अर्थ वाणिज्य

ममताको कुण्ड भित्रको डरलाग्दो अपराध

हामी सामान्य परिवारमा हुर्कियौं । बुबा मजदुरी गरेर परिवारको आवश्यकता पुरा गर्दै आउनु भएको छ । गाउँमा हुने सबै कामहरुमा भ्याएसम्म र सकेसम्म बुबाको सहभागिता रहने गरेको थियो । छोराछोरी, परिवारकै लागि बुबाले हरेक स्थानमा काम गरिरहनु भएको थियो । त्यहि क्रममा गाउँमै एकजना विदेशी नागरिक बस्न थालेका थिए । उनको घर निर्माण हुँदै थियो । त्यहि बेला देखि बुबाले उसको घर निर्माणमा सहयोग पु¥याउँदै आउनु भएको थियो । पछि त्यहि घरको रेखदेख गर्ने, फुलबारी हेर्ने काममा बुबाको सहभागिता भयो । बुबालाई त्यस बापत विदेशीले पैसा पनि दिदै आएका थिए । मलाई पनि विद्यालयमा अध्ययन गर्न कापी कलम किनिदिने, विद्यालयमा लाग्ने अन्य शुल्क समेत तिरिदिने गर्न थालेका थिए । उनको सहयोगले हाम्रो परिवारमा ल्याएको क्रान्ति र शान्ति म बिर्सनै सक्दिन थिएँ । बुबाको गरिवीमा उसले केहि न केहि सहयोग गरेकोले हामीमा कुनै प्रकारको शंका थिएन । 
बुबा विहान देखि नै काम गरिरहनु हुन्थ्यो । बेलुकासम्म पनि काम गरिरहेपछि मलाई त्यहि घरमा छाडिदिनु हुन्थ्यो । उसले अंग्रेजी पनि सिकाउने गरेको थियो । अलि अलि पढाईमा सहयोग पनि पु¥याउँथ्यो । मिठो मिठो खान पनि दिन्थ्यो । राम्रो राम्रो लगाउन पनि दिन्थ्यो । त्यो गरे बापत सधै म उसँग रमाउन थालेको थिएँ । उसले भनेको सबै कुरा मान्न थालेको थिएँ । उसले बेलुका हरेक दिन नुहाउन भन्थ्यो । नुहाउँदा पनि उसले सहयोग गर्दथ्यो । नुहाईसकेपछि मलाई उसकै टिर्सट लगाउन दिन्थ्यो । मलाई सकेसम्म तलको कपडा नलगाई सुत्न अनुरोध गरेको हुन्थ्यो । त्यसो नहुँदा पनि उसले शुरु शुरुमा खासै मतलब गरेको थिएन । क्यानेडियन नागरिक पिटर जोनको शैली फरक फरक हुँदै गयो । उनले म जस्ता थुप्रै बालकहरुलाई त्यस्तै ब्यवहार गर्ने रहेछन् । नगरकोटमा रहेको उक्त घरमा म मात्रै हुन्थें । त्यहाँ मेरो मात्रै समस्या जस्तो देखियो । अन्य स्थानमा म जस्ता थुप्रै बालकहरु उनिबाट पीीडत भएका रहेछन् । 
सन् २००२ अक्टोबर १० मा पहिलो पटक उनी नेपाल स्थित युयनको सिनियर एडभाईजरका रुपमा नियुक्ति भएपछि नेपाल बस्न थालेका रहेछन । त्यस अघि पनि उनी नेपाल भने आईसकेका थिए । २००२ देखि २००६ सम्म उनले नेपालमै रहेर सोहि पदमा काम गरिरहे । २००६ बाट २०१० सम्म क्यानाडामा बसेर काम गरेका रहेछन । २०१० को जनवरी १ बाट उनी २०१७ सम्म अफगानिस्तानमा रहेर काम गरे । त्यहाँबाट उनि भर्खरै रिटायर्ड भए । तर विदाको समयमा उनी पटक पटक नेपाल आएका थिए । ३० पटक भन्दा धेरै नेपाल आउँदा उनले नेपालमा धेरै बालकहरुलाई यौन दुराचार गरेको अभियोग लागेको रहेछ । पिटरले भुकम्पपछी तनहुँ र काभ्रेका विभिन्न गाउँमा उनी मार्फत खानेपानीका कार्यक्रममा सहयोग गरेका थिए । हामी पनि भुकम्प पीडित हौं । हाम्रो पनि घर भत्किएको छ । उनले गरेको सहयोगले हामी पनि घर निर्माण गर्ने योजनामा थियौं । पिटरले अन्य स्थानमा त्यस्तो अपराध गरेको हामीलाई जानकारी थिएन । उनको बानी वा उनले गरेको घटनाका बारेमा कमैलाई जानकारी रहेछ । हामीलाई पनि उनको भित्री कालो कर्तुत थाहा पाउन सकेनौं । उनलाई म जस्तै साना साना बालकहरु आवश्यक पर्ने रहेछ । भर्खरका उमेरका बालकहरु जसले उनले जे भन्यो त्यहि मान्छ, लोभिन सक्छ त्यस्तै बालकहरुलाई आकर्षण देखाएर उनले हामी माथी अपराध गरिरहने रहेछन् ।
