाचन भएको छ । निर्वाचनबाट यस अघि निमित्त अध्यक्षको जिम्मेवारी सम्हालेका बनेपाका समाजसेवी शुभराज जोशी सभापतिमा निर्विरोध चयन भएका छन् । 
सोहि निर्वाचनबाट सदस्यहरुमा सुरकृष्ण बैद्य, प्रकाश कायश्थ, लम्बोदर कायश्थ, बद्रीबहादुर खत्री, महिला सदस्यहमा जमुना मोक्तान, चण्डेश्वरी श्रेष्ठ, शान्ती कायश्थ, इन्द्रलक्ष्मी श्रेष्ठ युवा सदस्यमा रेशा शिल्पकार, सलिमा कायश्थ निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्षले परिवार नियोजन संघले प्रदान गर्ने सेवाहरुलाई अझै प्रभावकारी र गुणस्तरीय बनाउने बताए । 
परिवार नियोजन संघले बनेपा र पाँचखालबाट सेवा दिईरहेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य सम्वन्धी कार्यक्रम गर्दै आएको छ । भुकम्पका बेला महिला तथा बालबालिकाहरुको क्षेत्रमा समेत सेवा उपलब्ध गराएको संघले आफ्नै भवनबाट थप सेवा दिने योजना बनाएको सभापति शुभराज जोशीले बताए । निर्वाचित पदाधिकारीले सपथसँगै पदभार ग्रहण गरिसकेका छन् । 
 
संचारकर्मीसँग प्रजिअ र प्रहरी प्रमुख
धुलिखेल/भर्खरै जिल्लामा सरुवा भई सेवा दिन शुरु गरेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले जिल्लामा रहेका संचारकर्मीहरुसँग अन्र्तक्रिया गरी आगामी कार्ययोजनाका बारेमा सल्लाह सुझाव लिएका छन् । 
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लाका हरेक समस्या समाधान गर्न कानुन र विधीको शासन कार्यान्वयनमा संचारकर्मीहरुको सहयोग आवश्यक रहेको बताएका थिए । सरकारले लिएको लक्ष्य र योजना सुखी नेपाली र सम्बृद्ध नेपालको अभियानलाई साथ दिन संचारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी राउतले अनुरोध गरे । संचारकर्मीहरुले अनियमितता, ढिलासुस्ति, भ्रष्टाचार जस्ता विषयलाई न्युनिकरण गर्दै समुन्नत समाजको निर्माणका लागि नागरिकहरुको सुरक्षा र सेवामा ध्यान दिन आग्रह गरे । जनतालाई दुख होईन सुख दिने गरी योजना बनाउन प्रमुख जिल्ला अधिकारी राउतलाई सुझाव दिएका थिए । प्रजिअ राउतले नागरिकहरुले प्रशासनबाट प्रदान गर्ने सेवा र सुरक्षामा कमि हुन नदिने बताए । 
त्यस्तै प्रहरी प्रमुख रविराज खड्काले जिल्लामा भएका गतिविधिहरुमा ध्यान दिने बताए । अराजकता रोक्न कानुन कार्यान्वनमा कुनै कमि हुन नदिने बताउँदै जिल्लामा सहकार्यमा धेरै विषय अगाडी बढाउन सक्ने बताउँदै संचारकर्मीहरुको साथ, सहयोग र सुझाव आवश्यक भएको बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले नागरिकको सुरक्षामा पत्रकारहरुको विशेष सुरक्षा र सुचनाको हक कार्यान्वयन र सुचनाको उपलब्धताको विषयमा ध्यान दिन आग्रह गरेका थिए । 
 
समन्वय समितिले ग¥यो विभिन्न निर्णय
धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको बैठकले कर्मचारी ब्यवस्थापन, विपद् ब्यवस्थापनमा सदस्य चयन र जिल्ला बन क्षेत्र समन्वय समिति गठन गरेको छ । 
लामो समय देखि कर्मचारी ब्यवस्थापनका विषयमा चुनौती बन्दै आएको भए पनि बैठकले तत्कालका लागि पाँच जना कर्मचारीको ब्यवस्थापन गर्ने निर्णय गरेको प्रवत्ता प्रेम लामाले बताए । प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले प्रशासनका नासु श्रवणकुमार श्रेष्ठ, आर्थिक लेखा प्रशासनका नासु तारानाथ बञ्जारा, योजना शाखाका नासु च्याङ्गबा लामा, सुचना केन्द्रकी खरदार सरिता सापकोटा र प्लम्बर तथा कार्यालय सहयोगी सुर्य तामाङलाई धुलिखेल नगरपालिकामा ब्यवस्थापन गर्नै निर्णय गरेको छ । अझै केहि कर्मचारीहरुको ब्यवस्थापन बाँकी रहेको प्रवक्ता लामाले बताए । बैठकले विपद् ब्यवस्थापन समितिमा समन्वय समितिका तर्फबाट समन्वय सदस्य शुभवती शिवभक्तीलाई सिफारिस गरिएको छ । त्यस्तै जिल्ला बन क्षेत्र समन्वय समिति गठन गरिएको छ । समितिमा संयोजक समन्वय प्रमुख रहने ब्यवस्था छ । समितिको सह संयोजकमा विषयगत समितिबाट संयोजक शुभवती शिवभक्ति रहेकी छिन् । सदस्यहरुमा समन्वय अधिकारी कोमल धमला, जनजाति तथा दलित सदस्यहरुबाट दिलबहादुर दनुवार पाँचखाल र उषा घिसिङ्ग पोखरीचौरी रहेका छन् । 
 
वेथाञ्चोक डायरी
आलु महोत्सव गर्दै वेथानचोक
आलु खेतिमा व्यवसायिकता तर्फ अघि बढेको बेथानचोकमा आलु महोत्वस हुने भएको छ । जिल्लामै पहिलो पटक हुन लागेको आलु महोत्सवलाई प्रधानमन्त्री कृषि सुपरजोन कार्यक्रमले सहयोग गर्ने भएको छ । 
जिल्लाका विभिन्न स्थानमा आलु उत्पादनको राम्रो सम्भावन Posted: