लेख/रचना

  • जिल्ला सहकारी संघ काभ्रे विगत, वर्तमान र भावी कार्यदिशा
    01 April, 2018

    सहकारीको संस्कृति बोकेको नेपाली समाजमा सहकारी सम्बन्धी गतिविधिहरु धेरै पहिलेदेखिनै चल्दै आएको भएतापनि वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भए पश्चात सहकारीताको संस्थागत विकास भएको देखिन्छ । सहकारी ऐन–२०४८ जारी हुनु पूर्व विशेषगरी कृषि सामाग्रीहरुको आपूर्ति र कृषि ऋणणको व्यवस्था गरी कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्य राखी सरकारी तवरबाट सहकारी संघ÷संस्थाहरुको स्थापना भएको पाइन्छ । सरकारी प्रतिनिधिको रुपमा वि.सं. २०२४ सालमा स्थापित तत्कालिन जिल्ला साझा संघको परिष्कृत नामनै जिल्ला सहकारी संघ हो ।
    वि.सं. २०४६ सालमा मुलुकमा भएको दोस्रो जनआन्दोलन पश्चात राजनैतिक व्यवस्थामा भएको परीवर्तन संगसंगै प्रजातन्त्रको पूर्नस्थापना पश्चात जारी भएको सहकारी ऐन– २०४८ र सहकारी नियमावली –२०४९ बमोजिम सहकारी क्षेत्र एउटा स्वतन्त्र र स्वायत्त निकायको रुपमा स्थापित हुने वातावरण श्रृजना भएपछी विभिन्न प्रकृतिका सहकारी संघ ÷ संस्थाहरुको स्थापना हुन सक्ने सहकारी ऐन–२०४८ को प्रावधान बमोजिम जिल्लाभर रहेका सबै प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु र तिनिहरुका विषयगत सहकारी संघहरु समेतको प्रतिनीधिमूलक नेतृत्वदायि जिल्लास्तरको एकमात्र छाता संघको रुपमा जिल्ला सहकारी संघ रहेको छ ।
    स्व. नारायणदास उलकको नेतृत्वमा रहेको ११ सदस्यीय समितिको सकृयता बाट वि.सं. २०२४ साल भाद्र २६ गतेको दिन सहकारी विभाग (द.नं. २÷९÷२०       (३४२) ०२४) मा दर्ता भएको जिल्ला सहकारी संघमा २०४९ आषाढ मसान्त सम्म २३ वटा साझा संस्थाहरु मात्र संलग्न रहेको पाइन्छ । तत्पश्चात पनि करीब डेढ दशक सम्म ९ वटा पुराना संस्थाहरुमात्र संलग्न रही प्राय निश्कृय सरह रहन पुग्यो/पछिल्लो करीब एक दशकको वर्तमान अवधि सम्म आइपुग्दा संघको नाममा रहेको कृषि विकास वैंकको ऋण चुक्ता गर्ने, सदस्यता विस्तारलाई केही बढावा दिने र संस्थागत केही गतिविधिहरु मात्र संचालन हुन सकिरहेको देखिन्छ । तथापी संघको विनिमय–२०२४ को चौथो संशोधन–२०७० बमोजिम संघका उद्देश्यहरु तथा कार्यक्रमहरु देहाय बमोजिम रहेका छन्   ।
    क) उद्देश्यहरु
    संघको कार्यक्षेत्र भित्र वा विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्था तथा विषय गत संघहरुको विकास तथा प्रवद्र्धन गर्ने ।
    आफ्ना सदस्य संस्था, विषयगत संघहरुको व्यवसायिक तथा आर्थिक विकासको लागि सहयोग गर्ने, गराउने ।
    सदस्य संस्था, विषयगत संघहरु विच सहयोग र समन्वय कायम गर्ने ।
    संघको कार्यक्षेत्र भित्रका सदस्य संस्था र उनिहरुका परिवारहरुलाई उत्पादनमूलक व्यवसायमा उत्प्रेरणा जगाउने ।
    जिल्लाको सहकारी अभियानलाई प्रभावकारी ढङ्गमा अगाडि बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थासंग समन्वय कायम गर्ने । 
    संघबाट शिपमूलक आयमूलक कार्यक्रम तथा सामुदायिक विकासका कार्यक्रम साझेदारी रुपमा गर्ने । 
    ख) कार्यहरु
    जिल्लास्तरमा संस्थाहरुको प्रवद्र्धन तथा सम्बद्र्धन  गर्ने ।
    सहकारी सिद्धान्तको प्रचारप्रसार कार्यान्वयन र सदस्यता विस्तार गर्ने ।
    स्थानिय सहकारी अगुवाहरुको नेतृत्व विकास  गराउने ।
