लेख/रचना

  • काभ्रे जिल्लालाई नै ३ नं. प्रदेश स्थायी राजधानी किन ?
    31 January, 2018

    पुरुषोत्तम ताम्राकार
    पुरुषोत्तम दाई तपाईले सारा लेखहरु लेखी रहँदा प्रदेश सभा–३ को विषयमा केहि नलेख्ने ? यो पंक्ति कोरिरहँदो मेरो कान ठोक्किएको यो आवाज हो यो मेरा केहि शुभचिन्तकहरुको आवाज हो अनि पहिलो पल्ट मेरो नजिकका शुभचिन्तक बहिनी एलिशा महर्जीको अर्को आवाज थियो यो । हो पक्कै पनि प्रदेश नं. ३ को राजधानी काभ्रेमा हुनुपर्छ भन्ने कुरामा केही समय पहिले नै प्ले कार्ड सहितको सानो ठुलो जुलुस प्रर्दशन भईसकेको छ । 
    काभ्रे जिल्ला आजको परिस्थितिमा हावापानी, प्राकृतिक छटा, रहनसहन, जनजाति, व्यापारिक क्षेत्र रुपमा काभ्रेलाई लिन सकिन्छ । व्यापारिक नगरीको हकको रुपमा लिदाँ पूर्वीय भेग आरटिरोड अन्र्तगत सिन्धुली बर्दिबास विराटनगर सम्मका सुदुरपुर्वका भेगका बाटोहरुसँग आजकाल यातायातले बनेपा धुलिखेल अझै पनौतीलाई पनि व्यापारिक नगरीमा लिँदा फरक नपर्ला । प्रदेश नं. ३ अहिले अस्थायी रुपमा मकवानपुर जिल्लालाई बनाएको परिप्रेक्ष्यमा  काभ्रेपलाञ्चोक जिल्लालाई कसरी राजधानी बनाउने भन्ने अभियानमा सबै जुट्नु आवश्यक छ ।  मकवानपुरमा प्रदेश ३ को राजधानी घोषणा गरि रहँदा भक्तपुरले पनि विरोध गरेकै छ । पक्कै पनि काभ्रेलाई प्रदेश नं. ३ को स्थायी राजधानी बनाउँदा अबका दिनमा सहज पनि देखिन्छ । प्रदेश नं. ३ को केन्द्र अनि समशितोष्ण हावा पानीकै हिसाबले पनि महत्वपुर्ण भनिरहँदा काभ्रे ३ नं. प्रदेशको राजधानी हुनुपर्नेमा निम्न कारणहरु छन् । 
    बनेपा धुलिखेल पनौती नगरपालिकालाई एकीकृत गरी व्यवस्थीत शहरको विकास गर्ने योजना बनेपा धुलिखेल र पनौती नगरपालिकामा एकीकृत खानेपानीको कार्यको सुरु भएको छ । भक्तपुर देखि काभ्रे धुलिखेलसम्मको सडकलाई ६ लाईनमा विस्तार गर्ने योजना जसबाट काठमाण्डौं सम्मको दुरी २५ मिनेटमा पुग्न सकिनेछ । नेपाल सरकारबाट पाँचखाल नगरपालिकामा विशेष आर्थिक क्षेत्र निर्माण कार्य योजना प्रारम्भ भएको छ । पाँचखालसम्म रेल यातायात सेवा ल्याउन चिन सरकारको महत्वपूर्ण प्रस्ताव योजना उत्तर छिमेकी देश चिनसँग जोड्न अरनिको राजमार्ग सिन्धुली बर्दिबास हुँदै भारतसँग जोड्ने वी.पी राजमार्गको महत्वपूर्ण भाग काभ्रेमै भएको, दक्ष जनशक्तिको विकास गुणस्तरीय शिक्षा विक्षान तथा प्रवृति विकासको लागि महत्वपूर्ण पुर्वाधारहरुमा काठमाडौं विश्वविद्यालय, आईटि पार्क, बनेपा नेपाल पोलिटेक्निकल इन्टिस्चुट र सरकारी प्राविधिक विद्यालय रहेको काभ्रे जिल्ला लगायत उत्तर पुर्वका हिमाली तथा पहाडी जिल्लाहरुमा सरल सुलभ यातायात सेवा पु¥याउने यातायात समितिहरुमा काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनिबस सेवा समिति, हिमाल तराई सेवा समिति, हेलम्बु यातायातले पनि झण्डै उत्तरी हिमाली जिल्लाको सिमाना सम्म यातायातको सेवा दिन सकिने अनि अरबौको यातायातको सेवा जस्ता सेवा प्रदायकहरुको केन्द्र पनि काभ्रे जिल्लामै छ । सुगम तथा प्रदेशको बढि जनसङ्ख्यालाई पायक पर्ने सेवा सुविधा दिन सक्ने पुर्वाधार पनि काभ्रेमै छ । बनेपा धुलिखेल पनौती एकीकृत नगर प्रदेश टिममा सबै जिल्लाहरुबाट नजिक पर्ने आवश्यक पुर्वाधार उवम् सुविधा सम्पन्न शहर जहाँ पुर्वाधारहरु अहिले पनि मौजुदा छन् । 
    प्रदेशको धेरै जनसङ्ख्या अहिले पनि काठमाडौं उपत्यकामा नै छन् । यसमा काभ्रे संगै छिमेकी जिल्ला सिन्धुपाल्चोक र दोलखाका जनसङ्ख्या जोड्ने हो भने यस प्रदेशको जनसङ्ख्याको लागि काभ्रेले सेवा जारी रहेको न्युनतम समय र यातायात बसाई लगायतको खर्चमा प्रदान गर्न सक्छ । किनकी यो भेग सुविधा सम्पन्न यातायात संजाल जोडिएको मात्र नभई यहाँ उपलब्ध मध्यम स्तरको होटल एवम् होम स्टे सुविधाले अन्य नगर भन्दा यसले प्रर्तिस्पर्धी मुल्यमा सेवा सुविधा उपलब्ध गराउदै आएको छ । त्यस्तै काभ्रेमै विस्तार भईरहेको वित्तिय संस्थाहरुमा वाणिज्य बैंक, फाईनान्स एवम सहकारी संस्था लगायत कृषि उद्योग पयर्टन तथा शैक्षिक प्रतिष्ठान औद्योगिक क्षेत्र एवम् प्रतिष्ठानहरु स्थापना भईसकेको छन् । जिल्लामा ५ तारे होटल द्धारीकाज देखि लज तथा रेष्टुरेन्ट समेत सुविधा भईरहँदा सार्क राष्ट्रका प्रमुखहरुको स्वागतमा काभ्रे जिल्लाको धुलिखेलले सफलता हात पारिसकेको छ । ऊर्जाकै कुरामा पनि काभ्रे सँगैकैै इन्द्रावती सुनकोशी नदि समेतबाट विजुली उत्पादन गरि सोहि आसपासमा पर्यटकिय क्षेत्र एवम् तालको रुपमा विकास गरे दोस्रो पोखरा बनाउन सकिने सम्भावनाको डिटेल सर्वे सुरु भईसकेको छ । यी लगायत काभ्रेमै अरु निकै सम्भावना छन् अनि प्रदेश सभाको स्थायी राजधानी यहि भैसके पछि मकवानपुरलाई नै किन राजधानी बनाईरहने ? निश्चित रुपमा अब काभ्रे यी नै कारण प्रदेश सभाको राजधानी बनाउनुपर्नेमा दुई मत छैन । अब बन्ने प्रदेश सरकारबाट काभ्रे ३ नं. प्रदेशको स्थायी राजधानी बनाईनु पर्छ ।