2024 April 26/ 01:37: 18am

    बनेपा/जिल्लाबासीहरुलाई मनोरञ्जनका लागी काठमाडौ सम्म जानुपर्ने झन्झट समयको बचतका लागि ‘बमेल सिनेमा हल’ शुरु भएको छ । 
    बनेपा नगरपालिका वडा नं १० मा सञ्चालनमा आएको उक्त हलमा नेपाली, हिन्दी लगायतका फिल्म सञ्चालन गरिने हलका सञ्चालक देबिन्द्र खड्गीले जानकारी दिए । सिनेमा हलमा डिजिटल डल्बि साउण्ड सिष्टम सुविधा सम्पन्न रहेको छ । सिनेमा हलको वडा नम्वर १० का जेष्ठ सदस्य रत्नमाया रञ्जितकारले उद्घाटन गरेकी थिईन् । १ सय ३७ सिट क्षमता रहेको उक्त हलले उद्घाटनको अवसरमा स्थानीय जेष्ठ सदस्यहरुलाई  नेपाली  फिल्म लभ स्टेशन निशुल्क देखाएको थियो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष चन्द्र बहादुर खड्का, स्थानीय समाज सेवी तथा काभ्रे मिनिबस सेवा समितीका सचिब त्रिरत्न रञ्जितकार लगायतले उद्योग थपिएकोले सबैले सहयोग गर्नुपर्ने बताएका थिए । फिल्म हेर्नका लागी अनलाईन बाटै टिकट बुकिङ्ग गर्ने सकिने, दिनको ३ सो विहान, दिउँसो र राती सञ्चालन हुने वताईएको छ । तीन जनाको संयुक्त लगानीमा निमार्ण गरिएको उक्त हल निर्माणका लागि २ करोड ५० लाख खर्च भएको छ । तत्कालै उक्त स्थानमा थ्रिडी हल निर्माण गर्न लागिएको सञ्चालक खड्गीले जानकारी दिए । फिल्म नचल्ने होईन हल र फिल्म दुवै राम्रो भएमा सञ्चालनमा समस्या नआउने  सञ्चालक विरेन्द्र मर्हजनले बताए ।