लेख/रचना

  • सहकारीमा बचत र हाम्रो परिवेश
    01 February, 2018

    दिलिप शर्मा 
              मानिस सामाजिक प्राणी हो समाजमा मिलेर बस्नुको बिकल्प नभएकाले समाजका हरेक क्रियाकलापहरुमा उसको सक्रिय सहभागिता रहन्छ । समाज विकासमा ब्यक्तिको अहं भूमिका रहन्छ । ब्यक्ति परिवार, समुदाय अनि समाज हुँदै राष्ट निर्माणका लागि अग्रसर हुने अवसरलाई मानिसले सहि सदुपयोग गर्दै अगाडी बढ्नु पर्दछ । समाज भित्र हुने हरेक क्रियाकलापहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागिताका लागि कुनै न कुनै रुपमा उसलाई पैसाको आवश्यकता पर्दछ । आम्दानी अनुसार खर्च गर्ने बानीको विकास हामीमा नभएकाले हरेक मानिस कुनै न कुनै रुपमा आर्थिक मारको चपेटामा परेको हुन्छ । सदियौं देखि यो र यस्तै खालका गतिविधिमा संलग्न भएकाले आफ्ना अति आवश्यकीय वस्तुहरुको व्यवस्थापन गर्न बिना पैसाका कारण निकै अप्ठ्यारो पारिरहेको हुनेछ । 
    कुनै बेला मानिसहरु आफुलाई अभाव परेका वस्तुहरु एक आपसमा अ‍ैचो पैचो गरी साटासाट गर्ने गर्दथे र गर्जो टार्थे । धेरै वस्तुहरु बजारमा गएर किन्न पाइदैन थियो र सँधैं पैसाको अभाव नै हुन्थ्यो । एक अर्कामा मेलापात, भारोपर्म आदिले धेरै कुरा सहज बनाउँदै लाने गर्दथे । तर आजकल समयले कोल्टे फेरेको छ । मानिसका चाहना बढेका छन् । जन घनत्व विस्तार हुदै गएको छ । आर्थिक प्रतिष्पर्धामा मानिसहरु हौसिएका छन् वा मिठो खाने राम्रो लाउने कुराको होड नै चलेको छ । आफ्ना आम्दानीका स्रोत भन्दा पनि देखावटी रुपमा कहलिने बानीले हामीलाई दिन प्रतिदिन कंगाल बनाउँदै लगेको छ । मानिको विकास सँगै क्षेत्रगत रुपमा धेरै खालका परिवर्तनहरु पनि भएका छन् । मानिसहरुको आर्थिक अवस्था समृद्ध बनाउन भन्दै ब्यापक रुपमा सहकारी संस्थाहरु सञ्चालनमा आएका छन् । ग्रामीण भेगमा भन्दा पनि शहरी क्षेत्रमा यसको ब्यापक प्रतिष्पर्धा र होड चलेको छ । धेरै मानिसहरु यस होडमा वा सहकारी संस्थाहरुमा संलग्न भएका पनि छन् । एउटा कुनै पसलमा जाने वा हेर्ने हो भने लगभग २० भन्दा माथि बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुको पासबुक देखिने गर्दछ ।  दिनमा जतिसुकै पसलमा आम्दानी भएपनि उक्त पासबुकमा रकम जम्मा गर्ने बानी नै परेको छ । चाहे त्यो सापट लिएर होस वा ऋण लिएर जे होस यसो हेर्दा सहकारी संस्थाहरुले बचत गर्नका लागि बानीको विकास गरिरहेका छन् । 
    सहकारी संस्थामा जे जति अनि जसरी बचतको बृद्धि वा बचत हुदै गइरहेको छ तयो अत्यन्त राम्रो पनि छ । तर यस सन्दर्भमा स्वयं शेयर सदस्य र आवद्ध सहकारी संस्थाहरुले आफ्नो सदस्यको खर्च गर्ने तौर तरिका कस्तो छ ? भन्ने बिषयमा कहि कतै प्राय चासो दिइएको पाइदैन । बचत गर्नु भनेको त खर्चसँग सहकारीले तालमेल गरिदिनु पनि हो । आजकल त यस्तो अवस्था छ कि एक संस्थाबाट ऋण बापत रकम लियो अर्कोमा लगेर तिर्ने परिपाटी जताकतै देखिन्छ । एक बर्षमा  त्यस्ता शेयर सदस्यहरुबाट ५÷६ वटा सहकारीहरु मार्फत यी र यस्ता क्रियाकलापहरु भैरहेका देखिन्छन । हो यो र यस्ता बिषयमा सहकारीहरुले छलफल गर्नु बहस