लेख/रचना

  • एकीकरण देश र जनताको पक्षमा होस्
    08 November, 2017

    - तुयुकाजी ताम्राकार
    नेपालको राजनीतिमा जुट्ने भन्दा फुट्ने राजनीतिले मौलाउने गरेको कथा पाइन्छ । जुट्दा शक्ति प्राप्त हुन्छ भने फुट्दा स्वभावैले कमजोर हुन्छ । आफैं कमजोर हुने खेल खेल्न नेपालका राजनेताहरु किन र के कारणले मन पराउँदछ जनताले बुझ्न नसकेको विषय हो । जनता चाहन्छ सबै नेता र दलहरु मिलुन र यो देशको हरेक समस्या समाधान गरुन् र देश उत्थान र विकास निर्माणमा पहल गरुन् । जनताको त्यस्तो पवित्र चाहनालाई नेताहरु वाहाना बनाई बनाई किन फुटमा रमाउँछन् ?
    नेपालको इतिहास पल्टाएर हेर्ने हो भने सयौं वर्ष पहिलाका राजा, महाराजा, शासकवर्ग, भाईभारदारहरु र राजपरिवारकै सन्तानहरु समेत फुट्ने गरेको, गुटमा विभाजन भएको र आ–आफै सत्ता प्राप्त गर्न षडयन्त्र गर्ने, झगडा गर्ने, यहाँसम्म कि हत्या गर्ने, सामूहिक हत्याको पर्व नै मच्चाउने सम्म गरेको पाउँछौं । त्यस्तो हुँदा कयौं शासकहरुले आफ्नो सिंहासन गुमाई भाग्नुपरेको वा बन्दी भई जीवन बाँच्नु परेको घटना पनि पाइन्छ । राजनीतिमा शासकहरुको मेल नभई विभाजित हुँदा शासन सत्तामात्र कमजोर हुने नभै देश नै कमजोर हुन पुगी विकास निर्माण अबरुद्ध हुनुका साथै विदेशी शक्तिले हस्तक्षेप गर्ने गरेको पाइन्छ । ति सबै कुराहरु थाहा पाउँदै पनि शासकवर्ग र राजनेताहरु किन  के उद्देश्यका लागि विभाजित भै फुट्छन् र देशलाई समाप्तिका दिशातिर पु¥याउँछन् । दिशातिर पु¥याउँछन् । त्यस्ताहरुलाई कहिल्यै इतिहासले माफी दिने छैन ।
    हुनसक्छ शासकवर्गसित मन नमिल्दा वा आफ्नो स्वार्थ अनुकूल नहुँदा राजनीतिक नेताहरुवा भाइभारदारहरु असन्तोष भै विरोधमा उत्रनु वा स्वस्थ आलोचना गर्नुलाई स्वभाविक प्रजातान्त्रिक चरित्रभित्र पर्दछ । त्यस्तो कार्यले शासकवर्गलाई सुधार्ने, गल्ती सच्चाउने मौका पाई देश र जनहितको काम गर्ने अवसर पाउने हुन्छ तर नेपालको हकमा नेताहरुले आफूहरुमा आलोचनाले सकारात्मक परिवर्तनको सट्टा नकारात्मकतिरै ध्यान जाने र देशै नरहे पनि आफू रहनुपर्छ भन्ने छुद्र स्वार्थले काम गरेको पाउँछौं । उदाहरणको रुपमा लिच्छविहरुको विभाजनले लिच्छवी शासन नै समाप्त भयो भने मल्लहरुको टुटफुट र झगडाले मल्ल शासनकाल समाप्त हुनपुग्यो । पृथ्वीनारायण शाहले काठमाडौंको सत्ता प्राप्त हुने वित्तिकै भाईहरु फुटेका थिए भने उनको मृत्युपछि नै छोराबुहारीहरु फुटेका थिए । भाइभारदारहरु विभाजित बनेका थिए । यसैबीच थुप्रै हत्याहरु हुँदै कोतपर्व भयानक हत्याकाण्ड पश्चात जङ्गबहादुरहरुको उदय भएको हो । राणा शासकहरुको फुटको बीच ७ सालको क्रान्ति भएको हो । क्रान्तिका नायक भन्ने काँग्रेसका नेताहरु अर्थात मातृकाप्रसाद कोइराला र विशेश्वरप्रसाद कोइराला नै फुटेका थिए । त्यसरी नेपालका शासनसत्ता हातमा लिने राजा महाराजा, शासकवर्ग र पार्टीका नेताहरुको टुटफुटले गर्दा नै नेपाल कमजोर हुनुका साथै विकासमा पछाडि परेको हो । साथै बाह्य हस्तक्षेप पनि भइरहेको यथार्थलाई कसले नबुझेको छ र ? जनताले त नाच्छु भन्नेलाई मञ्च, गाउँछु भन्नेलाई बाजा, पढ्छु भन्नेलाई पुस्तक, लेख्नु भन्नेलाई कापीकलम, देश विकास गर्छु भन्नेलाई पद वा सत्ता नसुम्पेको कहिले छ र ? फेरि पनि जनतालाई दोष दिने नकचरोपन देखाउनु हुँदैन । 
