लेख/रचना

  • कुखुरामा माइकोटक्सिनको परिचय
    16 May, 2018

    • डा.गणेश बन्जारा
    माइकोटक्सिन दुई अक्षरबाट बनेको हुन्छ जसमा माइक्स ९ःथपभक० ले ढुशी जनाउछ भने टक्सिकनले ९त्यहष्अबल० बीष जनाउछ । कुखुरामा विशेष गरेर गर्मी र वर्षातको समयमा देखिने समस्याको रुपमा माइकोटक्सिन ९ःथअयतयहष्ल० प्रमुख रुपमा पर्न आउँछ । माइकोटक्सिन अर्थात अन्तरविष ढुसीजन्य कारण जस्तै एस्परजिलोसिस (ब्कउभचनष्िियकष्क), फ्युसारियम ९ँगकबचष्गm० र पेनिसिलियम ९एभलष्अष्ििष्गm० बाट लाग्छ । यीनीहरुको गर्मीमा बढी वृद्धि विकास भई एक्कासी धेरै मात्रामा देखिने र लिपोफिलिक ९ीष्उयउजष्ष्अि० प्रकृतिका कारणले गर्दा कुखुरा व्यवसायमा धेरै आर्थिक नोक्सानी पु¥याउन सक्छ ।
    क्यान्सर लगाउन सक्ने, शरिरका कोषमा भएकोे म्ल्ब् लाई क्षति पु¥याउने, रोग प्रतिरोधात्मक शक्तिमा खलबल पु¥याउने, प्रजननबाट निस्केका चल्लाहरु स्वस्थ नहुने (लङ्गडो र सानो) हुनु जस्ता समस्याहरु देखिन्छन ।
    माइकोटक्सिन  प्राय  सबै अन्नबालीमा सापेक्षित आद्रता र गर्मी बढी भएको अवस्थाका साथै उपयुक्त भण्डारण नभएको अवस्थामा हुन सक्छ । 
    हुविग २००१ को अध्ययनमा विश्व खाद्य संगठनका अनुसार करिव २५ प्रतिशत अन्नहरुमा माइकोटक्सिनका समस्याहरु देखिने र त्यसलाई निभारण गर्नको निम्ति विभिन्न भौतिक तथा रसायनिक प्रकृया अपनाएता पनि पूर्ण रुपले सफलता पाउन सकेको छैन । यसले पशु तथा कुखुराको स्वास्थ्यमा हानी गर्दै उत्पादन पनि घटाउछ । आर्थिक क्षतिका हिसावले हेर्ने हो भने चल्लाको र कुखुराको उपयुक्त तौल नआउनु, ँऋच् बढेर जानु , मासुको गुणस्तर नहुनु, रोग प्रतिरोधात्मक शक्ति घटेर विभिन्न अरु रोगको संक्रमण देखिन सक्छन । विश्वमा ३५० भन्दा बढी माइकोटक्सिन पत्ता लागेका छन भने ती मध्ये अल्फाटक्सिन ९ब्ािबतयहष्ल०, साइट्रिनिन्स ९ऋष्तचष्लष्लक०, फ्युमोनिसिन्स ९ँगmयलष्कष्लक०, अक्राटक्सिन ९इअजचबतयहष्लक०, ट्राइकोथिसिन्सहरु ९त्चष्अयतजभअभलभक० कुखुरामा महत्वपूर्ण रुपमा लिइन्छन । 
     अल्फाटक्सिन ९ब्ािबतयहष्ल०
    एस्परजिलोस फ्याल्याभस ९ब्कउभचनष्ििगक ाबिखगक० र एस्परजिलोस पारासाइटिकसले ९ब्कउभचनष्ििगक उबचबकष्तष्अगक० अल्फाटक्सिन लगाउछन । यो टक्सिनले प्राथमिक रुपमा कलेजो र त्यसपछि मृगौलामा असर पु¥याउछन । कुखुरामा ६ देखि १६ एम.जी÷ केजी शारीरिक तौल अनुसार सेवन भएमा कुखुरामा मृत्युदर १०० प्रतिशत सम्म रहन्छ भने कुखुराको वर्षा र थाइमसमा असर पु¥याउँदा रोग प्रतिरोधात्मक शक्ति कम भई विभिन्न संक्रमण जस्तै इ.कोलाई, सि. आर. डि, रानीखेत देखिन सक्छ । यसको साथै कुखुरामा दिइने भ्याक्सिनको प्रभावकारिता पनि कम गराउछ ।
     