पिटरको काठमाडौको युयनका काम गरिरहेका बेला नगरकोटका चिरिकाजीसँग चिनजान भएको रहेछ । त्यहि बेला उनले आफ्नो जग्गा भाडामा उपलब्ध गराएका रहेछन् । चिरिकाजीलाई समेत उनको अभिस्ट र अपराधका बारेमा जानकारी रहेनछ । काठमाडौमा काम गरिरहेको ब्यक्तिलाई नगरकोटको जग्गा असाध्यै राम्रो हुनु स्वभाविक हो । जागिर अन्यत्र भए पनि नेपालमा आउँदा जाँदा बस्न स्थायी बाटो बनाएका थिए उनले । सानै देखि लागेको बानी पुरा गर्न पनि उनले त्यस्तो योजना बनाएका रहेछन् । चिरिकाजी पनि काठमाडौमा काम गर्दै आएका थिए । उनले उपलब्ध गराएको जग्गामा घर बनाएका पिटरले आफु मरेपछि त्यो घर चिरिकाजीकै हुने गरी सम्झौता गरेका रहेछन् । घर बनाए बापत उनले बार्षिक १५÷२० हजार रुपैया भाडा बापत प्राप्त गर्दा रहेछन् । ३ वर्ष देखि उनी नगरकोटमा बस्दै आएका थिए । पिटरले बाल्यकालमा आफु पनि शिक्षकबाट बाल यौनदुराचारमा परेको बयान दिए छन् । स्कुल पढ्ने बेलामा ११ वर्षको हुँदा शिक्षकबाट आफु बाल यौनदुराचारमा परेका पिटरले १६ देखि १८ वर्षसम्मको उमेरमा थुप्रै बालबालिकाहरुलाई यौनदुराचार गरेको बयान दिए । धेरै जनाले पटक पटकको उजुरी पछि पिटरलाई नगरकोटमा बालकलाई अर्धनग्न बनाई यौनदुराचार गरिरहेको अवस्थामा प्रहरीको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान गरेको थियो । पिटर बच्चा हुँदै उनलाई शिक्षकले फकाई फकाई यौन दुराचार गरेका रहेछन् । शिक्षकले आफुलाई जुन शैलीमा यौन दुराचार गरे त्यहि शैलीमा यौवनमा पनि छाडेनन् । आफ्नो देशमा मात्रै होईन उनले अन्य देशमा गएर पनि बालबालिकाहरु माथीको कुदृष्टी कायम राखे । कसैले उजुरी नगर्दासम्म उनले धेरैलाई अपराध कार्यमा संलग्न गराईराखे । आफ्नो देशमा १८ वर्षको उमेरसम्म उनले धेरै बालबालिकाहरु माथी अपराधकर्म गर्न भ्याएका रहेछन् । 
क्यानाडाका नागरिक ६० वर्षिय पिटर जोन अहिले बालयौन दुराचारको अभियोगमा पुर्पक्षका लागि कारागार गएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले पिटरलाई कारागार चलान गरेको हो । एचएम ५०१४६६ नम्वरको राहदानी बाहक क्यानाडाका नागरिक पिटरलाई तत्कालका प्रमाणका आधारमा पुर्पक्ष पठाउने अदालतबाट आदेश भएको हो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारीको इजलासले पिटरलाई पुर्पक्ष पठाएको हो । बैशाख १३ गते भएको आदेश अनुसार पिटर धुलिखेल कारागारमा छन् । २०७४ साल चैत्र २३ गते राति काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नम्वर १ स्थित चिरिकाजी महर्जनको जग्गा भाडामा लिई सोहि जग्गामा घर बनाई बस्दै आएका पिटरले अपराध गरे । मलाई त त्यो अपराध हो भन्ने कुरा पनि जानकारी थिएन । धेरै पहिला देखि नै उनले मलाई त्यो काममा लगाई नै रहेका हुन्थे । म  ११ वर्षको उमेरको हुँदा देखि नै उनले म माथी त्यस्तो ब्यवहार गरेका थिए । सायद मलाई लाग्यो बच्चाहरुलाई त्यस्तो गर्दा मात्रै माया हुने रहेछ । अझ उनले आफ्नो काखमै राखेर मलाई गरेको मायाले मलाई अपराध होईन ममता जस्तै लागिरहेको हुनथ्यो । कहिलेकाँहि गाह्रो हुँदा मैले कराउँथें । उनले त्यस्तो हुँदैन आत्तिनु पर्दैन भनेका थिए । 
