लेख/रचना

  • इन्फेक्सियस ब्रोन्काइटिस IB
    04 April, 2018

    डा. गणेश बन्जारा
    Infectious bronchitis (IB) तीव्र अनि संक्रामक रोगको रुपमा लिन सकिन्छ । व्यावसायिक कुखुरा पालनमा आर्थिक क्षति गराउन सक्ने यस रोगले श्वास प्रश्वास सम्बन्धी रोगका साथै मृगौलाको कोषलाई क्षति गर्दछ । यो रोग सन् १९५० मा पहिलो चोटी अमेरिकामा र लेटिन अमेरिकाको ब्राजिलमा देखिएको थियो । त्यस्तै युरोपमा सन् १९७०, अफ्रिकामा सन् १९८० मा संगै टाउको सुन्निने रोगका साथ, इज्रायलमा सन् १९९०, पाकिस्तान र भारतमा सन् २०००, मलेसियामा सन् १९६७ गरि क्ष्लाभअतष्यगक दचयलअजष्तष्क ९क्ष्द्य० विश्वभरि नै फैलिएको छ । 
    क्ष्द्य रोग कोरोना विषाणु ९ऋयचयलब ख्ष्चगक० ले लगाउने गर्दछ । केही पन्छीहरुमा यो रोगले सामान्य लक्षण देखाउछ । विशेष गरेर अण्डा उत्पादनका लागि पालिएका लेयर्स र प्यारेन्टहरुमा अण्डाको सामान्य आकार विगारी चाउरी परेको अण्डा निस्कनुका साथै ब्रोइलरमा पनि समस्या देखाउछ ।  पछिल्ला वर्षहरुमा क्ष्द्यख् को त्तह् स्ट्रेन एसिया र यूरोप तिर फैलिदै गएको पाइन्छ । क्ष्द्य का विषाणुहरु संक्रमित पन्छीका ¥याल सुलीमा प्रशस्त मात्रामा पाइन्छन । 
    एक बाट अर्को पन्छीमा रोग हावाको माध्यमबाट र संक्रमित दाना—पानी, संक्रमित दानाका फिडर—डिङकर र कपडाहरु बाट सर्न सक्छ । प्राकृतिक रुपमा क्ष्द्य को संक्रमित भएको पन्छी वा जीवित क्ष्द्य खोप लगाएको पन्छीमा २० हप्तासम्म विषाणुहरु रहिरहेका हुन्छन । यस विषाणुले शरीर भित्र प्रवेश पश्चात रोग लगाउने अवधि २४ –४८ घण्टाको रहन्छ भने रोग लागेको कुखुराले ३–५ दिनमा अत्याधिक विषाणुहरु ¥याल र सुली मार्फत बाहिरी वातावरणमा निकाल्छन ।
    रोगको गम्भीरतामा आधारमा विषाणुको स्ट्रेन, कुखुराको उमेर, रोग प्रतिरोधात्मकशक्तिको स्थिति, आहारा रुचिको स्थिति र चिसोबाट उत्पन्न हुने तनावहरु पर्दछन । अझ यो रोग संगै संक्रमण गर्नेमा माइकोप्लाज्मा ग्यालिसेप्टिकम ९ःथअयउबिकmब नबििष्कभउष्अगm०, माइकोप्लाज्मा साइनोभिइ  ९ःथअयउबिकmब कथलयखष्बभ०, इ कोलाइ र एभिव्याक्टेरियम प्याराग्यालीनेरम ९ब्खष्दबअतभचष्गm उबचबनबििष्बलबचगm० पर्दछन ।
    लक्षणहरु ः 
