लेख/रचना

  • कुखुरामा गम्बारो रोग
    25 March, 2018

    डा. गणेश बन्जारा
    गम्बारो रोग सन् १९६२ अमेरिकाको गम्बारो डिलावयेर भन्ने ठाउँमा पहिलो पटक देखिएको थियो । गम्बारो रोग बिरनाभिरेडिइ ९द्यष्चबलबखष्चष्मबभ० समूह अन्र्तरगत एभिविरना ९ब्खष्दष्चलब खष्चगक० विषाणुले लगाउने संक्रामक रोगको रुपमा लिइन्छ । गम्बारोको विषाणुलाई २ भागमा विभाजन गरिएको छ । एउटा साधारण  ९क्ष्द्यम्ख्० छ भने अर्को धेरै नै संक्रामक गम्बारो ९ख्भचथ खष्चगभिलत क्ष्द्यम्ख्०  रहेको छ । धेरै नै संका्रमक गम्बारो ९खखक्ष्द्यम्ख्० ले आफ्नो रुप परिवर्तन गरि धेरै नै कडा रोग लगाई आर्थिक नोक्सानी गराउन सक्छन् । 
    विशेषगरि ३ देखि ६ हप्तासम्मको हुर्कदै गरेको चल्लाहरुमा यो रोग लाग्ने सम्भावना बढी रहन्छ । यो रोगले रोग प्रतिरोधात्मक शक्ति घटाउने हुनाले एक पल्ट रोग देखिएको फर्ममा बारम्बार अरु रोगहरुको संक्रमणहरुमा जस्तै माइकोप्लाज्मा, साल्मोनेला, कक्सिडियोसिस आदि पनि देखिरहन सक्छ । यो रोगले रोग प्रतिरोधात्मक शतिm बढाउने कुखुराको वर्षा फेब्रिकसमा ९द्यगचकब या ँबदचष्अष्गक० भएको ीथmउजयष्म त्ष्ककगभ मुख्य असर गर्दछ । वर्षा फेब्रिकसमा पहिलो २ हप्ता मा परिपक्क नभएका बी — लिम्फोसाइड पाइन्छन । त्यस्तै ३ देखि ६ हप्तामा पुरै विकशित भएका बी — लिम्फोसाइड पाइन्छन । ६ हप्ता पछि छोटो आयु भएका कुखुराको वर्षा सानो हुदै जाने र १२ हप्ता पछि लामो आयु भएका कुखुराको वर्षा सानो हुदै जाने हुन्छ । त्यही भएर १२ हप्ता पछिका कुखुराहरुमा गम्बारो नदेखिने र देखिएमा खखक्ष्द्यम्ख् हुन सक्छ ।
    यो गम्बारोको विषाणुहरु अलि शक्तिशाली हुनाले बाह्य वातावरणमा धेरै समयसम्म बाँची रहन सक्छन । त्यस्तै बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्ने खालका रोगहरुमा निम्न प्रकारका छन् । माइकोप्लाज्मा — घण्टा देखि केही दिन, एभियन इन्ल्फुन्जा र रानीखेत — दिन देखि हप्तौसम्म, फाउल कलेरा र साल्मोनेला — हप्तौ, कक्सिडियोसिस र गम्बारो —  महिनौ, मरेक्स र कुखुराको क्षयरोग — वषौ सम्म ।
    गम्बारो रोग कसरी सर्छ ?
    गम्बारोको बिषाणुहरु कडा खाले बिषाणु भएकोले कुखुराको फर्म भित्र एक पल्ट रोग देखिए पश्च्यात महिनौ सम्म बाचिरहन्छन् । विशेषगरी प्राथमिकताको रुपमा कुखुराको मुख ९ँभअय(यचब िच्यगतभ० हँुदै रोग सर्छ । संक्रमित सुली, दाना पानीका भाडाहरु, संक्रमित फर्म, संक्रमित मानिसका कपडा र  रोगवाट निको भएका संक्रमित पन्छी नै रोगका कारक तत्वहरुमा पर्छन ।
    गम्बारोको लक्षणहरु 
    ड्ड कुखुराहरु झोक्राउने ,मृत्युदर बढ्ने, दाना पानी कम खाने , हिड्दा लडबडिने, पखेट लतारेर बस्ने, सेतो पखाला गर्ने (कहिलेकाही रगत मिसिएको पनि पखाला गर्ने ) 
    ड्ड रोग प्रतिरोधात्मक शक्ति कम भएकाले विभिन्न जिवाणुहरुको संक्रमण पाँचन प्रणाली र स्वास प्रस्वास प्रणालीमा पनि देखिने हुन्छ । 
    पोष्टमार्टममा देखिने लक्षणहरु ः
    ड्ड वर्षा फेब्रिकस सुन्निनु, रगत वा पिप जस्तो सेतो पदार्थ जम्मा हुनु ।
    ड्ड ७ देखि ८ दिन पछि वर्षा सानु भएर जानु ।
    ड्ड छाती र तिघ्राको मासुमा रक्तश्राव देखिनु ।
    ड्ड घट्ट र प्रोमेन्टिकुलसको बीच भागमा रक्तश्राव देखिनु ।
    ड्ड मृगौला सुन्निनु र यूरेट जम्मा हुनु ।
    संक्रमित पन्छीको उपचार 
    बिषाणु वाट लाग्ने भएकोले रोगको सही उपचार भने छैन । रोग देखिए पश्च्यात लगतै देखिने जीवाणुको संक्रमणको न्यूनिकरणको लागि एन्टिवायोटिक दिनु पर्दछ । यसको साथै ज्वरो घटाउने औषधी , रोग प्रतिरोध क्षमता अभिवृद्धि गर्ने औषधी , मृगौला बिग्रिन बाट बचाउने खालको औषधी बढी प्रभाबकारी रहन्छ । खोरमा नियमित जीवाणु निंस्क्रमण गर्ने स्पे्रहरु पनि रोग नियन्त्रणमा प्रभावकारी भूमिका रहन्छ ।
    रोकथाम  
    ड्ड रोकथामको लागी जैविक सुरक्षाले ठुलो भमिका खेलेको हुदा सके सम्मका जैविक सुरक्षाका उपायहरु अपनाउनु पर्दछ ।
    ड्ड धेरै मानिसको आवतजावत कम गर्ने ।
    ड्ड कुखुराको उमेर अनुसार गम्बारो विरुद्धको भ्याक्सिन गर्ने 
    ड्ड भ्याक्सिन जीवित भएको हुँदा खोरमा भ्याक्सिन पोखिन नदिने ।
    ड्ड कुखुरालाई भ्याक्सिनेसन गर्नु अगावै र भ्याक्सिनेसन पश्च्यात रोग प्रतिरोधात्मक शक्ति बढाउने खालका औषधिहरु खुवाउने ।
    ड्ड कुखुराको अवस्था अनुसार खोर भित्र र बाहिर स्प्रेले निंस्क्रमण गर्ने ।
    अन्तमा गम्बारो रोगबाट धेरै नै आर्थिक  क्षति हुने भएकाले रोग लागे पछि उपचार भन्दा रोग लाग्न नदिने सावधानी अपनाउन जरुरी रहन्छ । विशेषगरि यो रोगबाट लेयर्स कुखुरा बढी प्रभावित भई उत्पादन घट्ने हँुदा विभिन्न उमेरको निरोगी अवस्थाका कुखुराहरुमा यो रोग विरुद्धको भ्याक्सिनेसन गर्नु प्रभावकारी हुन्छ ।