लेख/रचना

  • एकल सिर्जनालय भित्रका सूर्यप्रसाद लाकोजू
    22 February, 2018

    जयदेश श्रेष्ठ
     
    अक्षरहरू खोला बनी बगेका छन् 
    बगर भरी छरिएका छन् शब्दहरू 
    सम्हालेर तिमीले शब्दहरूको घर बनाऊ 
    साहित्यमा तिम्रो नाम सधैँ उच्च रहने छ ।
    काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको यही २०७४ माघ २७ गते पनौतीको ज्ञान विकास पुस्तकालयमा नौलो प्रस्तुति एकल साहित्य वाचन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको सभापतिअक्षरमार्ग सिर्जना समूहका संयोजक शम्भुलाल श्रेष्ठ तथा प्रमुख अथिती वियोगी बुढाथोकी, विशेष अतिथि डा. राजेन्द्र कोजू र अन्य साहित्यका प्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो । भने उक्त कार्यक्रमको सिधै प्रसारण प्राइम एफ। एमले गरेको थियो ।
    काभ्रेली साहित्यकारहरूमा युवा अवस्थामा नै लोकप्रिय भइसकेका बहुमुखी प्रतिभाशाली सूर्यप्रसाद लाकोजू साहित्यिका विविध पक्षहरूमा कलम चलाउनुभएर हालसम्म उनका भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह),.मेरो मन मेरो मीत (कवितासङ्ग्रह), घामको चुम्वन (कवितासङ्ग्रह), पनौती, पनौतीको बाह्वर्षे मकरमेला, स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीत सङ्ग्रह), योमरी (वालपरिचय पुस्तक) गरी १५ वटा पुस्तकहरु प्रकाशित छन् । साथै उनले विभिन्न संस्थाहरुका स्मारिका, स्मृतिग्रन्थहरुको सम्पादन पनि गरेका छन् । काभ्रेका वहाँ भाग्यमानी युवा साहित्यकार हो । साहित्यमा छोटो समयमा देशका होनहार कवि, राष्ट्र कविहरू सँग सम्बन्ध गाँस्न सफल भएको छ र आफूलाई पनि सोही स्तरमा स्थापित गर्नु भएको छ । साहित्यकारहरूको सङ्गतबाट छिमेकी राष्ट्रका साहित्यकारहरू सम्बन्ध बढाउन सक्नुभएको छ । साहित्य यात्रामा निरन्तरता लागी पर्नु भएकोले भारतको विभिन्न ठाउँमा साहित्य कार्यक्रमहरूमा सहभागी हुने अवसर पाउनु भएको छ, सम्मानित हुने अवसर प्राप्त गर्नुभएको छ । अग्रज साहित्यकारहरूलाई श्रद्धा गर्ने र युवा पूस्तालाई माया दिन सक्ने साहित्यकार रूपमा वहाँ अगाडी हुनुहुन्छ । उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानको कदर स्वरुपनै उहाँको कूति हरुको समिक्षत्मक टिपणी गरिएको करिव छ सय पृष्ठको “एक सूर्य अनेक आलोक “ ठूलै किताब प्रकाशन भएको छ । यस किताबका लेखक श्री भीमप्रसाद काफ्लेज्यूबाट सूर्यप्रसाद लाकोजूको साहित्यका कूतीहरुको पन्ना पन्ना र केस्रा केस्रा केलाएर व्याख्या गरी दिनुभएको छ, जसले गर्दा वहाँको साहित्यका फाँटलाई हराभरा बनाई दिनुभएको छ । साहित्यका क्षेत्रमा अझै अगाडि बढ्न प्रेरणा मिलेको छ । वहाँको साहित्यको गरिमा बढाई दिनुभएको छ ।
    सूर्यप्रसाद लाकोजू निम्न बर्गिय परिवारमा जन्मिएर बाल्यकाल दुख कष्ट भोगेर, शिक्षा हासिल गरेर आज शैक्षिक क्षेत्रमा आबद्ध हुनुहुन्छ । आर्थिक क्षेत्र कमजोर भए पनि साहित्यका क्षेत्रमा नाम कमाउन सक्नुभएको छ । साहित्य सिर्जनामा गर्नुभएको प्रगतिले पनौती, काभ्रे जिल्ला मात्र नभएर देशकै नाम उच्च राख्न सफल हुनुभएको छ । पनौतीबत्राट त्रैमासिक रूपमा प्रकाशन हुने अक्षरमार्गदेखि बनेपाबाट नियमित प्रकाशन हुने देशमा नै नाम चलेको जनमत प्रकाशनसँग पनि आबद्ध हुनुहुन्छ । जनमतको साहित्यका कार्यक्रमहरूमा सक्रिय भएर लागी परिरहनुभएको छ । पनौती साहित्य समाज, जनमत वाङ्मय प्रतिक्ष्ठान, जनमत वाटि, नेपाली लेखक संघमा आवद्ध रहेर साहित्य क्षेत्रमा नै आफूलाई सक्रिय बनाउने र साहित्य सिर्जनामा टेवा पुयााउन विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गरी राख्नुभएको छ । आफ्नो सिर्जनाका अनेकौँ कोसेलीहरू, किताबहरू प्रकाशन गर्नुभएका लाकोजू साहित्य प्रेमीहरू र विद्यार्थीहरूको हौसला र प्रेरणाको लागि माघ २७ गते सूर्यप्रसाद लाकोजू “ एकल सिर्जना वाचन“ कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । श्रोताहरूलाई एकल कविता, मुक्तक, गीत हाइकुहरुबाट कार्यक्रम अवधिभर नौलो प्रस्तुति लाकोजूको सुरिलो आवाजका साथ वाचनले श्रोताहरूलाई मन्त्रमुग्ध पारेर राख्न सफलभएको छ । हरेक वाचन पछि पडकिने तालीले हल नै गुन्जयमान भएको थियो । आमा कविताबाट सुरु गरेको कविता वाचनको अन्त्य भने पिता कविताबाट गर्नुभएको थियो । यो संसारमा जन्मिएपछि माता पिताभन्दा ठूलो केही हुँदैन । एउटा सन्तान भएर आफ्नो जन्मदाताप्रति गर्नुभएको सम्मानमा वहाँको कविताले सबैलाई भावुक बनाएको थियो । संसारका सबै मातापिताप्रति समर्पित सो कविताले सबैको मन छोएको थियो । आगन्तुक र श्रोताहरूलाई आफ्नो जिम्मेवारी साथै सन्तान भएर जन्मदाताप्रति आफ्नो कर्तव्य आत्मबोध गराएको थियो । झण्दै देढ घण्टाको समयमा सुरु कविता आमा र अन्त्य पिता अतिरिक्त देश प्रेम, राजनीति, मायाप्रेम लगायत समसामयिक विषयका म पद्मावती नदी, मेरो घाम, बुँख्याचा, बुद्ध र युद्ध, ऐनाको व्यापार, मेरो मालिक शीर्षकका एक दर्जन कविता प्रस्तुत गरेका थिए । यसको अलावा उनले डेढ दर्जन चोटिला र ब्यङ्यात्म मुक्तक प्रस्तुत गरेका थिए । मधुशाला, सुन किन चाहियो, धरती कि जुन, पातको माया, भीमसेन थापाहरू, जाति छ जस्ता मुक्तक साथै केही हाइकुहरू पनि पस्कन भ्याए । कार्यक्रममा काभ्रेका चर्चित गायक हरि कर्माचार्यले साहित्य वाचनमा यति धेरै श्रोताको उपस्थितिमा पैसा तिरेर पनि कविता सुनिने रहेछ । आजकाल सङ्गीत कार्यक्रममा गीत सुन्न पनि दर्शक टिकट काट्न चाहँदैनन् भनेर अचम्म मानेका थिए । वहाँले गीत छानेर हैन जुन देख्यो त्यही गीत मन पराउने भनेर सूर्यजीको पहिलो नजर परेको गीत नै सङ्गीत बिना गाएर कार्यक्रमको शोभा बधाई दिनुभएको थियो । यसरी नै स्थानीय अग्रज गायक विजय कर्माचार्य, वहाँको विद्यार्थी गायक अजय लामाले कवि लाकोजूका गीतहरू गाएका थिए । अन्तमा प्रमुख अतिथि श्री वियोगी बुढाठोकीले आफू भन्दा २२ वर्ष कान्छो साहित्यकारको आफ्नो भन्दा धेरै किताब लेखी सक्नुभएको र सानो उमेरमा सूर्यप्रसाद लाकोजू सफल भई सकेको र भविष्यमा अझै प्रगतिको कामना गर्दै राष्ट्रको नाम राख्न सकोस् र साहित्यकारको रूपमा अन्तराष्ट्रिय क्षेत्रमा परिचित हुन सकोस् भनेर शुभकामना मन्तव्य राख्नुभएको थियो । टिकटको मूल्य रु २००। राखिएको र खाजाको व्यवस्था पनि गरिएको थियो । 
    समग्रमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । काभ्रेको माटोमा जन्मेका साहित्यकार सूर्यप्रसाद लाकोजूलाई बधाई तथा शुभकामना भन्दै सो कार्यक्रममा बाचित उहाँको आमा शीर्षकको छोटो कवितांशः
    टाउकोभरि 
    सेताम्मे तुषारो फुलाएर पनि 
    मलाई माया दिएर नअघाउने आमा 
    भन तिम्रो मन भित्र 
    कत्रो प्रेमको समुन्द्र छ ?
    जयदेश श्रेष्ठ
    सांगा
    बनेपा-१૪