लेख/रचना

  • सन्र्दभ एक बाम एकता
    11 October, 2017

    राज्य आजको परिवेश सम्म आईपुग्न साँचै धेरै संघर्ष झेलिसकेको अवस्था छ । २०३६ सालको विद्यार्थी आन्दोलन देखि ०६२, ०६३ सम्मको दास्रो जनआन्दोल सम्मको अवस्था सम्झिन लायकै थियो । यता २०५९ सालको प्रतिगमन भईरहँदा उता माओवादिहरुको जनयुद्द कालिन समय पनि कम्तीको थिएन । राज्यमा अब आजकाल केही दिन देखि धुर्विकरण हुनै लागेको बाम एकताको प्रसङ्ग चलेकै छ । साथसाथै गत आश्विन १७ गते राष्ट्रिय सभा गृहमा सात बुँद्धे सम्झौताका साथ चुनावी तालमेलमा ६०–५०को भाग बन्दा गर्ने देखि पार्टि एकता सम्मका कुरा चलेको छ । खयर अब पार्टी एकतामा केन्द्र माओवादि, नेकपा एमाले, नँया शक्तिलाई समेत समेट्ने भएको छ । अझै बाबुरामजीका पार्टीलाई चुनाव चिन्ह सूर्य चिन्हनै हुने कुरा एकता सभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा वलीजीले बताएका छन् । त्यो बेला राष्ट्रिय सभा गृहमा शन्ध्याकालिन सभामै तिन दलका शिर्ष नेताहरु मिलि पार्टी एकिकरण अनि अहिलेलाई आँउदो मंसिरको चुनावको लागि तालमेल सम्म हुने अनि चुनाव तालमेल पछि पार्टि एकता सम्म हुने बताएको छ । त्यसमा पनि चुनाव पछि सरकार चलाउने अनि पार्टीको संगठनको जिम्मेवमरी पनि मिलाउदै जाने सम्मको खाका कोरीएको छ । तिन दलका शिर्ष नेताहरुद्वारा त्यो दिन राष्ट्रिय सभा गृहको मञ्चमा एकैसाथ पेपर साइन गरि हातमा हात मिलाई एक बाम एक ठाम हुने गरि अपोइन्टमेन्ट गरिसकेको छ । घटना राष्ट्रिय स्तरमा बाम एकताको भन्नासाथ एता कंग्रेसमा पनि प्रजातान्त्रिक एकता भन्दै रा.प्र.पा समेत मिल्ने परिस्थितमा बालुवाटारमा कुरा भईरहेको छ । कंग्रेस पार्टि यति बिग्न बाम एकताको नाममा हतार मनस्थिति बनाई हेर्ने किन ? आज कंग्रेसकै संगठनका नेता ज्यूहरु प्रदिप पौडेल लगायतले बाम एकता होस् न यसमा कंग्रेसलाई टाउको दुखाई हिड्नु पर्ने किन भनेका छन् । हो पक्कै पनि २०६४ सालमा जब माओवादि साथिहरु सशस्त्र युद्धबाट छोडेर उपत्यकामा बाटामा आँउदै गर्दा नेता प्रचण्डले बाम एकता गरै भनी एमाले इटरका पार्टी नेता समक्ष प्रस्तावहरु राखेकै रहेछ । समय परिस्थितिले त्यो बाम एकताको क्षण मिल्न सक्दै नसकेको रहेछ । जे होस् फेरी गएको स्थानीय निर्वाचन पछि बाम तालमेलको सिलसिलामा दश वर्ष पछि बाम पार्टी एकताको सात बुद्धे लिखित सम्झौता गरि राष्ट्रिय सभाभवनबाट यो गठबन्धन बनाएको छ । अब एकैछिन सोचौत यो भन्दा स–सानो बाम पार्टीहरु अझै कति छन् । ति साना घटकमा छरिरहेका बाम पार्टीलाई संगै मिलाएर लान सके अझै राम्रो हुन्छ कि भनी नेकपा मालेका शिर्ष नेता सिपी मैनालीले केहि संचार मिडियामा बोलिसकेका छन् । खयर बाम तालमेल नै गरेर चुनावमा जाने मनस्थिति यतिबेला यी तिन ठुला दलमा आइसकेका छन् । अहिलेको लागि आ–आफ्नो चिन्ह लिई तालमेलकै हिसाबले चुनावमा भाग लिने भएका