लेख/रचना

  • “ नारायण गोपाल स्वर्णिम साँझको झझल्को “
    04 April, 2018

    जयदेश श्रेष्ठ
    मन भित्र तिम्रै सुरिलो स्वरमा गुनगुनाउने गर्छु ।
    बाहिर भने घोक्रो आवाज, सबै मान्छे गायक हुँदैन ।
    साहित्य, गायक, नायक, सबै समाजका सम्पत्ति हुन् ।
    हौसला नै तिम्रा ऊर्जा हुन् , यिनै शब्दहरू तिमीमा समर्पण ।
     
    नारायण गोपाल स्वर्णिम साँझ ! हामीले बिर्सेका छैनौ ! बिर्सन सकिने पनि होइन ! नेपाली गायकहरूमा युगान्तकारी अब्बल स्वरका धनी, लोक प्रिय गायक नारायण गोपाल, नेपाली गायन क्षेत्रका सदाबाहर नायक थियो । एकल गायन कार्यक्रम स्वर्णिम साँझले नारायण गोपाललाई श्रोता समक्ष प्रत्येक्ष भेट भएको आभास गराएको थियो । आम नेपालीहरूमा लोक प्रिय गायक नारायण गोपाललाई सुन्ने मात्र हैन अनुहार हेर्ने धोको नेपाल टेलिभिजनले र्पुयाई दिएको थियो । आम नेपाली जनमानसमा नायायण गोपाल को थियो ? कस्तो थियो ? नेपाल टेलिभिजनले देखाएको उक्त प्रत्येक्ष प्रसारण कार्यक्रम मात्र नारायाण गोपालको भिडियो रेकडिङ्ग कार्यक्रम थियो । आज पनि हामी नारायण गोपालको संम्झना त्यही स्वर्णिम साँझको भिडियो हेर्ने गर्दछौ । स्वर सम्राट् नारायण गोपालको कला स्वर सङ्गीतलाई समेटेर उसको जीवनीको पहिचान बनाउन सफल नारायण गोपाल स्वर्णिम साँझले वहाँलाई नेपाली समाजमा जीवन्त बनाएको छ । जुन कार्यक्रमको संयोजन विनोद चौधरीले गरेका थिए ।
     
    मान्छे मरे पनि कला र साहित्य कहिल्यै मर्दैन ! अनुयायीहरू त्यही बाटो हिँडेर उसलाई पछ्याई रहेको हुन्छ । मिति २०७૪ चैत्र १० गते काभ्रे पनौतीका गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्टको एकल सांङ्गितिक कार्यक्रममा नारायण गोपाल स्मूतिमा वहाँका मात्र गीतहरू गाएर स्वर्णिम नारायण गोपाल साँझको झझल्को दिएको थियो । पनौती नगर पालिका हलमा स्थानीय गायकको प्रस्तुति सहारणीय लाग्यो । उक्त कार्यक्रममा वहाँ सँग कोरस गाउने गायिकाहरूमा पुष्पा दाहाल, योजना खड्गी र रुपा सापकोटाले साथ दिएको थियो भने सङ्गीत समूह टोलीको राम्रो संयोजनबाट कार्यक्रम उत्साह थपिएको थियो । स्थानीय साउण्ड सिस्टमलाई वरिष्ठ रेकडिष्ट रबिन दर्शन धारीको प्रत्येक्ष व्यवस्थापनले गर्दा झनै राम्रो भएको थियो। कुमार नगरकोटीको सुरिलो स्वरमा सन्चालन भएको कार्यक्रम ,अन्नपूर्ण नेटवर्क प्रा.ली . निर्देशक समाजसेवी क्याप्टेन रामेश्वर थापा विशेष आर्थिक सहयोगी स्थानीय जङ्ग बहादुर जगमको साथ साथै सबैको सहयोगबाट कार्यक्रम सफल भएको हो ।
     
