मुख्य खबर

गैससमा अनियमितता

छानविन पछि कारवाही
बनेपा/अन्र्तराष्ट्रिय स्तरका दाताहरुबाट रकम ल्याई संस्था मार्फत हिनामिना गर्ने र संस्थाका कामकारवाहीलाई अपारदर्शी ढंगबाट गैससहरुकै बदनाम गराउने हेतुले संचालन भईरहेको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको अनियमितताका बारेमा छानविन शुरु भएको छ । 
समाज कल्याण परिषद्, मेलमिलाप परिषद्, द एशिया फाउण्डेशन, द म्याकनल फाउडेशन र जिल्ला प्रशासन कार्यालय भक्तपुर र काभ्रेपलाञ्चोकले उक्त संस्थामा भएको अनियमितताका बारेमा छानविन शुरु गरेका हुन् । भत्तपुरमा २०७० साल असारमा दर्ता भएको संस्थाले २०६७ सालमा समाधान भएको द्वन्द्वलाई समेत आफैले रुपान्तरण गरेको भन्दै प्रतिवेदन प्रस्तुत गरी दाताहरुबाट सहयोग रकम ल्याईरहेको थियो । सामुदायिक बन उपभोक्ता महासघले संचालन गरेको परियोजनालाई एनजिओको रुपमा दर्ता गरेर सिङ्गो सामुदायिक बन उपभोक्ता महासंघको अभियानलाई बदनाम गराउने उदेश्यले संस्थाले भक्तपुरमा एनजिओ दर्ता गरी विभिन्न जिल्लामा कार्य गर्दै आएको छ । काभ्रे र भक्तपुरको सिमानामा रहेको सुर्यमोड पेरुङ्गे सामुदायिक बन भित्रको १४ वर्ष लामो द्वन्द्व २०६७ सालमा रुपान्तरण गरिएको अध्यक्ष जितबहादुर लामाले बताए । संस्थाको प्रतिवेदनमा उक्त द्वन्द्व आफुले समाधान गरेको बताएको छ । आफु संलग्न भएर समाधान गरेको द्वन्द्वलाई एनजिओले आफुले गरेको भन्नु गलत भएको लामाले बताए । 
त्यस्तै बेथाञ्चोक गाउँपालिकामा रहेको पाटनेखोला सामुदायिक बनको जग्गामा सर्बाेच्च अदालतले गरेको फैसला भन्दा माथी पुगेर संस्थाले ब्यक्तिलाई फाईदा पुग्ने गरी कार्यक्रम गरेको तर केहि हात नलाग्दा पनि द्वन्द्व रुपान्तरण भएको प्रतिवेदन तयार गरेको छ । उपभोक्ता रामबहादुर तामाङले सामुदायिक बनमा भएको द्वन्द्व जस्ताको तस्तै रहेको बताएका छन् । नमोबुद्धमा रहेको बेलाखोले पाखा सामुदायिक बनमा द्वन्द्व रुपान्तरण गरेको सहमति पत्र तयार गरी वितरण गरे पनि बन अतिक्रमण भईरहेको, सामुदायिक बन भित्रै फर्निचर संचालन भईरहेको छ । जिल्ला बन कार्यालयले उक्त फर्निचर हटाउने प्रकृया शुरु गरेको छ । विदेशी दाताको रकम कुम्ल्याउने उदेश्यले विवाद नभएका स्थानमा समेत विवाद खडा गरी रुपान्तरणको कागजात तयारी गरी करोडौ रकम अनियमितता गरी आफ्नै तालिम केन्द्र, त्यहि रकमले ब्यक्तिगत घर, घडेरी, गाडी समेत खरिद गरी संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले पैसाकै थैली बोकेर सरोकारवाला क्षेत्रमा समेत प्रभावित बनाउने प्रयास गर्दै आएका छन् । छानविन शुरु भएपछि कारवाही परिने डरले मन्त्री देखि सिडिओसम्मलाई नक्कली कागजात बनाउन कोषाध्यक्ष निरुमाया थिङ्ग र क्षेत्रिय संयोजकका रुपमा कार्यतर रमिला हुमागाईलाई विभिन्न क्षेत्रमा पठाईरहेका छन् । 
उता सामुदायिक मेलमिलापका नाममा संस्थाकै बोर्ड सदस्य रहेकी प्रिति थापा मार्फत कार्यक्रम सम्झौता गरेपछि द एशिया फाउण्डेशनको सहयोग रोक्का हुने डरले बोर्डबाट थापालाई हटाएर कार्यक्रम शुरु गरिएको छ । तालिम संचालनका नाममा गरेको अनियमितता, कार्यालय सहयोगीका नाममा लिईएको गैरकानुनी भरपाई र नियुक्ति, प्रशिक्षक नियुक्तिमा विज्ञापनमा भन्दा कम योग्यताको नियुक्ति गरी लिएको कमिसन, मेलमिलाप केन्द्रको संयोजकहरुलाई बुझाईएको रकममा अनियमितता, हुँदै नभएको विवादलाई विवाद बनाएर भुत्तानी गरी अनियमिता गरेको, नाटक मञ्चनमा गरिएको लाखौ रकमको अनियमितताका बारेमा समेत द एशिया फाउण्डेशनले स्पष्टिकरण सोधेको छ । निर्देशक थापा, कोषाध्यक्ष थिङ्ग र हुमागाई अनियमितामा संलग्न भएको पुष्टि भएको छ । 

प्रकाशित मिति: 24 May, 2018