लेख/रचना

  • मानेदेभानको सफलता नै व्यावसायिक ट्राउट माछापालन
    24 January, 2018

    सफलताको कथा
     
    श्यामहरी सापकोटा
    अध्यक्ष, 
    मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि., 
    पनौती–१, मानेदोभान, रयाले, काभे्र
    सहकारीताको विकास त्यस बेलामा भएको महसुश हुन्छ जुन ग्रामीण क्षेत्रमा रहेर शेयर सदस्यहरुको मनमा प्रत्यक्ष रुपमा बास बस्न सकोस । हो, यो र यस्तै भावना जागृत हुन्छ र्यालेको मानेदोभान बचत तथा ऋण सहकारी संस्थाको क्रियाशिलताले ।
    सानो भौगोलिक क्षेत्रभित्र छरिएर रहेको घरधुरीहरुलाई एक आपसमा मिल्नुपर्दछ अनि सँगसँगै हिड्दा गन्तब्यमा सजिलै पुगिन्छ भन्दै फजुल खर्चको चाँजो पाँजो जोगाउने उद्देश्यका साथ छरिएर रहेका पूँजीहरुलाई एकत्रित गरी सामुदायिक भावनाले स्थानीय जनताको जीवनस्तर उकास्न र सहकारीका माध्यमबाट जनतालाई आकर्षित गर्न २०५९ साल पौषमा २५ जनाको सहभागिता जुटाएर डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि.को दर्ता भएको र शेयर सदस्यहरुलाई  सेवा प्रदान गर्दै आइरहेको रहेछ ।  
    राजधानीबाट करिब ३० कि.मि.को दुरीमा रहेको भक्तपुर र ललितपुरबाट नजिक रहेको काभ्रे जिल्लाको साविक रयाले गा.वि.स., हाल पनौती न.पा. वडा नं. १ मा रहेको यस सहकारी संस्था विभिन्न आरोह अवरोध पार गर्दै २०६२÷०६३ को शान्तिप्रक्रिया पछि फड्को मार्न सफल भएको हो । तामाङ समुदायको बाक्लो बस्ती रहेको यस स्थानमा संस्थामा आवद्ध संचालक समिति र अन्य सामाजिक भावना भएका बिभिन्न ब्यक्तित्वहरुको सहयोगका साथै स्थानीयको जोश जाँगर र ईमान्दारिता, लगनशीलताका साथ यस सहकारी संस्थाले संस्थामा रहनुभएका शेयर सदस्य र समुदायको उत्थानको लागि बत्ती मुनीको अध्यारो जस्तो यस ठाउँमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ कृषि, पर्यटन र सहकारीलाई व्यावसायिक रुपमा अगाडी बढाउनु पर्छ भन्ने अठोटका साथ जिल्लाका बिभिन्न निकायहरुसँग सम्पर्क र समन्वय गर्ने जमर्को ग¥यो । 
    समयको विकाससँगै हामीले केहि योजना अगाडी सार्ने जमर्को पनि गर्यौं र यसै सिलशिलामा २०६५ साल फागुनमा जिल्ला कृषि विकास कार्यालय धुलिखेलमा व्यावसायिक माछा पालनको योजना अगाडी सार्यौं । समयको संगो पनि मान्नुपर्छ हाम्रो यो योजनालाई त्यसबेलाका संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाको पहलमा बिभिन्न बिज्ञहरुको सल्लाहा र प्राविधिक ज्ञान प्राप्त गर्यौं र विश्वमा नै उत्कृष्ट रहेको रेन्बो ट्राउट माछा पालन गर्नको लागि कृषि कार्यालयका प्राविधिकहरुबाट खानी खोलामा रहेको मुलको पानी परीक्षण गरी ट्राउट माछा पालन गर्ने अभियानले सुरुवात पायो ।  
    काम गर्न त्यती सजिलो त थिएन समस्याहरुका चाङ थियो तर हामीले हिम्मत हारेनौं । किनभने हामीले यस सहकारकिो कार्यलाई नमुना योग्य बनाउनु नै थियो । शुरुमा त हामीलाई कार्य गर्ने स्थान सम्म पुग्न बाटोको नै समस्या थियो । सामग्राी ढुवानी लगायत अन्य विषयको पनि मेलो मेसो मिलाउन कठिनाई हुने भएतापनि सबैको सहयोग र आँटले हामीलाई हौसला मिल्यो । हामीले प्रयास गर्न छोडेनौं । तत्कालिन समयमा जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको ५ लाख ७० हजार अनुदान सहयोगमा पक्की माछा पोखरी निर्माण कार्य सुरुगरी सम्पन्न समेत गर्यौं । अझ हौसला प्रदान भयो यस कार्यले शेयर सदस्य तथा समुदायको सहयोगले अरु यसैमा धेरै कार्य गर्नुछ भन्ने मनमा जाग्यो । सोही वर्ष चैत्रमा तातोपानीबाट माछाका भुरा ल्याई माछा पालन शुरु पनि गरियो । शुरु शुरुमा बजारको अभाव र बालाजु माछा पोखरीबाट