    सदस्य संस्था र विषयगत संघहरुको आवश्यता अनुसार ऋण, कृषि सामाग्री, कृषि उत्पादन, उपभोग्य वस्तुहरु र स्थानिय उद्योगको लागि आवश्यक उपकरण तथा कच्चापदार्थको आपूर्ति गर्ने ।
    सदस्य संस्था, विषयगत संघहरुको उत्पादन गरेका बस्तुहरुको संचय, प्रशोधन र बजार व्यवस्थापन गर्ने । 
    संभाव्यताको आधारमा सहकारी उद्योग तथा व्यवसायहरु संचालन गर्ने ।
    प्रारम्भिक संस्था, विषयगत संघहरु, जिल्ला सहकारी संघ लि. र राष्ट्रिय सहकारी संघका विच कार्यक्रम कार्यान्वयन तथा समन्वय कायम गर्ने ।
    सदस्य संस्थाको अध्ययन भ्रमण,अनुगमन, मुल्याङ्कन गर्ने तथा देखा पर्न आएका समस्याहरुको निराकरण गर्ने गराउने ।
    जिल्ला स्तरका स्थानिय निकाय, कार्यालयहरु तथा विभिन्न संघ, संस्था संग मिलेर सामुदायिक विकासका कामहरु साझोदारि रुपमा गर्ने गराउने ।
           काभ्रे जिल्ला सहकारीताको हिसाबले अग्रणी जिल्लाको रुपमा मुलुकभर परीचित छ । सहकारी संघ, संस्था स्थापनाको हिसावले दोस्रो ठूलो जिल्ला मात्र नभएर यहाँ संचालित सहकारी संस्थाहरु समुदायमूखि र सहकारीका मूल्य, मान्यता, सिद्धान्त अनुरुप क्रियाशिल भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत नमुना को संस्थाको रुपमा आफूलाई परिचित गराउन सफल भईसकेका छन् । हाल जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघ संस्थाहरु गरी करीब १५०० को हाराहारीमा क्रियाशिल रहेका छन् ।
    वचत तथा ऋण सहकारी संस्थाहरुः ५१७
    कृषि सहकारी संस्थाहरुः ३३४
    दुग्ध उत्पादक सहकारी संस्थाहरुः २७१
    बहुउद्देश्यीय सहकारी संस्थाहरुः १९६
    उपभोक्ता सहकारी संस्थाहरुः २९
    पशु÷पशु विमा सहकारी संस्थाहरुः २३
    तरकारी फलफूल सहकारी संस्थाहरुः २०
    लघु जलविद्युत सहकारी संस्थाहरुः १८
    कफि सहकारी संस्थाहरुः १५
    विविध सहकारी संस्थाहरुः ३६
    उपयुक्तानुसार विविध प्रकृतिका सक्षम सहकारी संघ÷संस्थाहरुको अभिभावकत्वको भूमिकामा रहेको जिल्ला सहकारी संघलाई संघको रुपमा मात्र नभई प्रभावकारी र प्रभावशाली संघको रुपमा विकास गराउन आगामी दिनमा निम्न मुख्य कार्यहरुलाई अगाडी बढाउन जरुरी देखिन्छ । 
    पहिले त जिल्ला सहकारी संघ लाई व्यवसायिक संघको रुपमा विकास गराउन जरुरी छ । सहकारीले आफैंले व्यवसाय गर्ने भएकाले जिल्ला सहकारी संघको पनि आफ्नै व्यवसाय हुनु जरुरी छ । त्यसैले भोलिका दिनमा संघले सहकारी विशेषता सहितको सदस्यमुखी नयाँ व्यवसाय पहिचान गरी एकल तथा संयुक्त व्यवसाय लाई अगाडी बढाउन आवश्यक छ । 
    दोस्रो जिल्ला सहकारी संघ जिल्लाभरका सबै प्रकृतिका सहकारी संस्थाहरु विषयगत सहकारी संघहरु  समेतको नेतृत्वदायि छाता संघ भएको र मूलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भई जारी भएको नेपालको संविधान– २०७२ ले सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रका विकास गर्ने लक्ष्य लिएकाले सहकारी क्षेत्रले पाएको संवैधानिक महत्वको जगेर्ना गर्दै तदनुरुप बन्ने थुप्रै कानुनहरुमा सहकारी क्षेत्रलाई प्रवेश गराई सहकारी मैत्री ऐन, कानूनहरु बनाउने कुराहरुमा सहकारी कर्मीहरु विच सु–सुचित गराउदै सकृय पहलकदमी लिन जरुरी छ । 