गर्नु, सामाजिक अभियान पनि गर्नु पनि पर्दछ किनभने यो सहकारकिोधर्म पनि हो र समुदाय प्रतिको चासो भन्ने सिद्धान्तलाई एक पटक फर्केर सबै सहकारलिे हेर्नैै पर्दछ सँगै शेयर सदस्यहरुको बृद्धि विकासमा टेवा पुर्याउनु सहकारी संस्थाको काम हो । बचत के हो भन्ने बिषयमा सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुसँग किन छलफल गर्दैन ? भन्ने बिषय पनि उत्तिकै महत्वपूर्ण छ । जवसम्म बचत के हो भन्ने बिषय शेयर सदस्यहरुले बुझदैनन वा अवधारणा बनाउदैनन तवसम्म हाम्रा सदस्यले आम्दानी र खर्चको तादम्यता मिलाउनै सक्दैनन । त्यसैले सहकारी संस्थामा बचतको ठूलो महत्व छ । साझो अर्थमा पैसा जम्मा गरी राख्नु नै बचत हो । बर्तमानमा कमाएको पैसा वा आम्दानीलाई बर्तमानमा नै खर्च नगरी भविस्यको लागि पनि केहि गर्नुपर्दछ भनेर जोहो गरेर राख्ने सीप नै बचत हो भन्न सकिन्छ । भविस्यका बारेमा मानिसले कहिल्यै गम्भिर  भएर साच्दैन । किन यस्तो भइरहेको छ ? भन्ने बिषयमा कसको ध्यान जाने ? देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी क्षेत्रले आफ्ना कार्य क्षेत्रमा यस्ता बिषय उठान गर्नुपर्दछ । 
    सहकारीले शेयर सदस्यहरुको पैसा सुरक्षित साथ जम्मा गरी जम्मा गरेको पैसाको अन्य बितीय संघ÷संस्था भन्दा राम्रो ब्याज दिने कारणले पनि सहकारीमा बचत गर्ने शेयर सदस्य हुने क्रम बढ्दै गएको हो । एकदिनमा मानिसले जति पैसा बिभिन्न श्रम गरेर कमाउँछ तर त्यहि कमाएको रकमलाई भविस्यको परिस्थिती र आउन सक्ने समस्याहरुको बारेमा कुनै सोच नै नराखि खर्च गर्न पछि पर्दैन । जसका कारण उसले भविस्यका लागि के गर्दैछ र असर के हुन्छ भन्ने बिषयमा सहकारीले बुझाइदिएमा शेयर सदस्य उक्त रकमलाई खर्च गर्नुभन्दा अगाडि नै पहिला बचतका लागि पैसा छुट्टाएर अनि मात्र खर्च गर्न पुग्दछ । मानिससँग धेरै बिषय जोडिएका हुन्छन । उसका अगाडि समाज घरपरिवार नाता गोता ईष्ट मित्र जोडिएका हुन्छन वालवालिकाहरुका शिक्षा दिक्षामा गर्नुपर्ने लगानीहरु छन् जो सबै भन्दा बढी जिममेवारी हुन आउँछ । आज जम्मा गरेको पैसा १० बर्षमा कति हुन्छ भन्ने बिषयहरुलाई सहकारमिा शेयर सदस्यहरुसँग राम्रोसँग बुझाउन सक्नुपर्दछ । आपतकालिन अवस्थामा,बुढेसकालमा सहराका लागि पनि पैसा चाहिन्छ र जसका लागि बचत गर्नुपर्छ भन्ने बिषयमा सहकारी संस्थाहरुले सदस्य तथा सहकारीमा रहेको सहकारी शिक्षा सिविर शिर्षक अन्तर्गत विनियोजन गरेको शिर्षकबाट नै मात्र खर्च गरेपनि काफि हुन्छ । अनि सदस्यहरु अनिबार्य बचत गर्न र महत्व बुझ्न थाल्नेछन् । अधिकांश स्थानमा यस्ता क्रियाकलापहरु भएका नै पाइदैनन जसका कारण शेयर सदस्यहरु अलमलमा परेका देखिन्छन् । सहकारी शिक्षा सिविरमा विनियोजित रकमलाई बिषयान्तर गरी अन्य शिर्षकमा खर्च भएका कयौं उदाहरणहरु देख्न पाईन्छन् ।
    सिंगो सहकारीको यो अभियानमा लागेका नेतृत्वहरुले सहकारीका ७ सिद्धान्त, संस्थामा बनेका नीति तथा नियमावलीको अधिनमा रहि सहकारी संस्था सञ्चालन भएमा सहकारी थारै समयमा नै धेरैप्रगती गर्नका लागि असहज हुने छैन । (लेखक जिल्ला सहकारी संघका सचिव हुनुुहन्छ ।)