माछाको दाना ल्याउनुपर्ने, ढुवानीको पनि समस्या हुँदा समेत निरन्तर सहकारी र शेयर सदस्यहरुको हौसलाले सफलता प्राप्त गर्न सफल भइयो । तर बजार पाउन समस्या भएर सबैतिर खबर गरेर सम्पर्कको आधारमा विस्तारै अघि बढ्दै गइयो । तर अर्को लटमा २०६६ चैत्रमा फेरी नयाँ माछा भुरा ल्याइयो र पहिलाको माछालाई क्रमिक रुपमा विक्री गर्दै जाँदै गर्दा २०६७ जेठमा आएको बर्षको ठूलो भेलबाट पोखरीसम्म ल्याएको पानीको पाइप फुट्दा पोखरीमा रहेका माछा भुरा र ठूला माछा सबै मरेर सखाप भए । निकै घाटा समेत ब्यहोर्नु प¥यो । समुदायको सहयोग र समर्थनबाट अलिकति पनि बिचलित नभैकन सहकारी संस्थाले फेरी माछा भुरा किनेर ल्याएर व्यावसायलाई निरन्तरता दियो । 
    यसरी अघि बढ्दै जाँदा संस्थामा शेयर सदस्य बन्नुहुने शेयर सदस्यबाट माछा पालन बापत प्रति शेयर सदस्य रु. २००।– लिने र शेयर सदस्यलाई आफ्नो संस्थाले पालेको माछा खाँदा प्रति के.जी. रु. १००।– छुट गर्ने नीतिगत व्यवस्था गरिएको छ । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई आफ्नो व्यावसायिक कार्य गर्न सरल व्याजमा ऋण लगानी गर्ने गरिएको छ । संस्थाले कृषि, पशुपालन, व्यापार आदि कार्यहरु गर्नका लागि ऋण दिने गरेको छ । माछा पालन व्यावसायलाई निरन्तरता दिँदै जाँदा हाल यस सहकारी संस्थामा राम्रो आम्दानीको श्रोत बनेको छ । मासिक बचत, बाल बचत, सामान्य बचत, मुद्दती बचत, दैनिक बचत, खुत्रुके बचत गरी २००० सदस्यहरु रहेको यस संस्थामा शेयर पूँजी समेत गरी २०७४ असार मसान्त सम्म ५ करोड ६३ लाखको कारोबार गर्न सफल भएको छ । जुन ग्रामीण समुदायमा रहेको सहकारकिो ठूलो अंश नै हो भन्न सकिन्छ । 
    हाल यस रयाले, मानेदोभानमा यही ट्राउट माछा पालन कार्यले गर्दा यस ठाउँमा काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न महानुभावहरुको आवतजावत बढेको छ ।  फुलचोकी टावर समेत नजिकै पर्ने यस स्थानमा पर्यटनको हिसाबले र हाम्रो गाउँ र समाजका बारेमा खोज अनुसन्धान र भाषा संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने हामीलाई लागेको पनि छ । त्यसैले हाम्रो गाउँको नाम सहकारीले गर्दा नै अझ महत्व रहेको हामीहरुलाई महशुस भएको छ । यसरी अघि बढ्दै जाँदा बालाजु मत्स्य पालन, जि.वि.स., राष्ट्रिय सहकारी संघ लि, पुल्चोकबाट पनि विभिन्न किसिमका सहयोग प्राप्त गरी पोखरी विस्तार गरिएको छ । पालेघर निर्माण, दाना बनाउने मेशिन खरिद, अन्य आवश्यक पर्ने सामानहरु जम्मा गरी यस ठाउँलाई आत्मनिर्भर बनाउने कोशिष गरिएको छ । हाल आएर यसलाई थप व्यवस्थित र सफल बनाउनको लागि सहकारीले यस क्ष्ँोत्रमा ख्यातीप्राप्त गरेका अनुभवी व्यक्तिहरुलाई यस ट्राउट माछा पालन व्यवसायको जिम्मेवारी दिएको छ र अहिले झन राम्रोसँग अघि बढिरहेको छ । जिल्ला सहकारी संघ लि माफृत पनि हामीले २०६९ सालमा उत्कृष्ट सहकारीको व्यवसायिकरण गरेकोमा प्रमाण पत्र प्राप्त गर्दा हामीलाई हौसला मिलेको छ । 
    ईच्छा शक्ति र काम गर्नै दृढ सोचका साथ काम गर्दा उक पछि अर्को कार्य गर्न सजिलो हुँदो रहेछ भन्ने हामीलाई लागेको छ । सहकारीले स्थानीय समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक जर्गेर्ना गर्दै अगाडी बढ्नुपर्छ भन्ने हामीले सुनेका र पढेका थियौं अहिले हामीले गर्वका साथ अनुभूती हुने कार्य गर्न सफल भएको छौं जस्तो लागिरहेको छ । सहकारीले व्यवसायिकतामा आधारित कार्य गर्दै जाने हो भने शेयर सदस्य र समुदायको विस्वास जित्न सजिलै सकिने रहेछ । धन्यवाद ती सहयोगी हातहरुलाई कुना कन्दरामा रहेको हाम्रो सहकारीलाई हौसला प्रदान गर्दै खुसी प्रदान गर्नुभएकोमा ।