लेख/रचना

  • सहकारीमा नेतृत्व र यसका पक्षहरु
    09 March, 2018

    कुनै पनि संस्थाको नेतृत्व गर्न सोचे जति सहज चाँहि पक्कै छैन । हाम्रा वरीपरी धेरै सहकारी संस्थाहरु  दर्ता भई सञ्चालनमा रहेका छन् । करिव ३४ हजार सहकारी संस्थाहरुले नेपालमा सञ्चालित छन् । नेतृत्व पाईरहेको सन्दर्भमा नेतृत्व कति प्रभावकारी होला भन्ने बिषय सरोकारवाला निकाय सहकारी बिभाग, राष्ट्रिय सहकारी संघ, बिभिन्न बिषयगत कार्यालय तथा डिभिजन सहकारी कार्यालयहरुले अभिलेखको रुपमा राखेकै होला । सहकारीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मूल्य मान्यतामा आधारित भई सञ्चालनमा ल्याउनु र बढ्दो प्रतिष्पर्धामा उत्तरदायि ढंगले गुणात्मक बृद्धि गर्नु पनि नेतृत्वको ठूलो जिम्मेवारी हो ।  
    कुनैपनि संस्था,समुहलाई प्रचलित नीति नियमको अधिनमा राखि त्यसको अध्ययन तथा विश्लेषण सहित मुलधारमा ल्याई दीगो रुपमा सञ्चालन गर्ने कला नै असल र कुशल नेतृत्व हो भन्न सकिन्छ । नेतृत्व गर्ने भनेको ब्यक्तिले हो त्यसैले ब्यक्तिगत आचरण,परिधि र उसले बिभिन्न समयमा सिकेका सिकाइ तथा कार्यशैलीले संस्था कहाँ पुर्याउने र कसरी सञ्चालन गर्ने भन्ने कुरा निर्भर गर्दछ । 
    सहकारीमा नेतृत्वको काम भनेको शेयर सदस्य तथा अन्य सहकारी संस्थाहरुसँगको प्रतिष्पर्धामा सकारात्मक प्रभाव पार्ने काम हो । मुख्यगरी संस्थामा रहेका अध्यक्ष, उपाध्यक्ष सचिव तथा कोषाध्यक्षहरु मार्फत सहकारी संस्थामा सम्पादन गरिएका क्रियाकलापहरुले अरुलाई प्रभाव पार्न सक्छ भने उ असल नेतृत्वकर्ता नै हो भन्न सक्छौ । सहकारीको परिप्रेक्ष्यमा नेतृत्वको अर्थ आफ्ना शेयर सदस्यलाई संस्थागत रुपमा उद्वेश्य प्राप्तिको लागि गर्ने प्रभावहरुको प्रकृया हो भनेर बुझ्नुपर्दछ ।
    सहकारीको सन्दर्भमा नेता भन्नाले जुन नेतृत्वकर्ताले आफनो खुबी तथा क्षमताले सहकारी संस्थामा निश्चित गरिएका उद्धेश्य प्राप्त गर्नको लागी शेयर सदस्यहरुको अर्थात सहकारी कर्मीहरुको दुःख, समस्या, विधि, प्रकृया, नीति, अनुसार हरेक कुरामा साथ दिन्छ अनि सहकारी सञ्चालनको अवस्थामा उसले देखाउने ब्यबहारमा सकारात्मक प्रभाब तथा क्षमता नै नेतृत्व हो । सहकारी संस्थामा नेतृत्वकर्ताले बिभिन्न खालका कार्यहरु गर्नुपर्दछ । जसले कार्य गर्दा विधि तथा प्रकृयाहरुको ख्याल गर्दछ उसले कुनैपनि कार्यहरु सजिलै पुरा गर्न सक्दछ । सहकारीमा नेतृत्व गरिरहेका कुनैपनि नेतृत्वकर्ताले आफ्ना र आफु आबद्ध भएका सहकारीहरुको बारेमा राम्रोसँग बुझ्नु जरुरी हुन्छ । यसो गरेमा आधारभुत रुपमा कार्य अगाडी बढाउन उसलाई सहजता आउँदछ । 
     
    योजना निर्माण तथा कार्यान्वयनमा नेतृत्व
     सर्व प्रथम नेतृत्वमा रहेका ब्यक्तित्वहरुले संस्था भित्र निश्चित कार्य योजना बनाई अगाडी बढ्न सक्नुपर्दछ । सहकारी संस्था भित्र शेयर सदस्य, समुदाय, बिभिन्न उप समिति आर्थिक अवस्था र कर्मचारी लगायतका बिषयमा सर्व प्रथम जानकारी हासिल गर्नुपर्दछ । जसका कारण आवश्यक अनुसारका सूचना प्राप्त भई सहकारीको कार्य, उद्देश्य, लक्ष्य प्रष्ट हुनगई योजना निर्माण गर्दै कार्यको सुचारु गर्न वा कार्यान्वयन गर्न सकिने हुन्छ । कुनैपनि निकायलाई कार्य प्रारम्भ गर्न लगाउनु भन्दा पहिला उक्त बिषयमा आफू स्पष्ट भई जानकारी गराउन सजिलो हुन जान्छ । जसले गर्दा जिम्मेवारी सबैलाई बाँडफाँड गर्दै सहज र सरल तरिकाले कार्य अगाडी बढाउन सकिन्छ । यसरी कार्य गर्दा समयमा सम्पन्न हुन जाने कुरामा दुइमत छैन । हाम्रा स्थानीय स्तरमा सञ्चालनमा रहेका सहकारी संस्थामा सहकारीका निित सिद्धान्त र परिधिहरुको बारेमा बिश्लेषण सहित अगाडी बढ्न सक्ने खालका र नेतृत्वमा रहेपछि के कस्ता खालका कार्यगर्न सकिन्छ भन्ने बारे जानकारी हासिल गर्ने नेतृत्वको खाँचो कति छ भन्ने कुरा त हामीलाई प्रष्टै थाहा छ । 
     