    रोग लाग्न सक्ने सम्भावना १०० प्रतिशत रहन्छ । कुखुराहरुमा खोकी, रुघा, श्वास फेर्दा घ्यार आवाज, आँखाबाट आँसु बगाउने र श्वास फेर्न गाह्रो हुने लक्षणहरु देखाउछन । कुनै  जिवाणुले कुखुराको साइनस ९क्ष्लगक० मा संक्रमण भएमा टाउको वरिपरि सुन्निने पनि हुन्छ । कुखुराहरु तातोको श्रोत मुनी झुम्एिर बस्ने, दानापानी कम खाने, तौल नबढ्ने र उदासिन देखिन्छन । त्यस्तै मृगौलाको कोष बिगार्ने क्ष्द्य स्ट्रेनले श्वास प्रश्वास  सम्बन्धी समस्या, छेर्ने, एकैठाउँमा बस्ने, पानी अत्याधिक बढी खाने र धेरै मृत्युदर हुने देखिन्छन । त्यस्तै लेयर्समा अण्डा उत्पादन ७० प्रतिशतले घट्ने, अण्डाको बोक्रा कमलो, वेरंग र विग्रिएको आकारको हुने , अण्डाको सेतो भागमा पानीको मात्रा हुने जस्ता लक्षणहरु देखिन्छन । क्ष्द्य को संक्रमणले कुखुराको मृत्युदर ५ प्रतिशत सम्म गराउँछ तर यदि यसमा अरु जिवाणुको संगै संक्रमण भएर मृत्युदर बढ्न सक्छ । मृगौलाको कोष विगार्ने स्ट्रेनको क्ष्द्य लागेको खण्डमा मृत्युदर ६० प्रतिशत सम्म हुन सक्छ । यस्तो भएमा कुखुराको पाठेघरलाई पूर्ण क्षति गरेर अण्डा उत्पादनमा गिरावट गर्दछ । 
    पोष्ट मार्टम लक्षणहरुमा श्वास नलीमा संक्रमण भई साह्रो पिप जस्ता गिर्खाहरु, एअर स्याकमा ९ब्ष्च क्बअ० फिंज जस्तो धमिलो पदार्थ देखिनुका साथै एअर स्याक केही बाक्लिए जस्तो देखिन्छ । यदि यो संगै इ कोलाईको संक्रमण भएमा कलेजो र मुटु वरिपरि जालो देखिन्छ ।
    हुर्कदै गरेको चल्लाको पाठेघरमा पानीको फोका ९ऋथकतष्अ यखष्मगअत० देखिन्छ भने अण्डा उत्पादनमा रहेको कुखुराको डिम्बहरु सुक्दै जान्छन । मृगौलाको कोषमा क्षति गर्ने क्ष्द्य विषाणुले मृगौला फुर्सो गराई युरेटहरु जम्मा भएको देखिन्छ ।
    रोग पहिचानमा उस्तै  देखिने रोगहरुमा रानीखेत, एभियन, मेटानिमोभाइरस ९ःभतबउलभगmयखष्चगक०, इन्फेक्सियस ट्¥याकियो ल्यारेन्जाइटिस ९क्ष्लाभअतष्यगक त्चबअजष्य ीबचथलनष्तष्क०, माइकोप्लाज्मा, एभियनपाराग्यालोनेरुम पर्दछन । 
    रोकथाम
    ड्ड बिषाणुबाट लाग्ने रोग भएकाले पानीमा ग्लुकोज र रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधि दिन सकिन्छ । कुनै जिवाणुको संक्रमण न्यून गर्न एन्टिवायोटिकको प्रयोग प्रभावकारी रहन्छ । त्यस्तै दानामा प्रोटिनको मात्रा कम गर्ने र धेरै चिसो बाहिरी वातावरण भएमा तातोको व्यवस्था गर्नु पर्छ ।
    ड्ड १–१४ दिन भित्रका चल्लाहरुलाई एटिनुटेड भ्याक्सिन ९ब्ततभलगबतभम खबअअष्लभ० पानीमा खुवाउने वा आँखामा लगाउनु पर्छ ।
    अन्तमा इन्फेक्सियस ब्रोन्काइटिस ९क्ष्द्य० विषाणु बाट संक्रमण पैmलिने भएको हुनाले भ्याक्सिनेसन र जैविक सुरक्षाका उपायहरु अपनाउनदा बढी प्रभावकारी रहन्छ ।