साताको राशिफल

  • साताको राशिफल
    16 May, 2018

    मेष : ३–५ गतेसम्म आकस्मिक धनलाभका साथै पराक्रम वृद्धि होला, ६ र ७ गते भने झैझगडा सँगै आफन्तसँग वैरभाव वृद्धि होला भने ८–९ गते लामो यात्राको योग सँगै शरीरमा निरोगिता छाउला ।  
    मन्त्र : ॐ क्रीं क्री क्रीं ॐ ।।
    बृष : २–७ गतेसम्म मान सम्मान प्राप्ति, आकस्मिक धनलाभ हुनुको साथै अधुरा कार्य सहजै सफल होला, ८ गते भने घरको चिन्ताले सताउनुको साथै पेटमा विकार आउला भने अन्तिम दिन विद्यामा रुची बढ्ला ।
    मन्त्र : ॐ ऐं ह्रीं ऐं सरस्वत्यै नमः ।।
    मिथुन : आज र ९ गते समय खराब रहेको हुँदा मनमा खिन्नता बोध होला साथै निद्रामा असुविधा होला भने बाँकीका दिनमा उपहार आदि वस्तु प्राप्ति, बोलीको प्रभाव बढ्नुको साथै दाजुभाईबाट सुख प्राप्ति होला । 
    मन्त्र : ॐ ह्रीं नमः ।।
    कर्कट : आज धन आगमनको नयाँ नयाँ बाटो वृद्धि होला, ४–५ गते समय भने चोटपटकको भय रहेको हुँदा सतर्क रहनुहोला, बाँकीको दिनमा भने मित्रबाट सुखलाभ, साहस र धैर्यता वृद्धिका कारण मन प्रशन्न रहला ।
    मन्त्र : ॐ भं भं भैरवाय नमः ।।
    सिंह : साताको मध्ये ६–७ गते समय नकरात्मक हुँदा मोटो धन राशि खर्च होला भने बाँकीका दिनमा जागिरमा सम्मान, बैंक व्यालेन्स वृद्धि, मान सम्मान प्राप्तिका साथै पूरै राज्यबाट सुखलाभ होला ।
    मन्त्र : ॐ नमो नारायणाय ।।
    कन्या : ३–७ गतेसम्मा मांगलिक कार्यमा सहभागिता, कार्यमा सफलता, उपहार आदि वस्तु प्राप्तिका साथै आय वृद्धि होला, ८ गते भने शत्रु वृद्धि होलान् भने अन्तिम दिन शरीरमा निरोगिता छाउला । 
    मन्त्र : ॐ गं गणपतय नमः ।।
    तुला : साताको सुरुको र अन्तिम दिन समय अशुभ रहेको हुँदा मानसिक चिन्ता वृद्धिका साथै झुटा आरोप आउला, बाँकीका दिन भने गुरुजनको विशेष कृपा, पिताको सहयोग प्राप्ति हुनाले मन आनन्दित रहला ।
    मन्त्र : ॐ ह्रीं बटुक भैरवाय ह्रीं ॐ ।
    वृश्चिक : आज विपरीत लिड्डीबाट सुख प्राप्ति मिल्ला, ४–५ गते खर्च वृद्धिका साथै झुटा आरोप आउला भने बाँकीको दिन जागिरमा सम्मान, मनमा प्रशन्नताका साथै नविन कार्यमा सहभागिता होला ।
    मन्त्र : ॐ उमामहेश्वराय नमः ।।
    धनु : ३–५ गते सम्म शत्रु भाव मित्रमा परिणत, व्यापार व्यवसायबाट लाभ होला, ६–७ गते भने रोग र शत्रु वृद्धि होलान् भने बाँकीको दिनमा कर्म प्राप्तिका साथै कार्यमा सफलता मिल्नाले भाग्योदय होला ।
    मन्त्र : ॐ रामाय नमः ।।
    मकर : ३–७ गते सम्म अध्ययन अध्यापनमा रुची, रोगबाट मुक्ति, वाहन सुख मिल्नाले मनमा उत्साह होला, ८ गते भने मृत्युतुल्य कष्ट आइपर्ने हुँदा सतर्क रहनुहोला, ९ गते भने गुरुको कृपा मिल्ला । 
    मन्त्र : ॐ नि निखिलं निं ॐ ।।
    कुम्भ : ३ र ९ गते समय अशुभ रहेको हुँदा दुस्वप्न दर्शनको साथै चोटपटकको भय रहला भने बाँकीको दिनमा सन्तानबाट सुख प्राप्ति, शत्रु सम्हार गर्ने शक्ति वृद्धिका साथै मिठामिठा प्रेमवार्ता लाभ होला ।
    मन्त्र : ॐ साम्बसदा शिवाय नमः ।।
    मिन : आज अड्केको काममा सफलता मिल्नेछ, ४–५ गतेसम्म पेटमा विकासका साथै जलको भय रहेको छ भने अरु दिनमा लामो यात्राको योग, आय वृद्धिका साथै व्यापार व्यवसायबाट लाभ मिल्ला ।
    मन्त्र : ॐ रामाय नमः ।।
    9 गते अष्टमी ब्रतम् ।