छन् । त्यो पनि केही छैन त्यसपछि राजनीतिक जटिल मोडलाई सेफ ल्याडिङ गर्दै पार्टी एकता सम्मको रोड म्यापलाई मध्ये नजर गर्दै गर्दा कता कता विगत २०६२ मंसिर १७ गतेको घटना स्वयम मलाई याद भईरहेको छ । त्यतिबेला तत्कालिन एमाले महासचिव माधव नेपालको आम सभामा भाग लिदै गर्दा तिन दिन सम्मको जटिल यातना सुराकिको आधारमा सिंहदरबार भित्र क्यालरिको चिसो छिडिमा ज्यानको बाझि लगाई भाग्यले मात्र बाँचेको अवस्था काहली लाग्दो थियो । त्यति बेलाको ज्यान जोगाईबाट आझसम्म जिउँदै यो पङ्ति कोर्दै छु । यस्को माने मेरो ज्यान मात्र बचेको सवाल होइन त्यो द्वन्द्वकालमा राजाको सक्रिय सासन र माओवादिलाई त्यतिबेला हेर्ने दृष्टिकोण अनि बाम पन्ति शक्तिलाई त्यतिबेला आतंकबादिको बिल्ला भिराएकै थियो । त्यस्तै त्यतिबेला पुरानो सत्तालाई नाश गर्ने नाममा सशस्त्र द्वन्द्वमा मानविय भौतिक वस्तुहरु धेरै नाश भएको थियो । तर यतिबेला राजनीतिक विश्लेषक हरि रोक्काको भनाई सापटि लिई भन्ने हो भने अब बाम एकता गर्दा तिन दलका पुर्व बाम पन्ति दलका पाँच प्रधानमन्त्रि छन् । त्यसमाथि पनि दुवै पार्टीका कयौं सिनियर र जुनियर नेताजी हरु धेरै वर्ष सम्म जेलनेल भोगेका छन् । त्यतिमात्र नभई अब ति नम्सहरु बोकेर पार्टि एकता अनि तालमेल हुन सकिदैन । बिश्लेषक हरि रोक्का भन्छन् अब ती बितेका घटना चटकै बिर्सेर एक बाम एम ठामकै ध्येयले मात्र पार्टी एकता हुन्छ भनेका छन् । यति पङ्ति कोर्दै गर्दा मलाई पनि केहि शब्दहरु राख्न मन लाग्यो । त्यो के हो भने पक्कै पनि केन्द्रिय स्तरमा यि ३ ठुला बाम दलहरुको पार्टी एकता अनि चुनावी तालमेल सम्मको यो सात बुद्धे कुरामा हस्तक्षेप भएपछि अब यो सबै कुरा राज्य समृदिको लागि हुनै पर्दछ । त्यसमाथि पनि प्रमुख विपक्ष पार्टिमा नेपाली कंग्रेस लोकतान्त्रिक आलाइन्समा अरु दलहरु पनि मिल्दै गर्दा एकैचोटी सबै सिस्टममा छुमन्तर नहोला तर पनि वाम एकताको यो हुीप पछि अब राष्ट्रीय समृद्धिलाई नै एक मानौ कंग्रेसलाई २०४८ साल पछि पटक–पटक बहुमत र पछिलो पटक सम्म पनि प्रमुख पाटीमा जनताहरुले मत नदिएको हैन तर राष्ट्रिय हितका कार्य गर्न कंग्रेस पाटी भित्र मत मतानतर आएकै हो कि जे होस वाम एकता चुनावि तालमेल मात्रै नभई यसले दुई तिहाई बहुमतको सरकार बन्नु छ । अनी वामपन्थि पथका का. पुष्पलाल, का. मनमोहन अधिकारी सदेनेता मदन भण्डारी र हालका माओवादीका शिर्ष नेताहरुले पनि कुनै अब अतिथका कुरा नगरौ शुद्ध शुद्धि विचार धारा पोखौँ यहाँ मार्कश लेनीनको साच्चै चिन्तन गरौ । अन्त्यमा भन्नै पर्दछ तीनै दल अर्थात अरु साना वाम दलहरु लाई पनि समिकरणमा ल्याएर सिधै वाम एकता बनौ । त्यहाँ के गाउँ के तराई के हिमाल सबै ठाउँ एक ठाम एक वामको नशिएत राखौँ वश यति हो । यसमा तिनै पाटीका ग्राश लेवलका कार्यकर्ता देखी सबै गाउँ ठाउँमा जोस जागर भएर नै वाम एकता सम्म हुन सकोस ।