लेख/रचना

  • संस्थागत विकासमा सहकारी र हाम्रो धारणा
    15 March, 2018

    संस्था भन्ने बित्तिकै सोझो अर्थमा कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त समुह÷संगठन हो भन्ने हाम्रो बुझाइछ । औपचारिक रुपमा वा अनौपचारिक रुपमा यस्ता निकायहरुलाई हामीले बिभिन्न तरीकाले बुझन र ब्याख्या गर्न पनि सकिन्छ । त्यसैले संस्था रयसको विकासका बारेमा जानकारी लिनका लागि यसका आधारभूत तहबाट नै छलफल गर्नुउचित हुन्छ । मानिस समाजमा जन्मन्छ हुर्कन्छ अनि समाजमा भैरहेका हरेक क्रियाकलापहरुमा सहभागि भई सहि र गलत के हो ? भन्ने बारेमा जानकारी हासिल गर्दछ । हामीले समाज विकासका धेरै भन्दा धेरै पक्षहरुको अनुभव लिइरहेका छौं हरेक कुराहरुको ज्ञान तथा धारणाका बारेमा बुझदै जाँदा कुनैपनि बिषयमा एकैपटक विकास सम्भव भने हुदैन रहेछ । यस्ता बिषयमा समान धारणा बनाउनका लागि उक्त पक्षको सुरुवात देखि नै विश्लेषण गर्नु अनिबार्य हुन्छ । त्यसैले हामीले सहकारी संस्थामा सहकारीका व्यवस्थापन गर्ने र त्यसको संस्थागत विकास गर्ने पक्षहरुका बीचमा समान धारणा बनाउनका लागि सुरुदेखि नै छलफल गर्नु उपर्यूक्त हुन्छ ।
    ब्यक्तिले परिवार, समुदाय हुदै समाजसँग हरेक क्रियाकलापहरुमा प्रत्यक्ष सम्वन्ध राख्दै अगाडी बढ्दछ । कुनैपनि कार्यहरु सञ्चालन गर्नैका लागि उसले समुदाय वा साथिभाईको साथ सहयोग खोज्ने कारणले उसलाई समुह÷संगठनको आवश्यकता पर्दछ र उ त्यसैसँग जोडिन पुग्दछ । समूह भन्नाले कुनै निश्चित स्थान तथा समयमा निश्चित उद्देश्य पुरा गर्नका लागि मानिसहरु जम्मा हुनु भनेर बुझिन्छ । समाजसेवीःबचखष्ल क्जबध ले समूहको परिभाषा यस प्रकार दिएका छन् कि “समूह दुई वा दुई भन्दा बढी मानिसहरु जसले एक आपसमा प्रभाव पार्ने गरी परस्पर सम्बन्ध राख्दछ ” 
    कुनै पनि सहकारी संस्थाको आन्तरिक तथा बाह्य रुपमा भइरहेको कार्य संञ्चालनलाई ब्यवस्थित र नियमित गर्नका लागि संस्थाद्वारा निर्मित कार्यप्रणाली र कार्यप्रणालीका आधारमा कार्यसंचालनको अभ्यासलाई नै संस्थागत विकास भनिन्छ । संस्थागत विकासलाई प्रत्यक्ष रुपमा देख्न सकिंदैन । किनकी यो अमूर्त हुन्छ तर अनुभव एवं प्रयोग गर्न र ब्यवहारमा उतार्न सकिन्छ । संस्था भनेको कथकतझ ले चल्ने हो । यो मेशिन जस्तै आफ्नै गतिले चलन सक्नुपर्दछ । अनि मात्र संस्थागत विकास भएको मानिन्छ । 
    कार्यप्रणाली बन्नु र त्यसको उपयोग र प्रयोग हुनुलाई संस्थागत विकास भनिन्छ । उदाहरणको लागि राज्य एउटा संस्था हो । राज्य संचालन गर्ने आधार भनेको संविधान, कानून, नीति नियम नै हुन् । कार्यप्रणालीलाई ब्यवस्थित र नियमित गर्न बनेका संबिधान र ऐन कानूनको आधारमा निर्वाचन हुने, कानून बन्ने, सत्ता हस्तान्तरण हुने, सजाय हुने, न्याय सम्पादन हुने लगायत समग्र राज्य संचालनका कार्यप्रणालीको अभ्यासलाई संस्थागत विकास मान्न सकिन्छ । सहकारी संस्था भित्र पनि यी र यस्तै संरचनाहरु रहेका हुन्छन सहकारीहरु कानूनी आधारमा जन्मेर वा दर्ता भएर मात्रै संथागत हुन सक्दैनन यस भित्र विधिहरुको निर्माण सहित लागु गर्ने पद्धती, निर्णय प्रकृया, निर्बाचन, सहभागिता, सूचनाका सम्प्रेषण लगायतका पारदर्शीता र जवाफदेहिता जस्ता बिषयहरुमा जुनसुकै बेलामा पनि संस्था भित्रका पक्षहरु बीच खुलेर छलफल भएको हो वा होइन भन्ने बिषयले प्राथमिकता पाउँदछ । 