म अहिले १५ वर्षको भएँ । मलाई विगत चार वर्ष देखि अपराधमा संलग्न गराउँदै आएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यृुरो मार्फत नै जानकारी पाएँ । प्रहरीको ब्युरोलाई अन्य बालकका परिवारले सूचना दिएको रहेछ । उनले मलाई भन्दा पहिला पछिल्लो पटक चैत्र १८ गते ललितपुरमा एक बालकलाई यौन दुराचार गरिसकेका रहेछन् । मलाई अपराध गर्दा गर्दै प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो । २०७५ बैशाख २४ गते पक्राउ परेका पिटरलाई प्रहरीको टोलीले हिरासतमा राख्यो । उनले मलाई अर्धनग्न अवस्थामा आफ्नै कोठामा राखेर गोप्य अंगहरु खेलाईदिने, हल्लाईदिने, यौनाङ्ग चुस्ने, गुद्दद्धारमा औला छिराएर चलाउने, लिङ्ग पसाउने जस्ता गतिविधि गर्र्दै आएको थिए । मेरो बुबा पिटरकै घरमा बगैचाको हेरचाह गर्ने काम गर्दै आएको भएर म प्राय उनी भएको बेला उनीसँगै बस्दथें । बुबाले पनि पिटरले भनेपछि बस न त भनेर छाडिदिनु हुन्थ्यो । उनले मलाई बाथरुममा नुहाउन पठाउने, आफै नुहाईदिने र आफुले लगाएका कपडाहरु खोलेर आफुले लगाउने गरेको भेष्ट मात्रै लगाएर सुताउने गरेका थिए । त्यस्तो अवसथामा नै प्रहरीले उनलाई पक्राउ गरी मलाई उद्दार गरेको थियो । अरुलाई त उनले के के गर्दथे मलाई थाहा थिएन तर मलाई गरेको ब्यवहारले मलाई अपराध भन्ने जानकारी नभएर पनि कसैलाई भनेको थिईन । 
प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा पिटरलाई सोहि अवस्थामा पक्राउ गरिएको थियो । १६ देखि १८ वर्ष उमेरसम्मका अन्य बालकहरुलाई समेत पिटरले यौन शोषण गरेको उजुरी परेको रहेछ । म नगरकोटको एक सरकारी विद्यालयमा अध्ययन गर्दै आएको छु । आर्थिक रुपले कमजोर अवस्थाको हाम्रो परिवारलाई उनले प्रलोभमनै मेरो शरिर लुटिरहेका थिए । बाबु समेत सोहि घरमा काम गर्ने भएपछि पिटरले स्टेशनरी लगायतका अन्य आवश्यक पर्ने सम्पूर्ण सामाग्री उपलब्ध गराउने, ठुलो भएपछि राजधानीका ठुला ठुला होटलमा काममा लगाईदिने, विद्यालयको शुल्क समेत तिरिदिने, अध्ययन सकेपछि रोजगारीमा समेत लगाई दिने प्रलोभन दिदै आएका थिए । मेरो बुबाको तलब मासिक १४ हजार थियो । सानो सानो देखि नै ठुला ठुला सपना देखाएपछि उनले भनेको मैले केहि नाई भन्न सकिन । ११ वर्षको उमेरमा उनले भनेको नमान्ने कुरा पनि भएन । +२ गरेपछि क्यानाडा जाने कुराले मलाई जे जे गर्दा पनि सहेकै थिएँ । त्यो कुरा पनि राम्रो होला भन्ने मेरो बुझाई थियो । मैले अपराध थाहा पाएँ । ममताको खानी देखाएर अपराधको कुण्डमा डुब्ने पिटरलाई हदैसम्मको कारवाही होस् । म त अपराधमा परें परे अरु बालबालिकाहरु यस्ता ब्यक्तिहरुबाट अन्यायमा नपरुन् । 
 
अमन शर्मा (परिवर्तित नाम)
 

प्रकाशित मिति: 24 May, 2018