लेख/रचना

  • साल्मोनेला ग्यालिनेरम
    09 May, 2018

    डा. गणेश बन्जारा
    कुखुरा पालन ब्यवसायमा धेरै रोगहरु मध्ये एक साल्मोनेला ग्यालिनेरम भन्ने विषाणुले लगाउने रोगमा फउल टाइफाइड ९ँयध ित्थउजयष्म० पनि पर्न आउँछ । ब्रोइलर कुखुराको प्यारेन्ट र खैरो अण्डाको बोक्रा भएका लेयर्समा रोगको संक्रमण उच्च भएता पनि फर्ममा पालिएका ब्रोइलर कुखुरामा पनि यसको संक्रमण देखिन सक्छ । कुख्राको साथ साथै टर्की, भँगेरा, गिनी फउल, सुँगा आदिमा यसको संक्रमण हुन्छ भने विश्वभर ब्यवसायिक कुखुरापालनको दाँजोमा गैर ब्यवसायिक कुखुरापालनमा यसको समस्या बढी नै पाइएको छ । साल्मोनेला ग्यालिनेरम र साल्मोनेला पुलोरम का लक्षणहरु मिल्दा जुल्दा किसिमका भएता पनि साल्मोनेला ग्यालिनेरम ९ँयध ित्थउजयष्म०  हुर्कदै गरेको चल्ला र वयश्क कुखुरामा लाग्ने सम्भावना बढी रहन्छ भने हुर्कदै गरेको चल्लाको दाँजोमा वयश्क कुखुराको मृत्युदर बढी हुन सक्छ । त्यसै गरि संक्रमित वस्तु जस्तै दाना, मानिस, उपकरण, चल्लाहरु आदि बाट रोग सर्न सक्छ भने संक्रमित नपाकेको कुखुराको अण्डा खानाले जनस्वास्थ्यमा पनि साल्मोनेला जुनोटिक रोग भएकाले मानिसमा सर्न सक्छ । कुखुरा कुखुरामा रोग फैलन सक्ने सम्भावना १० देखि १०० प्रतिशत रहन्छ भने तनावयुक्त वातावरणमा राखिएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका कुखुराहरुको मृत्युदर सत प्रतिशत रहन सक्छ । यसका जीवाणुहरु साल्मोनेला पुलोरमका जस्तै साधारण वातावरणमा धेरै समय बाच्न सक्ने तर साधारण निस्क्रमण गर्ने रसायन संग संवेदनशील रहन्छन । 
    यसका लक्षणहरु निम्न किसिमका देखाउँछन ।
    ड्ड झोक्राएर बस्ने 
    ड्ड झुसिलो प्वाँख बनाउने 
    ड्ड दानाको अरुचि हुने 
    ड्ड बढी तिर्खाउने र हिड्न मन नगर्ने
    ड्ड त्यसै गरि वयस्क कुखुराहरुमा रंग उडेको जस्तो देखिने र छेर्ने हुन्छन ।
    पोष्र्टमार्टम परिक्षण गर्दा कलेजो सुनिएको, कमलो र पित्त कलेजोमा लागेको जस्तो हरियो देखिन्छ । त्यसै गरि कलेजोमा सेता थोप्लाहरु देखिन्छन र कुनै कुनैमा नदेखिन पनि सक्छन । यसका साथ साथै फियो, मृगौला सुनिएको, माथिल्लो आन्द्राको संक्रमण भइ आन्द्रा सुन्निएको र रक्त अल्पता भएको पनि देखिन्छ ।ं
    यो रोग संगै मिल्दो जुल्दो अरु रोगहरुमा पास्चुरोलोसिस ९एबकतभगचभिियकष्क०, साल्मोनेला पुलोरम, कोली सेप्टिसेमिया ९ऋयष् िक्भउतष्अझष्ब० पर्दछन ।
    साल्मोनेला ग्यालिनेरम ९ँयध ित्थउजयष्म० को उपचारको लागि एकोक्सिसिलिन, टेट्रासाइक्लिन, सल्फोनामाइट, फ्लुरोक्युनोलोन्स प्रयोग गर्न सकिन्छ ।
     
    रोकथाममा जैविक सुरक्षा अपनाउने, लेयर्समा र प्यारेन्टमा साल्मोनेला ३५ देखि ४० दिन जतिमा क्न्ढच् विरुद्धको भ्याक्सिन लगाउनु पर्छ । त्यसैगरि कुखुरालाई तनावयुक्त वातावरणमा नराख्ने, रोग प्रतिरोधात्मक औषधि निरन्तर खुवाउने, दैनिक रुपमा फर्म भित्र र बाहिर स्प्रे गर्नु पर्छ ।