    अझ संस्थागत विकासका सवालहरुमा बिभिन्न स्थानमा बिभिन्न ब्यक्तिहरुले भिन्न तरीकाले बिश्लेषण गरिएको पाईन्छ । सामान्य अवस्थामा जो जसले जे बिषयमा ब्याख्या विश्लेषण गरेपनि एउटा सामुहिक रुपमा सबैले निश्चित उद्देश्य पुरागर्नका लागि  ऐक्यबद्धता सहित सहकारीको विकासमा समृद्धि आफैले गर्नुपर्दछ भन्ने धारणाको विकास सबैमा भएको अवस्था नै हो । सामूहिक रुपमा भएको उक्त धारणाले बुझाइमा एकरुपता आए पश्चात कार्य सम्पादन गर्नमा समेत गुणस्तरीयता आउँछ । कुनैपनि सहकारी संस्थालाई गलष्तथ वा एकता सहितसञ्चालनमा आउनु, सहकारीमा आवद्ध सञ्चालक, लेखा तथा अन्य उप समिति र कर्मचारीहरुमा मनोबल उच्च हुने वातावरण तयार हुनु, सबैले कार्य गर्ने शैलि तथा व्यवहारमा आत्मविश्वास बृद्धि हुनु, र उच्च मनोवल बृद्धि सहित स्वावलम्बि भई उ अगाडी बढ्न सक्ने वातावरणको संस्थामा संस्थागत विकासका अवस्थामा क्रमागत सुधार भएको हो भन्न पछिपर्नु हुदैन । सहकारी संस्था मार्फत शेयर सदस्यहरुको आर्थिक र सामाजिक स्तरलाई माथि उकास्न आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमताको विकास हुनुभनेको नै सहकारी संस्थागत विकास हो ।संस्थागत विकासको आवश्यकतालाई समुदायमा आधारित सहकारी संस्थाहरुले संस्थागत विकासको अवधारणालाई आधारभूत रुपमा नै विश्लेषण गर्नुपर्दछ । आफ्ना सहकारी संस्था भित्र सञ्चालित एउटा मात्र क्रियाकलापलाई मात्र जोड दिई कार्यक्रम सञ्चालन गर्दा कहिले पनि सहकारी संस्था संस्थागत विकास र दिगो हुन सक्दैन जस्तो कि बचत तथा ऋणलाई मात्र आधार बनाउनु हुन्न । संस्थाले शेयर सदस्यहरुको माग तथा आवश्यकतामा आधारित योजना लागु नगरी नेतृत्व पंक्तिले मात्र माथिबाट योजना लाद्ने प्रवृत्तिले गर्दा संस्था भित्रका अन्य कार्यक्रमहरु पनि स्वभावले नै हतोत्साहित हुने र सिंगो सहकारी प्रतिको बाह््य ब्यक्तित्वहरुले हेर्ने र सहयोग प्राप्त गर्ने कार्यमा पनि कमी हुदै आउने हुन्छ । समुदायमा वा सहकारी संस्थाले आफ्ना कार्य क्षेत्र भित्र रहेका शेयर सदस्य तथा सरोकारवाला निकायमा प्रभाव पार्ने खालका कार्यक्रम लागु गर्दै जवाफदेहिता सहित यो कार्यक्रम हाम्रो हो भन्ने अठोट सहित प्रभावकारी रुपमा अगाडी बढाउने जिम्मेवारीको बोध गर्नु आफैमा संस्थागत विकास हो । सहकारी संस्थालाई संस्थागत रुपमा विकास नगरी नमूना सहकारीको रुपमा विकसित गराउने प्रमुख दायित्व हाम्रै हो भन्ने भावना सहकारीकर्मीहरु बीचमा नआउन्जेलसहकारी संस्था दीगो हुदैनन् । सहकारी कार्य क्षेत्र भित्ररहेका उपेक्षित वर्ग, महिला, दलित, जनजाती तथा गरीब भन्दा गरीब वा पिछडिएका व्यक्तिहरुलाई सक्दो सहयोग पु¥याउनको लागि पनि संस्थागत विकासको आवश्यकता भएको हो । जसबाट बलियो र दिगो रुपमा सहकारी संस्था मार्फत महिला तथा पिछडिएको वर्गको सशक्तिकरण हुन्छ । शेयर सदस्य÷सदस्यहरु बीच एक आपसमा एकताको भावना जागृत भई संस्थागत रुपमा बलियो आधार तयार हुन्छ । एक अर्को बीच पारस्परिक विश्वास र जिम्मेवारीको भावनाको विकास हुन्छ । सहकारी संस्थामा भएका बिभिन्न निकायहरु बीच जिम्मेवारीको बोध भई आफू आफूले आवश्यकता अनुसार निर्णायक भूमिका खेल्न सक्दछन् । सामूहिक कार्यमा सदस्यहरुको बचन वद्धता हुन्छ । सबैको विचारको कदर भई प्रजातान्त्रिक नियन्त्रण हुन्छ । सबैको क्षमताको कदर सहित संस्था सञ्चालनका क्रममा आन्तरिक कार्यविधि आफैंले तय गर्न सकिन्छ । र जिम्मेवारीपूर्वक कुनैपनि बेलामा संस्थामा सबै हिसावले संस्थागत विकास भएको महसुश सबैलाई हुन जान्छ । यो नै संस्थागत विकासको सूचक पनि हो ।