लेख/रचना

  • सहकारी ब्यवस्थापनमा कस–कसको जिम्मेवारी
    24 January, 2018

    दिलिप शर्मा
    नेपालमा ३४ हजार भन्दा बढी सहकारी संस्था सञ्चालन रहेका छन् । सञ्चालित सहकारी संस्थाहरु सहकारी नीति, मापदण्ड, ऐन र नियमावली अनुसार कमै मात्रामा सञ्चालित छन् भन्ने बिषय पनि हाम्रा अगाडी छर्लङ्ग छन् । सहकारी संस्थाहरु दर्ता सहित संख्यात्मक रुपमा बढ्दै गईरहेको सन्दर्भमा यसको गुणात्मक बृद्धि गर्नु अपरिहार्य भएको छ । गुणात्मक बृद्धिका लागि संस्थाका मुख्य जिम्मेवारीमा रहेका सञ्चालक तथा लेखा सहित बिभिन्न समिति र उप समितिमा भएका ब्यक्तित्वहरुको क्षेत्रगत रुपमा ज्ञान हुनुका साथै समयको व्यवस्थापन अति महत्वपूर्ण मानिन्छ । 
    पदीय दायित्व र भूमिका सहित पस्तुत हुने हो भने आफु र आफ्नो जिम्मेवारीको क्षेत्रमा रहेको संस्थालाई दीगोपना दिन कुनै समस्या हुने छैन । हाम्रा अगाडी रहेका सहकारी संस्थाहरुको व्यवस्थापन के कसरी सञ्चालित छन् भन्ने बिषयमा छलफल र निचोडमा पुग्नु आजको आवश्यकता हो । सहकारी सस्था दर्ता गरी २५ जना ब्यक्तिहरु मिलेर डिभिजन सहकारी कार्यालयमा उपस्थित सहित कागजात पु¥याएपछि सहकारी संस्था सञ्चालनका लागि कानूनी आधार सहित संस्थाले नेतृत्व पाएको हुन्छ । असल नेतृत्व तथा कुशल नेतृत्व सहितको गुणात्मक बृद्धि हुनेकुरामा हामी सबै बिस्वास पनि गर्दछौं । ब्यवस्थापन कसरी गर्ने ? भन्ने बिषयमा चासो र छलफल सहित अगाडी बढ्नु भन्दा पनि दर्ताको क्रममा उपस्थित २५ जना मध्ये आर्थिक रुपमा सक्षम ब्यक्तित्व को छ ? र नजिकको नातेदार को छ ? भन्ने कुराले सुरु देखि महत्व पाएको हुन्छ र सोहि अनुसार नै नेतृत्तवका लागि हानथाप हुने क्रम त्यसैबेला देखि नै सुरु र चासो पाएको देखिन्छ । 
    सहकारी सञ्चालनका लागि यसका व्यवस्थापकीय क्षेत्र सहित नेतृत्वको भूमिका काम कर्तब्य र अधिकार के र कसरी हुनुपर्दछ भन्ने बिषयमा जानकार रहनु अपरिहार्य हुन्छ । व्यवस्थापन भन्ने बिषय सुन्न र बोल्न जति सहज तथा सजिलो लाग्ने बिषय देखिए पनि असल नेतृत्वकर्ताको व्यवस्थापकिय पहिचान बनाउनका लागि धेरै क्षेत्रमा बिषय बिज्ञता हुनु अप।िरहार्य हुन्छ । सहकारी संस्थामा रहेर कार्य सम्पादन गरिरहनु भएका नेतृत्वकर्ताहरुलाई नेपाल सरकारको सहकारी मापदण्ड, ऐन, नियमावली तथा बिनियम र नियमावलीका आधारमा सहकारी संस्था सञ्चालन हुने पद्धती तथा तरीकाका बारेमा के कति जानकारी रहेको छ र  हुनुपर्ने बिषयलाई पनि सामान्य रुपमा मात्र किन नहोस उपर्यूक्त बिषयमा जानकारी हुनु अपरिहार्य हुन्छ ।  संस्थामा निर्माण भएका नीति, आचार संहिता, नियमावलीहरुमा उल्लेख भएका बिषय तथा बुँदाहरुमा नेतृत्वकर्ताहरु के कति रुपमा जानकार राख्दछन वा अध्ययन गरेका छन् भन्ने बिषय आफैमा महत्वपूर्ण कुरा हो । 
