लेख/रचना

  • माइक्रोप्लाज्मा ग्यालिसेप्टिकम
    12 April, 2018

    डा. गणेश बन्जारा
    कुखुरामा विश्वभरि फैलिएको रोग मध्ये एक सि.आर डि. रोग पनि पर्न आउछ । दिर्घ श्वास प्रश्वास सम्बन्धी रोग भएकाले एक पल्ट कुखुराको लटमा यो रोग देखिएपछि निको हुन धेरै समय लाग्छ । माइकोप्लाज्मा ग्यालिसेप्टिकम ९ःथअयउबिकmब नबििष्कभउतष्अगm०  भन्ने जीवाणुले सि. आर. डि. रोग लगाई कुखुरा पालन व्यवसायमा धेरै आर्थिक नोक्सानी पु¥याएका छन । १९८० ताका माइकोप्लाजमा ग्यालिसेप्टिकम कोल¥याडो, जर्जिया र क्यालिफोनियामा जंगली टर्की बाट पत्ता लगाइएको थियो । त्यसपछि कुखुरामा पनि माइक्रोप्लाज्मा टर्की बाट संगै दाना पानी खाने क्रममा सरेको तथ्य पाइएको थियो । कुखुराको समूहमा सि. आर. डि. रोग फैलने र मृत्युदरको संख्या त्यस फर्म भित्र भएका कुखुराको रोग प्रतिरोधात्मक शक्तिमा भर पर्ने हुनाले धेरै थरिका संक्रमण भएका कुखुराको मृत्युदर पनि बढी नै रहन्छ । सि.आर.डि संगै आउने संक्रमणमा क्ष्द्य, रानीखेत, इकोलाई, पास्चुरेला स्पेसिस, हेमोफिलस का साथै प्रतिकुल वातावरणहरु जस्तै एमोनिया ग्यासको मात्रा बढी, धेरै चिसो, धुलोको मात्रा बढी आदि पर्दछन । यो रोग शरीर भित्र प्रवेश गरे पश्चात शरीरमा रोग देखाउने समय ६ देखि १० दिनको रहन्छ । यो रोगले मासु उत्पादनका लागि पालिएका कुखुरामा बढी असर गर्ने हुंदा ब्रोइलरहरु बढी प्रभावित भएको पाइन्छ ।
    माइकोप्लाज्मा ग्यालिसेप्टिकम ९ःथअयउबिकmब नबििष्कभउतष्अगm० रोग सर्ने माध्यमहरुमा एउटा माध्यम रोगी प्यारेन्टबाट चल्लाहरुमा सजिलै सर्न सक्छ भने अर्को थरिमा संक्रमित दाना, सुली, दाना पानीका भाडाहरु, मानिसहरुको आवतजावत गर्ने क्रममा लगाइएका जुत्ता, कपडा साथै कुखुराको संक्रमित श्वास प्रश्वास र खोकी बाट निस्केका पानीको मात्राले पनि रोग सार्न सक्छ । कुखुरालाई तनावको स्थिति जस्तै चिसो वातावरण, खोरमा धुलोको तथा एमोनिया ग्यासको मात्रा बढ्नु र संगै अरु कुनै रोगको संक्रमण भएमा यो रोग चाडो देखा पर्दछ ।
    रोग लागेपछि कुखुरामा देखिने लक्षणहरुमा ः
    ड्ड खोक्ने 
    ड्ड नाक र आँखाबाट कचेरा निस्कने र आँखा वरिपरि सुन्निने
    ड्ड अण्डा उत्पादन घटे्ने
    ड्ड चल्लाको वृद्धि विकास कम हुने ।
    ड्ड खुट्टा लङ्गडो हुने वा खुट्टामा समस्या देखिने 
    ड्ड कुखुराको तौल राम्रो नआउने 
    ड्ड दाना कम गर्दै जाने 
    ड्ड ह्याचरीमा चल्ला उत्पादन घट्ने  र उत्पादित चल्लाको मृत्युदर बढ्ने 
    ड्ड चल्लाहरुमा कहिले काहि इन्सेफयालो माइलाइटिस ९भ्लअभउजबयिmथष्तिष्क० देखिने र प्वाखको विकासमा एकरुपता नआउने हुन्छ ।
    त्यस्तै पोष्ट मार्टममा देखिने लक्षणहरुमा ः
    ड्ड कुखुराको एअर स्याकमा संक्रमण 
    ड्ड मुटुको बाहिरी झिलीमा संक्रमण 
    ड्ड कलेजोको संक्रमण हुने र इकोलाई पनि देखिने 
    ड्ड श्वास नलीको भित्रि भागमा संक्रमण भई रक्तश्राव हुने 
    ड्ड कहिलेकाही खुट्टाको जोर्नी सुन्निने 
    ड्ड अण्डा उत्पादन गर्ने कुखुराको पाठेघरमा संक्रमण देखिने ।
    उपचार तथा रोकथाम ः
    सि.आर.डि लगाउने माइकोप्लाज्मा ग्यालिसेप्टिकम ९ःथअयउबिकmब नबििष्कभउतष्अगm० म्याक्रोलिड्स (ःबअचयष्मिक), टेट्रसाइक्लिन, फ्लुरोक्युनोन्स (ँगियचयत्रगष्लययिलभक) संग संवेदनशील हुन्छन भने पेनिसिलिन ९एभलष्अष्ििष्ल० लाई प्रतिरोध गर्न सक्छन । त्यसैले प्रभावकारी एन्टिवायोटिकको प्रयोगले माइकोप्लाज्माको संख्यालाई घटाएर रोग निर्मूल पार्न मद्दत गर्दछ । यसका साथै रोग प्रतिरोधात्मक औषधि पनि प्रयोग गर्दा प्रभावकारी हुन्छ । त्यस्तै रोकथाममा जैविक सुरक्षा अपनाउने, टाइलोसिन १०० ५ कुखुरालाई विभिन्न उमेरमा तौल अनुसार खुवाउने, खोर चिसो हुन बाट जोगाउने, खोरमा धुलोको तथा एमोनिया ग्यासको मात्रा कम हुने वातावरण मिलाउनु पर्छ ।