    अर्को तर्फ हालै कायम भएको स्थानिय तह र प्रदेशहरुले समेत सहकारी क्षेत्रलाई आफ्नो कार्यक्षेत्रको रुपमा जिम्मेवारी पाएकोले भोलिको स्थानिय तह र प्रदेश स्तरमा बन्ने ऐन नियमहरुमा समेत सहकारी क्षेत्रको बलीयो उपस्थिती गराउन सकृयताको जरुरी देखिन्छ । 
    तेस्रो सहकारीहरुलाई सामाजिक शर्त सहितको व्यवसायिक क्रियाकलापमा संलग्न गराउन उनीहरुलाई आफ्ना लागि आफैं व्यवसाय गर्ने हो ताकि अरु कसैको भरमा सहकारी संचालन गर्ने होइन भन्ने कुराको बोध गराई सहकारी– सहकारी वीचको समन्वय, सहयोग र साझेदारीमा सदस्य केन्द्रित व्वयसायहरुलाई अगाडि बढाउन, सहकारी हरुलाई उद्यमशिल बनाई आत्मनिर्भरता तर्फ उन्मुख गराउँदै सहकारीहरुमा व्यवसायिक क्षमताको विकास गराई सवल सहकारी संचालनमा संघले प्रभावकारी भूमिका खेल्न आवश्यक छ । 
    चौथो संघले सहकारीका सदस्यहरु तथा आम नागरीकहरुमा समेत सहकारी सम्बन्धी शिक्षा, तालिमका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गबाट नियमित रुपमा संचालन गरी सहकारीताको आदर्शलाई सर्वसाधारण नागरीक सम्म समान रुपले दर्शाउन संघले ठोस योजना सहितको सहकारी शिक्षा, तालिमलाई व्यापक तुल्याउन भूमिका खेल्न जरुरी छ ।
    पाँचौ सहकारीहरुलाई सहकारी सिद्धान्त मूल्य, मान्यताहरुबाट विचलित हुन नदिई यसका मूल्य, मान्यता र सिद्धान्त अनुरुप अगाडी बढाउन संघले सदैव चनाखो रहि समन्वयात्मक तवरबाट अनुगमन गरी सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नु पर्दछ । 
    उपर्युक्तनुसार मुख्य कार्यभारहरुलाई अगाडि बढाई परिवर्तित परीवेशमा जिल्ला सहकारी संघ लाई नेतृत्वदायी भूमिकामा अझ सशक्त ढङ्गले विकास गराउन देहायका थप कार्यहरुलाई समेत अगाडि बढाउन जरुरी देखिन्छ ।
    जिल्ला भित्र रहेका सहकारी संस्थाहरु मध्ये संघमा सदस्यता नलिएका झण्डै दुई तिहाई संख्यामा रहेका सहकारी संस्थाहरुलाई संघमा आवद्ध गराउन सदस्यता विस्तार अभियानलाई बढावा दिनुपर्ने ।
    जिल्लाका कतिपय ग्रामिण बस्तीहरुमा स्थानिय अवस्थिति अनुसारका सहकारीहरुको स्थापना गराई सबै जिल्लावासी नागरीकहरुलाई सहकारीमा आवद्ध गराउन विभिन्न व्यवसायीक समुह तथा सामुदायिक संगठनहरुलाई सहकारीकरण गराउने ।
    शहरी क्षेत्र लगायत सहकारीको साधन उपस्थिति रहेका ठाँउहरुका सहकारीहरुलाई मर्जर गराई व्यवस्थीत र मर्यादीत गराउने ।
    सहकारी द्यगकष्लभकक ऋयmउभिह को निर्माण गर्ने । 
    संघमा रहेको भौतिक सम्पतीलाई सदुपयोग गरी सहकारीताको अध्ययन, अनुसन्धान तथा परामर्शसेवाहरु संचालन हुन सक्ने गरी सहकारी सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने । 
    नवयुवाहरुलाई सहकारी प्रति आकर्षित गराई सहकारीमा युवाहरुको सहभागितालाई बढाउने खालका गतिविधिहरु संचालन गर्ने ÷गराउने ।
    सहकारी क्षेत्र भित्र देखिएको जनशक्ति अभावलाई कमीहुन नदिन युवा जनशक्तिको विकास गर्ने र क्षमता विकासका कार्यक्रमहरु समेतलाई प्रभावकारी बनाउने ।
    नयाँ घोषित नेपालको संविधान –२०७२ र तदनुरुप बन्ने ऐन, नियमहरु र सदस्यहरुको हित अनुकुल व्यवसाय संचालन गर्ने तथा जिम्मेवारी वहन गर्ने दायरा फराकिलो हुने गरी संघको विनियमलाई समय सापेक्ष संशोधन गर्ने । 
    सरकारी तथा गैह्र सरकारी निकायहरु एवं सहकारी÷सहकारी विचको समन्वयनलाई बढाई निति निर्माण तथा कार्यक्रम कार्यक्रम कार्यान्वयनमा सहकारीताको संलग्नलाई बढाउने ।
    जय सहकारी !!!