    प्राय सहकारी संस्थामा सञ्चालक पदाधिकारी तथा सदस्य वा लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरु भन्दा पनि संस्थाको आन्तरिक बैठक तथा छलफल र अन्र्तक्रियामा संस्थामा आवद्ध कर्मचारीहरुले उपलब्ध भएको नीति विधिहरुको बिश्लेषण तथा ब्याख्या गरी सञ्चालकहरुलाई जानकारी गराइएको बैठकमा देखिन्छ । यसको मतलब कर्मचारीले जानकारी राख्नु हुदैन वा  बुझ्नु हुन्न भन्ने आशय होइन तर बिधिवत रुपमा यसमा सञ्चालक आफुले बनाएको नीति तथा विधिमा कतिको जानकारी राख्छन र भोलिका दिनमा कर्मचारी र सञ्चालक बीचको सम्वन्ध कस्तो रहन्छ र दीगो रुपमा अगाडी बढ्छ भन्ने कुरा हेक्का राख्नुपर्दछ  । संस्थामा आवद्ध सबै तह र तप्काका ब्यक्तित्वहरुले व्यवस्थापनका पक्षहरुमा जानकार हुनु जरुरी हुन्छ । संस्थामा आवद्ध रहेका सञ्चालक र लेखा समितिका ब्यक्तित्वहरुले यस्तो बिषयमा आफै सक्षम हुने बारेमा बिषेश ध्यान दिनुपर्ने हुन्छ । जसका कारण संस्थामा पदीय हैसियत कायम हुन्छ र नीति निर्देशनकाई पालन हुन जान्छ र बिषय र वस्तुमा निपुण हुन जान्छ । अहिलेको विकसीत र बदर्लिदो परिस्थिती सहित सूचना र प्रविधिको यस यूगमा सहकारीमा भैरहेका बिभिन्न गतिविधिहरुलाई तुरुन्तै सार्वजनिक हुने वा गर्ने बिभिन्न माध्ययमको विकास भैरहेको अवस्था पनि छ वा पारदर्शी रुपमा सूचनाहरु सम्प्रेषण गर्ने गराउने होड बाजी चलेको छ । आजको भोलि नै सहकारी क्षेत्रमा विस्व परिस्थितीमा परिवर्तन भएका र हुने बिभिन्न खालका बिषयमा छिटो भन्दा छिटो जानकारी लिनु र आफू अन्र्तगतका सरोकार निकायहरुलाई चुस्त र दुरुस्त बनाउन, इन्टरनेट, वेभसाइट, इमेल  लगायत सबैमा नेतृत्व वा व्यवस्थापन निपुण हुन जरुरी पनि त्यतिकै छ । यस्तो अवस्थालाई ख्याल गरेमा सिंगो सहकारीको ब्यवस्थापनलाई टुंगोमा पु¥याउन सकिन्छ । 
    सहकारी संस्था सञ्चालन गर्नका लागि निश्चित उद्देश्यहरु किटान गरिएका हुन्छन् । उक्त उद्देश्यहरु प्राप्त गर्न धेरै विषयमा ध्यान दिनु पर्छ । शेयर सदस्यहरुको व्यवस्थापन, मानव संशाधन, प्रविधि, बिभिन्न खालका सामग्रीहरू, पैसाको अलावा कार्यको थालनी कसरी गर्ने? भन्ने विधि वा तरिका छनोट गर्नुपर्दछ । शेयर सदस्य तथा कर्मचारीहरुलाई उचित तरीकाले काम गर्नसक्ने वातावरण बनाउनुपर्दछ, उचित समय निर्धारण गरी समयको व्यवस्थापन गर्नुपर्दछ र सुव्यवस्थित ढङ्गले योजना अनुरुप काम फत्ते गर्नुपर्दछ । यी सबै कुराहरूको चाँजोपाँजो मिलाएर सहकारीको दायरालाई फराकिलो पार्दै कुनै पनि काम सुव्यवस्थितरूपमा, स्थानीय स्रोत तथा सामग्रीहरूको अधिकतम प्रयोग गरी सहकारीलाई सञ्चालन गर्नुलाई नै “व्यवस्थापन हो । वास्तवमा सहकारीमा सबै भन्दा महत्वपूर्ण पक्ष भनेको नै व्यवस्थापन हो । सोझो अर्थमा सहकारीलाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि यसका केहि व्यवस्थापनका पाटोहरुलाई बुझ्नु जरुरी छ । साझो अर्थमा भन्नुपर्दा सहकारीका बिभिन्न आयामहरु अर्थात मानव संशाधन, कार्यालय, पूर्वाधार, आर्थिक, सामाजिक सहित आन्तरिक तथा बाह्य रुपमा चुस्त दुरुस्त बनाइ सिंगो सहकारी र यसको अभियानलाई टुंगोमा पुर्याउनुपर्ने आजको आवश्यकता पनि हो ।  