    २००६ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी दुई दशक नहुँदै कैयौं गुट उपगुटमा विभाजित हुन पुगेको हो । झापा आन्दोलन हुँदै अगाडि बढेको गुट ०३५ सालमा नेकपा माले हुँदै ०४६ सालमा क. मनमोहन समूहसित एकीकरण पछि नेकपा एमाले भएको हो । अर्काेतर्फ जनयुद्ध मार्फत सत्ता कब्जा गर्ने नीति लिई युद्धरत नेकपा माओवादी २०६२÷०६३ को जनआन्दोलन पछि बन्दुकबाट होइन जनविश्वास प्राप्त गरि मतदानबाटै सत्ता प्राप्त गर्ने नीति अँगाल्न थालेका हुन् । नाम एउटै, उद्देश्य एउटै, सिद्धान्त एउटै, नीति एउटै भएपछि फेरि फुट किन, प्रतिक्रियावादीहरुलाई साथ किन नेताहरुमा बुद्धि फिरेछ क्यारे, २०७४ सालको मंसीर १० र २१ गते हुने केन्द्र र संघीय निर्वाचनमा नेकपा एमाले र एनेकपा माओवादी दुईवटा ठूला पार्टीहरु मिलेर उम्मेदवारहरुको तालमेल मिलाई उठाउने र निर्वाचन लगत्तै दुई पार्टीहरुबीच एकीकरण गर्ने घोषणाले नेपालको राजनीतिक क्षेत्रमा ८ रेक्टर स्केलको भुइँचालो किन गयो ? बुझ्न गाह्रो छैन ।
    मानिसहरु राजनीतिमा किन लाग्छन् भन्दा सत्ता प्राप्त गर्ने, ऐसआरामको सम्मानित जीवन बिताउने, पैसा कमाउने, आफन्तहरुलाई जागिरमा घुसाउने, ठेक्का दिलाउने, महाराज झै हुुकुम जमाउने नै एकमात्र उद्देश्य रहेको दिउँसोको घाम जत्तिकै छर्लङ्ग छैन र ? खासगरी त्यस्तो चरित्र नेपाली काँग्रेसका नेताहरुमा भएको देखिन्छ । किनभने नेपाली काँग्रेसले पटक पटक जनताबाट पूर्ण बहुमत प्रदान गरी स्थिर साकार चलाउने मौका दिएकै हो । भयो के ? आज सबै जनताले देखे बुझेकै छ । न स्थिर सरकार चलाउन सक्यो न देश विकासको बाटोमै पु¥यायो बरु नेताहरुको स्वार्थ मिल्न नसक्ता काँग्रेस पार्टी नै फुटायो र बहुमत गुमाई राष्ट्रलाई अस्थिरतामा पु¥याउने काम ग¥यो । आज राष्ट्रमा जे जति भएको गरेको छ त्यो कम्इुनिष्टहरुको सहयोगबाटै भएको हो । कम्युनिष्टको सहयोग नभए न संविधानको घोषणा हुनसक्थ्यो न स्थानीय निर्वाचन, न त कुनैपनि आन्दोलनहरुले सफलता पाउथ्यो । झण्डै ७०% जनसमर्थन प्राप्त भएपनि कम्युनिष्टहरुको विभाजनले कहिल्यै स्थिर शासनको निम्ति बहुमत पु¥याउन सकेन । नेतृत्वको महत्वकांक्षा अहम्ता, असहिष्णुता, संकीर्णता आदिले कम्युनिष्टहरु मिल्नै सकेका थिएन । त्यसैकारण बाध्य भएर सिद्धान्त नमिल्दा नमिल्दै पनि काँग्रेसलाई साथ दिन परेको हो । कम्युनिष्टहरुको सहयोगले नै राणा विरोधी होस् वा पंचायत, निरंकुश राजतन्त्र होस् वा राजतन्त्र उन्मुलनको अभियान सफल हुनुको कारण हो । राष्ट्रहितको काममा कम्युनिष्टहरु जहिल्यै सकारात्मक हुन्छ । 
    दक्ष प्रजापतिले आफ्नै छोरी सतीदेवी महादेवकी पत्नीकै अगाडि महादेवको निन्दा गरेको सहन नसकी प्राणत्याग गरेपछि दक्षलाई दण्ड गर्न महादेवले आफ्नो टाउकोबाट दुई महाबली वीरवल र बलभद्र निकालेर पठाएर दक्षको टाउको काटेर त्यसको सट्टा बोकाको टाउको राखेझै नेपाल आमाले दुई शक्ति एमाले र माओवादी निर्वाचनरुपी युद्धमा पठाएका छन् । निश्चित छ महावली जनताले क–कसलाई बोका होइन खसीको टाउको रुपको बनाउने छन् । कम्युनिष्टहरुको एकता नचाहने प्रतिक्रियावादी दक्ष प्रजापतिलाई सजायँ गर्न जनता आतुर छन् । यतिखेर एमाले र माओवादीको एकता हुने घोषणाले देश विदेशका प्रतिक्रियावादी शक्तिहरुले टाउको दुखाईरहेका छन् । नेपालमा चलखेल गर्ने दिन सकियो भनेर ? खबरदार एकीकरण हुन नदिने चलखेल, षडयन्त्र नहोला भन्न सकिन्न, नलोभ्याउला भन्न सकिदैन । सबै नेता कार्यकर्ता सचेत सजग र सतर्क रहौं फुटको षडयन्त्र परस्त गरौं । काँग्रेस बरबराईरहोस् ।