लेख/रचना

  • काभ्रे सहकारी स्वर्ण महोत्सव र हाम्रो दायित्व
    25 March, 2018

    सहकारीका विभिन्न दायित्वहरु मध्ये शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय रुपमा सुसुचित गराउने अनि दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने कार्य सहकारीका मूख्यक्रियाकलापहरु भित्र पर्दछन । सहकारीका अभियानमा अहोरात्र खटिने र जिल्लामा सहकारीलाई अभियानको विकासलाई समृद्ध आन्दोलनका रुपमा अंगिकार गर्दै आएका सहकारी कर्मीहरुका लागि जिल्लामा चैत्र महिनालाई स्वर्ण महोत्सव महिनाभर लाई बिषेश चाडको रुपमा अवसर प्राप्त हुन आएको छ ।
    कानूनी रुपमा जिल्ला सहकारी संघ लि को स्थापनाको ५० औं बर्षको अवसरमा जिल्ला सहकारी संघ लि ले स्वर्ण महोत्सव बर्षको रुपमा समृद्ध काभ्रे हाम्रो पहिचान, घर–घरमा सहकारी सदस्यता अभियान भन्ने मूलनारा सहित मनाउने र जिल्लामा दर्ता भई सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका करिव १५०० भन्दा बढी सहकारी संस्थाहरुको नेतृत्वदायि संघको रुपमा स्थापित यस संघको स्थापना र ५० औं बर्षको अवसरलाई जिल्लाकै सम्पूर्ण सहकारीहरुको स्वर्ण अवसरका रुपमा मनाउने निर्णय अनुसार यो माहोत्सवको आयोजना गर्न लागिएको हो । 
    एक जुगमा एकदिन अवसरका रुपमा अवस्य आउँछ भने झै सहकारी संघ÷संस्थाहरुको ५० औं बर्ष सहकारीहरुका लागि फेरी कहिल्यै आउँदैन । यो अवसर यस २०७४ चैत्र महिनामा आएको छ । एक्लै वा एक दुई संस्थाहरुले यो कार्य गर्नका लागि सहजै रुपमा आँट्न सकिने कुरा पनि होइन । त्यसै कारण पनि यो ५० बर्ष त्यसमा पनि जिल्लामा रहेका सम्पूर्ण सहकारीहरुको अवसरका रुपमा यस महिनालाई लिनुको विकल्प पनि छैन । हामीले यस अवसरलाई हलुका ढंगले लियौं भने भोलीका दिनमा सहकारी र यस्ता आन्दोलनमा लागेका अभियन्ताहरुले हामीलाई धिक्कार्ने पक्कैछन् । 
    सहकारी स्वर्ण महोत्सवका अगाडी हाम्रा दायित्व तथा जिम्मेवारीहरु पनि प्रसस्तै छन् । जिल्लामा सुगम तथा दुर्गम वस्तिहरुमा सञ्चालित सहकारी संस्थाहरुका आ आफ्नै जिम्मेवारी तथा दायित्व समेत छन् यति हुँदा हुदै पनि भौगोलिक, आर्थिक तथा सामाजिक उत्तरदयित्वहरुले हामीलाई उत्तिकै जिम्मेवारी पनि बनाएकोले यो अभियानलाई सार्थक निस्कर्षमा पुर्याउनका लागि हिजोको हाम्रो भूमिका आजको क्रियाशिलता तथा भोलिका जिम्मेवारीहरुलाई मन बचत र कर्मले जवाफदेहि बनाउनका लागि दृढ संकल्प सहित लागि पर्नुपर्छ भन्ने हामीलाई लागेको छ । 
    जिल्ला सहकारी संघले यो स्वर्ण महोत्सव मनाउनका लागि चैत्र महिना भरीलाई बिभिन्न कार्यक्रमहरु पस्कने अभियान स्वरुप बिभिन्न खालका समितिहरु निर्माण गर्दै यस अभियानलाई सफल र व्यवस्थित बनाउन कार्यक्रमहरु समेत पस्केको छ । हामीले हाम्रा जिम्मेवारीहरुलाई बिना संकोच सफल बनाउनका लागि प्रचार प्रसार समिति, मूल्यांकन समिति, पुरस्कार तथा सम्मान समिति,र्यालीव्यवस्थापन समिति, सहकारी प्रदर्शनी व्यवस्थापन समिति आर्थिक व्यवस्थापन समिति लगायत बिभिन्न समितिहरु सहित कार्यक्रम अगाडी बढाएका छौं । जिल्लामा रहेका बिभिन्न १० वटा व्यवस्थापन समितिहरुलाई एउटै सञ्जाल भित्र ल्याई सहज ढंगले स्वर्ण महोत्सव हाम्रो हो भन्ने भावना सहित एकजुट हुन अनुरोध गर्दै सल्लाहा सुझाव सहित कार्यक्रमलाई सफल बनाउनका लागि जिम्मेवारीपूर्वक होस्टेमा हैसै बनाउनका लागि परेका छौं । 