    सहकारीलाई राम्रो तरीकाले सञ्चालन गरी दीगो रुपमा सञ्चालन गर्नका लागि निरन्तर यसको प्रकृयालाई जोड दिनुपर्दछ । त्यसैले भन्ने गरीन्छ कि व्यवस्थापन एक निश्चित प्रव्रिmया हो । सहकारीलाई व्यवस्थित रुपले सञ्चालन गर्दै अगाडी बढाउने भनेको सञ्चालक समितिले नै हो अझ बिशेष गरी पदाधिकारीहरुको भूमिका महत्वपूर्ण हुन्छ । व्यवस्थापन भित्र सहकारीका साना, मझौला तथा दीर्घकालिन योजना निर्माण गर्नु, शेयर सदस्य तथा स्थानीयस्तरमा सबै पक्षहरुको समावेशि रुपले समुह तथा  सङ्ठन निर्माण गर्नु, योजना मुताविक कार्यान्वयनको थालनी गर्नु तथा आवस्यक अनुगमन तथा नियन्त्रण गर्नुजस्ता कार्यहरू पर्दछन् । सहकारी भित्र रहेका शेयर सदस्य र संस्था भित्रको आर्थिक व्यवस्थापनको उचित प्रवन्धको प्रयोग गरी पूर्व–निर्धारित उद्देश्यहरू प्राप्त गर्नको लागि पनि व्यवस्थापन आवश्यक हुन्छ । सहकारी पनि एउटा व्यवसाय नै हो । त्यसैले व्यवस्थापनमा नेतृत्वले व्यवस्थापन चलाउने शक्ति हुनु जरुरी हुन्छ । हाम्रा सहकारी संस्थाहरु जो सञ्चालनमा आएका छन् जसमा व्यवस्थापनका अनुभवी व्यक्तित्वहरु भन्दा पनि हाम्रा र आफ्ना अनि सम्पत्तीका आधारमा निर्बाचित भएका कारण पनि उचित मात्रामा संस्थाको व्यवस्थापन भएको अधिकांश सहकारीमा पाइदैन । जसका कारण बिभिन्न पक्षमा र आइपरेका समस्यामा तत्काल निर्णय लिन समेत असर पर्दछ । र नियन्त्रण भन्दा बाहिर जान सक्छ जसले गर्दा शेयर सदस्यको पहुँच भन्दा सहकारी बाहिर जान्छ अनि सहकारीको मर्म विपरित हुन जान्छ ।  त्यसैले प्रभावकारी तथा दक्षतापूर्वक सहकारीको उद्देश्य पुरा गर्नको लागि अरूद्वारा काम लिन सक्नु पनि व्यवस्थापन हो ।
    सहकारीमा उल्लेख भएका वा किटान गरिएका बिभिन्न खालका उद्देश्यहरुलाई परिभाषित गर्दै व्यवस्थापनले शेयर सदस्यहरुको बीचमा सरल, सजिलो तथा छर्लंग हुने गरी सम्प्रेषण गर्न सक्नु पनि एउटा कला हो । संस्थामा भइ रहेका सबै प्रकारका कार्यहरुको प्रयोगमा आइरहेको नीति नियमावली तथा कार्यविधिहरुमा उल्लेख भएका बुँदाहरुको बिश्लेषण र आवश्यक परेको खण्डमा कामहरुको बर्गीकरण गर्दै जिम्मेवारी हस्तान्तरणको समेत भूमिका निर्बाह गर्नुपर्दछ । व्यवहारिक रुपमा कतिपय अवस्थामा जिम्मेवारी सहित परिस्थिती अनुकुल हुने गरी सञ्चालकहरुले आफ्नो भूमिका प्रत्यायोजित गर्दै अगाडी बढाएमा सजिलो हुन जान्छ । व्यवस्थापनले सहकारीमा सन्तुलित रुपमा कार्य अगाडी बढाउने कला हुनपर्दछ । अर्थात संस्थाका सबै पक्ष वा क्षेत्रलाई उत्तिकै महत्वपूर्ण ठान्नु आवश्यक छ । जस्तै शेयर सदस्यहरुको पक्षमा मात्र योजना निर्माण गर्ने र आर्थिक पक्षको वास्ता नगर्ने हुनुहुदैन र आर्थिक पक्ष मात्र बिचार गर्ने अनि शेयर सदस्यको वास्ता नै नगर्ने भयो भने व्यवस्थापन राम्रो मानिदैन त्यसैले स्थानीय रुपमा उपलब्ध हुने सबै खालका स्रोत र साधनहरुको उपयोग तथा सदुपयोग गर्न सकेमा थो।रै खर्चमा धेरै क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ । त्यसैले सहकारी संस्थाको व्यवस्थापन जति मात्रामा व्यवस्थित गर्न सक्यो उती नै सहकारी सम्बृद्ध हुदै सहकारीमा आमूल परिवर्तन हुनेकुरामा दुइमत छैन र सञ्चालनको पहिलो चरण वा प्ररम्भिक साधारण सभा देखि नै नेर्ततको क्षमता अनि नेतृत्वले पनि आफ्नो दायित्वलाई आत्मसात गर्दै सहकारी सञ्चालन गर्न सकेमा शेयर सदस्यहरुको भलाईका साथै समृद्ध सहकारी निर्माण हुने निश्चित छ । (लेखक जिल्ला सहकारी संघ काभ्रेका सचिव हुनुुहन्छ ।)