    नियन्त्रणमा नेतृत्व
    सहकारी र्संस्थाहरु निश्चित मापदण्ड, ऐन नियमका आधारमा सञ्चालन हुन्छन् । सहकारीको मापदण्डलाई कायम राख्दै सहकारी भित्र सञ्चालनमा रहेका सवै क्रियाकलापहरु उद्वेश्यपरक भए नभएको निक्र्यौल गर्नु,छलफल गर्नु र जिम्मेवारी प्रदान गरिएका निकायहरुलाई कार्य सम्पादनमा भएका कार्यहरुको र उल्लेख भएका निर्णाय अनुसार कार्य गर्न उत्प्रेरित गर्दै पटक पटक अनुगमन सहित जानकारी गराइराख्नुपर्दछ ।  
     
    सहयोगीको भूमिकामा नेतृत्व
    सहकारी संस्था भित्र रहेका वा आवद्ध भएका शेयर सदस्यहरुको ज्ञान उल्लेखनीय हुन्छ । उनीहरुको संवेदनालाई नेतृत्वले ख्याल गर्नुपर्दछ । आफु आबद्ध भएका सहकारी संस्थाको सधै भलो होस भन्ने रुची उनीहरुको पनि हुन्छ । त्यसैले सहकारी संस्थामा शेयर सदस्यले कुनै न कुनै माध्यमबाट सहयोग गर्ने आशा पनि राखेकै हुन्छ । शेयर सदस्यहरु बिशाल ज्ञानका खानी हुन्छन बेलाबेलामा संस्था विकासका लागि गरेका शेयर सदस्यहरुको योगदानलाई कुनैपनि सभा समारोहमा खुल्ला हृदयले प्रशसा गरेमा संस्था प्रतिको जिम्मेवारी समेत महसुश गर्न शेयर सदस्य पछि पर्दैनन् । त्यैसैले शेयर सदस्य तथा सरोकारवालाहरुलाई भलअयगचबनभ र सहकारीको मर्म अनि संस्था प्रति अनुशासितमा राख्न सकेमा त्भबm क्उष्चष्त कायम रहन्छ जसका कारण जस्तोसुकै समस्या तथा व्यवधानमा पनि सजिलै उद्देश्य हासिल गर्न सकिन्छ र सामान्य संस्था भित्र उब्जेका विवादहरुलाई सजिलै समाधान गर्न र व्यवस्थापन गर्न सकिन्छ । 
     
    सूचना प्रवाहमा नेतृत्व
    नेतृत्वको अर्को कार्य भनेको शेयर सदस्य र संस्थामा रहेका बिभिन्न समिति तथा उप समितिहरु बीच सुचनाको व्यवस्थापन पनि हो । सहकारी संस्थामा डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, बिषयगत कार्यालय तथा केन्द्रीय स्तर र बिभिन्न सरोकारवाला निकायहरुबाट प्राप्त हुने सूचनाहरु पर्दछन् । साथै संस्थामा कार्यान्वनका लागि रहेका माशिक, अर्धबार्षिक, बार्षिक, तीन बर्षे तथा पाँच बर्षे योजनाहरु निर्माण गरिएका हुनसक्छन् उक्त बिषयमा के कस्ता बिषयहरु छन् र त्यसमा उल्लेख भएका बुँदाहरुलाई प्रष्ट रुपमा जानकारी गराई समयमै स्पष्टता प्रदान गर्नुपर्दछ । लिखित भएका कुराहरुका बारेमा जस्ताको तस्तै जानकारी गराउने कार्यका नेतृत्व लागिपर्नुपर्दछ ।  सहकारी संस्थामा नयाँ नयाँ बिषयमा सूचनाहरु समय समयमा आउन सक्दछन यसरी आएका सूचना तथा संस्था भित्रका भएका निर्णय तथा कार्यहरुको बारेमा शेयर सदस्य तथा सम्वन्धित निकायहरुलाई समयमै खबर गराई विस्वसनियता कायम गर्न नेतृत्व तयार भई कार्य गर्नुपर्दछ । संस्था भित्रका केहि बिषयमा गरेका निर्णयहरुलाई समय समयमा शेयर सदस्यहरु बीच अन्र्तक्रियात्मक ढंगले राय सुझावहरु समेत लिन चुक्नु हुदैन । जसले गर्दा सहकारी संस्थामा विस्वास कायम रहन्छ र आफ्नो पनको विस्वास कायम हुन्छ । 
    नेतृत्वले के बिचार गर्नुपर्छ भने विना सूचनाको योजना सपना मात्रै हुन्छ भन्ने कुरालाई ध्यानदिदै पारदर्शिता, जवाफदेहिता, मितब्ययिता सहित कसैलाई पाखा र कसैलाई काखाको कार्य नगरी आफ्नो परिवार जतिकै सहकारी संस्था प्रतिको उत्तरदायि भूमिका र जिम्मेवारी सम्झेर नेतृत्व गरेमा सफल सहकारी उन्नत सहकारी र व्यवस्थित सहकारी बनाउन धेरै समय कुर्नु पर्दैन ।