    जिल्लामा दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई राष्ट्रीय तथा जिल्लाभर सहकारीका भावना अनुरुप फैलावट गर्ने र राज्यले अंगिकार गरेका सहकारी नीति अनुरुप मूल नीतिमा ऐक्यबद्धता जनाउदै जिल्लाबासी सहकारी संघ÷संस्था तथा अभियानकर्मीहरुको एकरुपतामा हामी सबैको प्रतिबद्धता छ भन्ने बिषयलाई चिनाउनका लागि यो अभियानलाई चिनाउने पनि हाम्रो दायित्व हो भन्ने लागेको छ । हामी सबैको दायित्वमा हामी सबैको एकमत रहेको परिप्रेक्ष्यमा हाल सहकारीका बिषयमा उठेका बिभिन्न सवालहरुका बारेमा सहकारीकर्मीहरुका बीचमा छलफल तथा अन्र्तक्रिया गराउने, जिल्लामा र।हेका सहकारीका ईतिहासहरुका बारेमा लिखित दस्तावेज तयार गरी पुस्तकका रुपमा बिमोचन गर्ने सहकारी संघको खाली रहेको सहकारी जग्गामा बिषेश सुविधा सहित सहकारी सुविधा सम्पन्न भवन निर्माणका कार्यहरुलाई अगाडी बढाउनका लागि सहकारी भवन निर्माण गर्ने जस्ता क्रियाकलापहरुको सुरुवात समेत यसै अवसरमा गर्नै साथै सहकारीका सन्दर्भमा बिभिन्न गतिविधिहरुमा संलग्न ब्यक्तित्वहरु जिल्ला भित्रकालाई पुरस्कार र सम्मान गर्ने कार्य समेत गर्ने अभियान यसै अवसरमा समेत राखिएका कारण यो महोत्वसको आकर्षण रहेको छ । 
    सहकारी महोत्सव सञ्चालन गरिरहँदा हामीले हाम्रो जिल्लाको पहिचानसँगै सहकारीका सुढृढिकरण तथा सहकारी संस्थाहरु प्रति शेयर सदस्यहरुको पहुँचमा कसरी बृद्धि गर्न सकिन्छ र हाम्रा दायित्वहरु के कसरी हुन सक्छ भन्ने बिषय पनि महत्व रहेका कारण यसका बिषयमा नियमित अनुगमन, पारदर्शीता, जवाफदेहिता र शुसासन सहितका बिषयमा समेत सबैको चासो र व्यवसायिकरणका सवालमा समेत हाम्रो सन्देश प्रवाह गर्ने अवसरको रुपमा हामीले यो महोत्सवलाई हेरेका छौं । सहकारी संस्थामा रोजगारी अवस्था, गृणस्तरीयता हामीले उत्पादन गरेका बस्तु तथा सेवालाई बजारसम्मको पहुँचका बिषय पनि चूनौतीको रुपमा रहेका कारण यस्ता बिषयलाई गंभिर रुपमा अगाडी बढाउन हामी सबैले यसै अवसरमा सामूहिक प्रतिबद्धताको प्रण गर्ने अवसरका रुपमा यो महोत्सव रहेको छ । 
    यस सहकारी महोत्सवले निम्न उपलब्धिहरु हासिलगर्न गराउन सकिन्छ भन्ने हामीले ठानेका छौं  जिल्लामा रहेका सहकारी संस्थाहरुको चासोमा बृद्धि भई सदस्यतामा बृद्धि हुनगई  एकतामा बृद्धि हुनेछ । भने सहकारीका बिभिन्न गतिविधिहरुको प्रचार÷प्रसार हुनका साथै सहकारीमा संलग्न नेतृत्वहरुको हौसलामा बृद्धि समेत भई गुणस्तरीयतामा बृद्धि हुनेछ । साथै स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरुमा सहकारीताको भूमिकालाई बोध गराउने बिषय महोत्सवका मूख्य पाटा नै हुन ।
    अन्तमा, यो महोत्सव एउटा अवसरका रुपमा सबै सहकारीहरुलाई लिइ यो सहकारी क्षेत्रको अभियानमा ऐक्यबद्धता जनाइदिनिुहुन अनुरोध समेत गर्दछौं । बिभिन्न क्षेत्र, बर्ग, सम्प्रदाय, भौगोलिक अवस्थिती,सामाजिक अवस्था हुँदाहुदै पनि आ आफ्नो तहबाट यो अभियानलाई सफल बनाउनु सम्पूर्ण सहकारी कर्मीहरुको दायित्व हो भन्ने हामीलाई लागेको छ । यसै अवसरमा सम्पूर्ण जिल्ला भित्र रहेका सहकारी संघ÷संस्था तथा ब्यक्तिगत रुपमा यस आन्दोलनमा रहेका सबै ब्यक्तित्वहरुको सामूहिक प्रयास नै यो महोत्सवको सफलताहो भन्ने लागेको छ । 
    आऔं हामी सबै मिलेर यो स्वर्ण महोत्सवलाई सफल बनाऔं । समृद्ध काभ्रे सहकारी बनाउने अभियानमा सहभागि बनौं ।
    जय सहकारी ।