    साइट्रिनन टक्सिन  ९ऋष्तचष्लष्लक०
    विशेष गरेर मृगौलालाई असर गर्छ जुन पेनिसिलम साइट्रिनम ९एभलष्अष्ििगm अष्चतष्लगm० बाट लाग्छ । यसले पनि रोगप्रतिरोधात्मक शक्तिमा ह्रास लेराइ स्नायुमा र भु्रण विकासमा असर गर्दछ भने कुखुराको कलेजो सुन्निएको लक्षण देखाउछ ।
    फ्युमोनिसिन टक्सिन ९ँगmयलष्कष्ल तयहष्ल०
    यो माइकोटक्सिन फ्युसारियम भर्टिसिलियोडिस (ँगकबचष्गm खभचतष्अष्ििष्यष्मभक० भन्ने ढुसीबाट लाग्छ । विशेष गरि मकैमा देखिने यो ढुसीबाट कुखुराको कलेजोमा साना सानो सेतो थोप्लाहरु देखिन्छन र पित्तको आकार पनि ठुलो हुन्छ ।
    अक्राटक्सिकोसिस (इअजचबतयकष्अयकष्क)
    एस्परजिलस अक्रासिउस ९ब्कउभचनष्ििगक यअजचबअभगक० र पेनिसेलियम भरकोसम ९एभलष्अष्ििष्गm खभचचगअयकगm० बाट लाग्ने यो टक्सिनले पनि मृगौलामा असर गर्छ । यसले पनि स्नायू प्रणाली, रोग प्रतिरोधात्मक शक्ति र कलेजोमा असर पु¥याउनुका साथै रक्तअल्पता, हड्डीको खराबी, शारीरिक बृद्धि दरमा हस जस्ता समस्याहरु आउछन । यसमा पनि कुखुराको घट्ट वा जातो सुख्खा हुनु, घाउ देखिनु , आन्द्रामा चिप्लो पदार्थ जम्मा हुनु, कुखुरा सुख्खा हुनु, प्रोमेन्टिकुलसमा रक्तश्राव हुनु, मृगौला सुन्निनु र फिक्का रंगको देखिनु, कलेजो सुन्निएर पहेलो देखिनु, कलेजोको विभिन्न ठाँउमा रक्तश्राव देखिनु, मुगौलामा युरेट जम्मा हुनु, हडडी कमजोर हुनु, आन्द्रा कमलो हुनु जस्ता लक्षणहरु देखिन्छन ।
    ट्राइकोथिसिन्स टाक्सिकोसिस ९त्चष्अजयतजभअभलभक तयहष्अयकष्क०
    फुशारियम ९ँगकबचष्गm० भन्ने ढुसीको प्रजातिबाट लाग्ने यो माइकोटक्सिनले त्(द्द टक्सिन लगाउछ । हुर्कदै गरेको कुखुरामा यो टक्सिनले मुखमा घाउको संक्रमण हुनुका साथै कुखुराको शारीरिक वृद्धि विकासमा पनि हस आउछ । 
    मोनिलिफोर्मिन टक्सिकोसिस ९ःयलष्षियचmष्ल तयहष्अयकष्क०
    यो माइकोटक्सिन विशेषगरि मकै, गहुँ, जौ मा फुसारियम प्रजातिको ढुसीवाट लाग्छ । यो टक्सिनले कुखुराको मुटुलाई बढी असर पु¥याउँछ र साथ साथै मृगौला र कलेजोमा पनि असर पु¥याउछ ।
    (माइकोटक्सिन सम्बन्धि बाँकी लेख आउने अंकमा प्रकाशित गरिनेछ ।)