लेख/रचना

  • मह भित्रको म को पिडा
    14 September, 2017

    मुटु साटेर तिमी बाँच्ने भए,
    तिम्रो लागी हजारौँ मुटुहरु पाउने थियो ।
    सधैँ अरूलाई हँसाएर, आफू भने रुने मान्छे,
    अब, आँसु पुछदै “मह भित्र म” किताब पढौंला ।
    रङ्गमञ्चका कलाकार आफ्नो जिन्दगीका कथा ब्यथाहरु लुकाएर दर्शक सामु अभिनयमा रमाउँछ । अझ हाँस्य कलाकारहरूको दुःख वेदना नै हुँदैन जस्तो लाग्छ । अरूलाई हँसाउन जति सजिलो छ । आफ्नो दुःख र पीडादायी जीवनको कहानी अरूलाई सुनाउन गाह्रो हुने रहेछ । त्यसैले आफ्नो कुरा व्यक्त गर्न किताबको सहरा लिनु भएको छ । लोक प्रिय हाँस्य कलाकार मदन कूष्ण श्रेष्टको दुखदायी आत्म कथा जिवनी किताब पढने साहस गर्दैछु । मदन कूष्ण श्रेष्ठ नेपालको हास्यब्यङ्ग क्षेत्रका सुपरस्टार कलाकार भन्दा फरक नपर्ला ! देशमा पंन्चायत काल देखी बहुदल र गणतन्त्र सम्ममा आफ्नो कलाकारीता पेसाको रूपमा नेपाली जनताहरुको माझमा मह जोडीको नामले सु( प्रसिद्ध छ ।अहिले बजारमा “ मह भित्रको म “ भन्ने किताब निस्किएको छ । किताब पढने मौका पाएको छैन । किताबमा मदन कूष्णको जीवन भित्रको कठोर पिडादायक पक्ष समेटिएको हल्लाले सबैलाई स्तब्ध बनाएको छ । किताब पढने साहस कसरी बनाउने हो ? आफ्नो जीवन र भोगाईमा कलाकारीताबाट हँसाउने मदन कूष्णको जीवनमा भने वहाँलाई कसरी दोहर्याएको थियो भन्ने यथार्थलाई बुझ्न गाह्रो भएको छ ।

    हामीले बाल्यकाल देखी मदन कूण्णको गाईजात्रा कार्यक्रम, प्यारोडी, प्रहसन , नाटक टेलीश्रूखलाहरु प्रायजसो हेरे कै हुन्छौ । आजकाल यु ट्युवमा पनि वहाँहरुको कार्यक्रमहरू हेर्न सकिन्छ । सधैँ अरूलाई हँसाएर चेतना मूलक सन्देशका कार्यक्रमहरू बनाएर नेपाली समाजमा एक छत्र हाँस्यकला क्षेत्रमा राज चलाएको मह जोडीमा हरीबंशको नाम छुटाउन सकिन्दैन । हामीले हरिबंश आचार्यको पनि जीवन भित्रको असाध्य दुखदायी पिडाको कथाहरू पनि वहाँका जिबनी किताबहरूमा पढेका छौ । आफ्नो जीवन साथी गुमाउनु पर्दा समयमा हाँस्य कलाकार हरिबंशले डिप्रेसनको औषधी सेवन गर्नु परेको थियो । तर हामी वहाँलाई छट्टु हरिबहादुरको नजरले हेर्छौ । बाटोमा भेट्दा यसो गरे कसो होला भनेर बोल्न खोज्छौ तर वहाँ भित्री कुरा हामी बुझ्दैनौ । दर्शक श्रोताहरु भने कलाकार देखेर हाँस्य क्षेत्रमा रमाउन चाहन्छन् । मुटुमा चोट लिएर रङ्गमञ्चमा आफ्नो जस्तो सुकै आँसु र पिडा लुकाएर दर्शक हँसाउने पर्ने बाध्यता हुन्छ ।

    हामी नेपालीहरू दुख कष्टमा हुर्केका छौ । हामीलाई हाम्रो हक अधिकार के हो ? बुझ्न सकेका छैनौ । अझै पनि देशको परिस्थिति अन्याय अत्याचार बारे औला उठाएर हाँस्यब्यङ्ग मार्फत जनताहरुलाई सजक बनाउन मनोरन्जन दिएर अन्याय विरुद्धमा अनेक आफ्नो प्रस्तुति देखाउने मह जोडीलाई गाउँ देखी सहर सम्म र विदेशमा बसेका नेपालीहरूले समेत मन पराउने गर्दछ । सरल प्रस्तुति भित्र गहन बिचार बोकेर जनमानसले सहज तरिकाले बुझ्ने गरी वहाँहरुको अभिनय शैलीले सबै नेपालीहरूको मन जितेको छ । मानव जीवनमा दुख सुख सबैलाई पर्दछ । तर पनि आफ्नो मन पर्ने कलाकार मह जोडीमा स्वास्थ र परिवारको अत्यन्त भयानक पिडादायक वहाँहरुको यथार्थ जिन्दगीमा सबै शुभ चिन्तक श्रोताहरुमा दुख छाएको छ । नेपाली दर्शकहरु दुख भुलेर खुसीमा रमाउछन् । व्यथा लुकाएर हाँस्य प्रस्तुतिमा रमाउछन् भने आफ्नो मन पर्ने कलाकारको दुखमा श्रोता र शुभचिन्तकहरु कसरी हाँस्न सक्छन् ? आज मदन कूष्ण श्रेष्टलाई बिचरा भन्न यो मन मानी रहेको छैन । तिमी हाँसी बस म बसौला रोई , धोका दिने लाई के भनौ खोइ ! हे निष्ठुरी दैव ! तिमीले खुसी सँगै दुख मोल्ने गर्छौ त्यसैले होला दैव भएर पनि निष्ठुरी बन्छौ ! तिमीले दिएको पिडा मानव जगतले भोग्नै पर्छ । मदन कूष्णले पनि यो दुखद पिडालाई सहन गर्न सकोस् भनी उनै भगवानमा प्रार्थना गर्दछौ ।
    याहाँ धेरै आफ्नो जिवनीमा किताबहरू निकालेका छन् । आफ्नो प्रचार प्रसारको लागी लेख्लान् । सबै मानिसमा आ आफ्नै भोगाईहरु हुन्छन् त्यो भोगाईले अरूलाई कति को महत्त्व राख्दछ भन्ने हो । कोहीले आफ्नो जिवनी किताबबाट करोडौको आम्दानी पैसा कमाउन लेखेको भन्लान् । याहाँ बजारमा अनगिन्ती किताबहरू पाउछौ । किताब निकाल्ने फेसन नै चलेको छ । हामी पाठकहरू पैसा तिरेर पढछौ र किताब भित्र हराउछौ अनि बुझ्छौ । नालीको पानीलाई ढल भनिन्छ । पशुपतिमा बागमतीको पानीलाई जल भनिन्छ । आत्मालाई विश्वासले जित्दो रहेछ ! ! !