लेख/रचना

  • सच्चा सपूत डा. बालकृष्ण थापा
    15 March, 2018

    रामसुन्दर देउजा
    कसैको मर्न लागेको विरामी नहेरी म हिँडिन
    कोही अर्काे साथीलाई आजका दिनसम्म धोका दिइनँ
    हरेक ठूला सानालाई आवश्यकतामा सहयोग गरें
    माग्नेलाई बढी गरे होला, अरुलाई पनि गरें 
    मैले के बिगारे ? 
    यी पंक्तिहरु डा. बालकृष्ण थापाका हुन् । कुशादेवी काभ्रेमा २०२४ साल माघ १४ गते जन्मिएका यी होनहार नक्षत्र पढाईमा अब्बल थिए । एसएलसी २०१४१ सालमा कुशादेवी मा.वि.बाट प्रथम श्रेणीमा उत्तीर्ण गरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट ०४५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भए । सोही अध्ययन संस्थानबाट ०५१ सालमा एमबिबिएसमा कन्ट्री टपर भई ढाका बंगबन्धु शेखमुजिव मेडिकल युनिभर्सिटी बंगलादेशबाट ०५९ सालमा पहिलो पास गर्ने विदेशी पनि हुन् उनी । एमडी एण्डरसन क्यान्सर सेन्टर युनिभर्सिटी अफ टेक्सास अमेरिकाबाट ०६१ सालमा युआईसिसि फेलोसिप गरेका डा. बालकृष्ण सानैदेखि कुरीति कुसँस्कारका विरोधी थिए । प्रष्ट विचार पोख्ने संघर्षशील र सामाजिक सेवामा दत्तचित्त भई लाग्ने यिनको स्वभाव लोभलाग्दो थियो । कवितामा पनि मन दिने कवि व्यक्तित्व यिनको अर्काे प्रतिभा हो । ०६१ सालमा पहिलो कृति ‘डाक्टरी कविता’ प्रकाशन गरी साहित्यिक क्षेत्रलाई उर्वरशील बनाउन तल्लीन यी डाक्टर साहेबको एउटा कविताको अंश ः
    हाकिमसाब
    अफिसमा त भेटिहुन्न
    पार्टीहरुको मिटिङमा
    कर्मचारीको काम गर्न नभ्याउने
    नेताका मान्छे भर्ति गर्न
    विनाहिच्किचाहट
    इज्जतै फल्ने
    हाकिम साब
    हजुरको पार्टी चाहिँ कुन प¥यो हँ ...?
    (हजुरको पार्टी हुन्)
    विश्व न्यूरो समाज न्यूरो अकोलोजी विशेषज्ञ ९ध्ँल्क् भ्हउभचत यल ल्भगचययलअययिनथ० कोसमेत जिम्मेवारी सम्हालिसकेका डा. बालकृष्ण हाल विपी कोइराला क्यान्सर हस्पितल चितवनमा कार्यरत थिए र यिनी नेपालकै टपटेन न्यूरो सर्जनमध्ये एक थिए । शालीनता, नम्रता र भद्रताका नमूना व्यक्तित्व डा. बालकृष्ण सादा जीवन, उच्च विचारका पनि नमूना थिए ।
    ०५९ सालमा एमसिएच सरहको आफ्नो ५ वर्षे पढाई सकेर बंगलादेशबाट नेपाल आउँदाको आफ्नो स्मरणलाई उनले कवितामा यसरी उनेका छन् । 
    कतिपयले नआऊ नआऊ
    कतिपयले यही आउ
    कतिपयले काठमाडौं नछोड
    अनि मेरो गुरले
    ढाकामै बस्न गरेको निर्देश नाघी
    नुनको सोझो गर्न
    भावनाले दौडेर आएँ
    पाँचवर्ष पार लाएँ ।।
    (साथी हो म के गरुँ)
    नियतिले उनलाई आज हामीबाट चुँडेर लगिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनको क्रममा बंगलादेशी विमान दुर्घटनामा परि हामीबाट टाढा भए उनी । सामाजिक सेवामा अटल र निरन्तर सेव ागर्ने र कयौंको दुःखलाई सुखमा बदल्ने एकजना सच्चा सपूतको अवशानले स्तब्ध र अत्यन्त मर्माहत तुल्याएको छ । 
    गतवर्ष जनमत साहित्यिक मासिक र सहकारी पोष्ट पत्रिकाको संयुक्त अभियानमा चितवन र नवलपरासी जिल्लामा जाँदा चितवनमा उनीसँगैको बसाई र कुराकानी झलझली याद आइरहेको छ । त्यो नै भेटघाट र कुराकानीको अन्तिम क्षण रहेछ । यस दुःखद् घडीमा आत्माको चीर शान्ति र शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुबाहेक के नै गर्न सकिन्छ र ?