लेख/रचना

  • जाडो महिनामा ब्रोइलर कुखुरापालनमा पानी भरिने समस्या र समाधान
    31 January, 2018

    • डा. गणेश बन्जारा
    ब्रोइलर कुखुराहरु प्रयाप्त मात्रामा प्रोटिन भएका दानाहरु खाएर ४०—४५ दिन सम्ममा मानिसहरुका लागि मासु तथा मासु जन्य परिकार बन्नको लागि तयार गरिन्छन । पोषिलो दाना र ब्रोइलरको जात अनुसार वृद्धि विकास एकदम छिटो हुने भएकाले विभिन्न खाले समस्याहरु ब्रोइलर पालन व्यवसायमा देखिन थाल्छन । विशेषगरि जाडो महिनामा देखिने समस्या मध्ये कुखुरामा पानी भरिने समस्याको बारेमा यहा चर्चा गर्न गइरहेका छौ ।
    पानी भरिने समस्या (असाइटिस)
    असाइटिस विशेष गरि उच्च उचाइ भएका ठाँउ, जहा अक्सिजन मात्रा कमी हुन्छ,  त्यस्ता ठाँउहरुमा बढी देखिन्छ । हुर्कदै गरेको चल्लाहरुलाई खाएको दानाबाट पोषण तत्व लिनको लागि अक्सिजन धेरै मात्रामा जरुरी पर्छ । यसरी अक्सिजन शरीरमा बढी मात्रामा आवश्यक पर्दा फोक्सोले आफ्नो गति बढाउदै शरीरमा चाहिने अक्सिजनलाई मुटुको गति बढाएर शरीरको विभिन्न कोषमा पु¥याउन थाल्छ । यस्तो अवस्थामा मुटुको दाहिने तिरको माथिल्लो भाग जसलाई  राइट भेन्ट्रिकल भनिन्छ , जुन सामान्य अवस्थामा रहनुपर्नेमा मुटुको रक्त चापका कारणले आकार ठुलो हुदै जान्छ । यस्तो नकारात्मक चापका कारण शरीरका भित्री भागमा रहेका आन्दा्र तथा कलेजोको रक्त नलीबाट पानी बाहिर निस्कने क्रम बढ्दै जादा अन्तमा कुखुराको पेटमा धेरै पानी जम्छ, जसलाई पानी भरिने समस्या भनिन्छ ।
    कुखुराको पेटमा पानी कसरी भरिन्छ 
    ब्रोइलर कुखुरा चाडो बढ्ने र छोटो समयमा धेरै तौल आउने भएकाले यिनीहरुलाई अक्सिजन धेरै मात्रामा चाहिन्छ । शरीरलाई आवश्यक मात्रामा अक्सिजन पु¥याउन मुटुबाट रगत फोक्सो तिर जाने क्रममा यदि खोरमा कुखुरालाई चाहिने भन्दा थोरै अक्सिजनकोे उपलब्धता भएमा मुटुमा रक्त चाप बढ्न जान्छ । कुखुराको फोक्सो  ढाडमा टासिने हुनाले प्रयात्त मात्रामा फुल्न सक्दैन । यसको मतलब मुटु बाट आएको रगतको नली मार्फत फोक्सो र मुटुमा चाप सिर्जना भई हर्ट फेलको सुरुवात हुन्छ ।  
    अझ यदि खोरमा पिरो राग अर्थात एमोनिया ग्यास बढी छ भने यसले श्वास नली लगायत फोक्सोमा रगतका नली फुटाउछ र जसको असरबाट कुखुराले पर्यात्त मात्रामा अक्सिजन लिन सक्दैन ।
    कुखुरालाई उच्च तापक्रमको घटबढ, खोरमा कुखुराको धनत्व बढी, भ्याक्सिनेसन, तर्सिने जस्ता तनावले पनि रक्त चाप बढाउन मद्दत गर्छन । 
    ब्रुडिङ पछिको कुखुरालाई उपयुक्त तापक्रम २४ डिग्री सेल्सियस भएकाले जाडो महिनामा खोर भित्रको उपयुक्त तापक्रम कायम गर्न बेलुकी पख भुकारी बाल्दा उपयुक्त हुन्छ । यदि बाहिरी वातावरण चिसो भएमा कुखुराले शरीरको तातो कायम राख्न अक्सिजनको खपत बढी गर्छन ।
    वातावरण चिसो भएमा रातो रगतका कोषहरु बढ्छन र रगत बाक्लिन्छ र अक्सिजन बिनाका रक्त कोषले (डिअक्सिहेमोग्लोबिन) गर्दा सिउर र शरीरका अन्य भागहरु निलो रंगमा परिणत हुन्छ ।
    साराशंमा पानी भरिनुका अन्य कारणहरु ः
    - किटाणुबाट निस्केका अन्तर विष 
    - कलेजो  विग्रिएको खण्डमा 
    - उपयुक्त भेन्टिलेसन नभएर एमोनिया ग्यास बढी उत्सर्जन भएमा 
    - सानो ठाउँमा चल्ला गुम्स्याएमा
    दानामा नुनको मात्रा बढी भएमा
    - कुखुरामा तनाव सिर्जना भएमा
     
    रोकथाम र उपचार 
    - समस्या आएपछि प्रभावकारी उपचार नभएका कारण समस्या आउन नदिनु नै बेश हुन्छ ।
    - बाहिरी वातावरण जति चिसो भयो त्यही अनुपातमा कुखुरालाई अक्सिजन बढी चाहिने हुदा खोर न्यानो गर्न जरुरी छ । यदि तापक्रम १० डिग्री सेन्टिग्रेट मा भए कुखुरालाई अक्सिजन दोब्बर मात्रामा चाहिन्छ ।
    - खोरको एमोनिया ग्यास बढी उत्सर्जन हुन नदिन खोर ओभानो राख्ने र यदि खोर हिलो भएमा सोत्तर फेर्ने, एमोनिया ग्यास उत्सर्जन गर्न नदिने औषिधिहरु खोरमा छर्कनु पर्छ ।
    - कुखुरालाई दानाको खपत कम गराउने ।
    - भिटामिन ए र मृगौलाको कार्य गति बढाउने खालको औषधि खुवाउने ।