    चलचित्र कर्मी यादव खरेलले उदघोस गर्नु भए जस्तै आजको दिनमा नारायण गोपालका गीतहरू गाएको सुन्यौ अब चादै नै सुरेन्द्र श्रेष्ठका आफ्नै गीतको कार्यक्रम हेर्न पाउने छौ भनेर शुभकामना दिनु भएको थियो । काभ्रे जिल्लाका वरिष्ठ व्यक्तित्वहरू देखी साहित्य रङ्गमञ्च कर्मी चर्चित गायक अन्य कलाकर्मीहरु भूपेन्द्र रायमाझी, दिनेश अधिकारी, अष्ट लामा, मोहन दुवाल, भूषण भोमी, सूर्य लाकोजु र नारायण गोपाल प्रतिष्ठानका सचिव दीपक के. सी. अन्य पाहुनाहरू देखी समस्त दर्शकहरूले समेत कार्यक्रमको प्रशंसा गरिएको देखियो । कार्यक्रमलाई प्रकाश पार्दै स्थानीय साहित्य व्यक्तित्व लेखक तुयु काजी ताम्राकारले गायकको पूष्ठभुमी बारे प्रकाश पार्दै पनौती नगरको रोचक कुरा पनि उल्लेख गर्नु भयो । नेवारी भाषामा पलाती . पलांती ( पाइला राख ) बाट अपभ्रसं भएर हाल पनौती नाम रहन गएको हो । धार्मिक प्रसङ्ग यस पनौती पुण्य भूमिमा स्वर्गका राजा इन्द्र आएर त्रिवेणी घाटमा तपस्या गरी मोक्ष प्राप्त गरेको हुनाले मानव जगतले एक पटक पाइला टेक्न पर्ने धार्मिक स्थल हो । अहिले धार्मिक आस्था ओझेलमा परेको छ । यसरी नै हामी साहित्य र गायन कलाकारहरूलाई पनि ओझेलमा पार्नु हुँदैन । साहित्य साङ्गीतिक कार्यक्रमहरूबाट पनि अरू मानिसहरूलाई पनौतीमा पाइला टेक्ने अवसर दिनु पर्दछ । गायक सुरेन्द्र श्रेष्ठले बाल्यकाल देखी पनौतीमा हुने कार्यक्रमा सहभागी भएर पनौतीको बारेमा नै गीत बनाएर एल्बम निकाली सक्नु भएको जानकारी पनि दिनु भयो ।
     
    कार्यक्रममा सुरेन्द्र श्रेष्ठको मिठास पूर्ण स्वरबाट नारायण गोपालका सदाबाहर गीतहरू सुन्न पाउँदा श्रोताहरू निकै खुसी भएर आनन्दित भएका थिए । मानिसलाई सधैँ थकान र सांसरिक मोह जालबाट एक छिन भए पनि टाढा राखेर छुट्टै माहोलमा र्पुयाउने यस्तो कार्यक्रमहरू आयोजनालाई प्राथमिकता दिनु पर्दछ । त्यसैले स्थानीय मेयर भीम न्यौपानेले नगर पालिएकाको तर्फबाट हल उपलब्ध गराएर साँस्कूतिक कार्यक्रमा पनि वातावरण बनाउन आफुले साथ दिएको कुरामा जोड दिनु भएको थियो । यसरी स्थानीय प्रतिभाशाली गायक सुरेन्द्र श्रेष्ट ओझेलमा परेको भनेर शुभ चिन्तक श्रोता एवं साथीहरूको सहयोगमा संयोजक लक्ष्मण मातंछेको अविरल प्रयासमा लसुन जोडीको पहिलो प्रस्तुति आयोजना भएको हो । सुरेन्द्र श्रेष्ठको एकल साङ्गीतिक कार्यक्रम भव्य र सभ्य तरिकाले मनोरञ्जन पूर्ण भएर कार्यक्रम सफल भएको छ । कार्यक्रमको प्रत्येक्ष प्रसारण प्राईम एफ.एम.ले गरेको थियो भने अरनिको टेलिभिजन र ए.पी.वन टेलिभिजनले उक्त कार्यक्रम प्रसारण गर्ने भएको छ । वास्तवमा सुरेन्द्र श्रेष्ठको स्वर भने ओझेलमा परेको हैन रहेछ । वहाँले गायन क्षेत्रमा आफ्नो कला स्वरलाई निरन्तरता दिएर पनौती, काभ्रे कै नाम राख्न आफ्नो प्रस्तुतिलाई उत्थान गर्नु पर्दछ । राष्ट्रिय कलाकारको रूपमा सुरेन्द्र श्रेष्टका गीतहरू सुन्न पाउने नै छौ । आजको कार्यक्रममा नारायण गोपाल स्मूति भनेर वहाँको गीत मात्र गाएर सुरेन्द्रको प्रस्तुतिमा हामीले स्वर सम्रात नारायण गोपालको स्वर जीवन्त पाएका छौ ! अब का दिनहरूमा सुरेन्द्र श्रेष्ठले आफ्नै गीतहरूमा निरन्तरता दिएर एउटा स्थापित कलाकारको रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय भएर आफ्नो र आफ्नो ठाउँ , समाज , जिल्ला देखी देश कै नाम राख्न सफल होस् । एउटा राष्ट्रिय कलाकारको रूपमा उदयमान भएर चम्किरहोस् शुभकामना !
     
    कमाएको सम्पत्ति तिम्रो होला !
    कला र गला तिम्रो हुन सक्दैन !
    नथाकीकन गुञ्जाई देऊ तिम्रा स्वरहरू !
    अमर भएर सधैँ बाँच्ने छन् तिम्रा गीतहरू !
     
    आयोजक टिम !
    संयोजक लक्ष्मण मांतछे !
    सबैमा बधाई तथा शुभकामना ! ! !