लेख/रचना

  • विवेचना एक एक सूर्यः अनेक आलोक
    13 July, 2017

    - पुरुषोत्तम ताम्राकार
    साहित्यकार सूर्यप्रसाद लाकोजूका प्रकाशित पन्ध्र पुस्तकहरुलाई आधार मानि हालै प्रकाशित ५ सय ५९ पेजको ग्रन्थ पुस्तक एक सूर्यः अनेक आलोक प्रकाशन भई बजारमा आईसकेको छ । यो ग्रन्थ एक सूर्यः आनेक आलोकको विमोचन विधिवत् रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदै गर्दा सभा हलभरी उपस्थित भिड ज्यादै राम्रो रहेको थियो । त्यति नै बेला एउटा कुराको स्मरण स्वयम् मलाई हुदै थियो । जति बेला पनौतीस्थित साहित्यकार ज्ञानरत्न शाक्यजीले साहित्यमा स–सानो साहित्य सम्बन्धी कार्यक्रमहरु पनौतीमा गर्दै गर्दा त्यतिबेला सूर्य लाकोजू सरले “ए पुरुषोत्तम् दाई हामी पनि ज्ञानरत्न काकासंग मिलेर केहि मद्दत अब गर्नुपर्छ” भन्नुहुन्थ्यो । मैले पनि सकेको भौतिक, आर्थिक सहयोगहरु त्यतिबेला गरिरहन्थे । फलस्वरुप झण्डै २०६४ सालको आसपासमा होला सायद त्यतिबेला देखि नै सूर्यजी कै सक्रियतामा पनौती साहित्य समाज खोल्ने जमर्को गर्नुभयो । उक्त साहित्य समाजको विधिवत् न्वारान गरियो । त्यहि पनौती साहित्य समाज हाल निरन्तर पनौती साहित्य समाजको नाममा दर्ता भई अभिछिन्न रुपमा लागिरहने व्यक्तित्व अर्थात पनौती साहित्य समाजका अध्यक्ष सूर्य लाकोजूकै केहि पुस्तकहरुलाई विवेचना गर्दै यो पुस्तक एक सूर्यः अनेक आलोक पुस्तक त्यहि साहित्यकार लाकोजूका पुस्तक भित्रका विभिन्न विधा र विषयका कृतिहरु भित्रका भावनात्मक बैचारिक तथा व्यवहारीक निधीहरु उत्खनन गर्दै साहित्यकार भिमप्रसाद काफ्लेद्धारा लिखित पुस्तक हो । झण्डै ५ सय ५९ पेजको भिमकाय पुस्तक लाग्यो । जे होस लाकोजूलाई मनपराएर काभ्रेमै पहिलोपटक युवा क्रेजका साहित्यकार लाकोजूका विषयमा यो सामाग्री ग्रन्थ नै तयार भएकोमा सर्वप्रथम म खुशी नै छु । पुस्तकभित्रको सबै समाग्रीहरु खोज तलास गर्न मैले हिम्मत नै गर्नुपर्ने अवस्था थियो । साुहत्यकार भिमप्रसाद काफ्लेको बौद्धिकता अनि लेखन शिल्पी चानचुने थिएन । कताबाट पुस्तकको विवेचना गर्ने साह«ै अप्ठ्यारो स्थितिमा मेरो सामुन्ने पहाड सरी आईसकेको थियो । तर सटकट छोटो विवेचना गर्दै जाने क्रममा लेखक भिमप्रसादजीले पुस्तक अनेक आलोकलाई विशेष सूचिबाट सुरु गरी खण्ड एक व्यक्तिको अन्र्तचेतनाका धनी लाकोजू र खण्ड दुईमा सृजना भित्रका लाकोजूमा खण्डित गर्नुभएर पुस्तकको लेखन सुरु गरेका छन् । खण्ड दुईमा सूर्यप्रसादका मुक्तकहरु फुलहरुको मेला २०६७, लाकोजूले सजाएका फुलहरुको मेला २२ र  भावनाका फुलहरु २०५४, लाकोजूले उनेका भावनाका फुलहरुका माला ३१ र सूर्यप्रसादका कविताहरुमा (क) स्पर्श २०५४, स्पर्शलाई ७१, ख. मेरो मन मेरो मीत २०६६, लाकोजूका मीतहरुसंग साक्षात्कार १६१, ग. कोपिला २०६८, कोपिला भित्रका लाकोजूका बाल ढुकढुककीहरु २२५, घ. घामको चुम्बन २०७१, घामले चुमेका सूर्यका आलोकमय शिल्पी हातहरु २४५ यसैगरी लाकोजूका प्रवन्धात्मक पुस्तहरुमा (क) पनौती २०६४, पनौतीको परिवेशभित्र सूर्यको आलोक ३०३, (ख) पनौती १२ बर्षे मकर मेला २०६६, लाकोजूको पनौतीको १२ बर्षे मकर मेला भित्र प्रवेश गर्दा ३१८, (ग) योमरी २०७३ योमरी संस्कारभित्रका लाकोजू ३३४ र यसैगरी सूर्यप्रसादजीका व्यक्तिपरक निवन्धहरुमा (क) स्मृतिका आलेखहरु २०६४, लाकोजूका मानसपटल भित्रका काभ्रेली माटाका २० बुदाहरु ३४२, (ख) केहि काभ्रेली अक्षरकर्मीहरु भाग एक २०७०, लाकोजूले साक्षात्कार गरेका १५ जना काभ्रेली साहित्यकर्मीहरु ३५४, यसैगरी लाकोजूका हाईकु संग्रहहरुमा (क) गुँरास फुल्ने मनलाई परिक्रमा गर्दा ३६८,(ख) अक्षरका स्वरहरु २०७१, लाकोजूका अन्र्तनिहित अक्षरका स्वरहरु ४३७, त्यसैगरी लाकोजूका प्ररक प्रशंगमा (क) प्रेरणाको चौतारी २०५४, प्रेरणाको चौतारीमा सूर्यप्रसाद लाकोजू ४८४ र सूर्यप्रसाद लाकोजूको गीती संग्रह यो लाग्दछ उहाँको साह«ै पछाडीको रचना हुन सक्छ । शुसेली २०७२, लाकोजूको शुसेलीभित्रको गीती आलोकहरु ५१८ यसैगरी लेखक भिमप्रसाद काफ्लेजीले उहाँको परिचयात्मक टिप्पणीलाई अलि छोटो गरी लेख्दा नाम सूर्यप्रसाद लाकोजू, आमा हेममाया लाकोजू, बाबु विष्णुप्रसाद लाकोजू जन्म २०३३ साउन २८, जन्मस्थान पनौती वडा नम्बर ७ काभ्रे, पेशा हालसम्म शिक्षण पत्रकारीता त्यसैगरी हाल संस्थापक अध्यक्ष नेपाली लेखक संघ काभ्रे, अध्यक्ष संस्थापक पनौती साहित्य समाज, नेपाली लेखक संघका हाल केन्द्रिय सदस्य हुनुहुन्छ । यसैगरीसम्म भावनाका फुलहरुदेखि योमरी (परिचय बाल पुस्तिका)सम्म १५ पुस्तक प्रकाशन गरिसक्नुभएको छ । पुस्तक अनुवादमा अरनिको स्वेत चैत्य र भ्रमणमा नेपाल, भारत, हङ्गकङ्ग र सम्मानहरुमा बालोद्यान प्रकाशन गरेबापत मौलिक साहित्य समाजबाट सम्मानितदेखि ज्ञानविकास सामुदायिक पुस्तकालय पनौती २०७३ फागुन ७ गतेसम्म झण्डै १५ संघसंस्थाबाट सम्मान पाईसक्नुभएको रहेछ । यसरी सूर्यजी नेपाली साहित्यको क्षेत्रमा काभ्रे जस्तो राजधानीको नजिकैको जिल्लामा रहेर सक्रियतापूर्वक कार्य गर्दै नेपालभरी साहित्यिक पँुज प्रकाश छर्न सक्षम कवि हुन् भनेर लाकाजूको बैचारिक तथा साहित्यिक प्रवाह कविता, मुक्तक, हाईकु, निवन्ध, गीत तथा धर्म संस्कृतिको संरक्षण एवं सम्वर्धनका साथै समाजसेवाका क्षेत्र जस्ता अनेकौ विशेषता बोकेका लाकोजू वहुमुखी प्रतिभा सम्पन्न साधक तथा मानविय अन्र्तचेतनाका धनी हुन् । लाकोजू करीव करीव युवा कवि मोतिराम भट्टसंग लेखक भिमप्रसाद काफ्लेजीले दाज्न खोजेका छन् । साच्चै मोति पुरस्कार पाउने सौभाग्य पनि काभ्रेबाट उनै लाकोजू हुन भनी लेख्न भ्याएका छन् । २०६९ साउनदेखि त्रैमासिक सम्पादन तथा प्रकाशन कार्य गरी अक्षरमार्ग नामक पुस्तक नियमित प्रकाशित गर्दै आएका छन् । यसैगरी छोटकरीमा भन्नुपर्दा लाकोजूका मानसपटलभित्रका काभ्रेली माटाका २० बुदाहरुमा आलेख प्रस्तुत गर्दै काभ्रेली माटाका स्वर्गिय कमला सैंजू शैक्षिक धरोहर श्रीराम सप्तलाललाई राजनितिक स्रष्टा स्व. मानसागर श्रेष्ठ, ज्ञानरत्न शाक्य, सत्यनारायण मानन्धर, प्रकाश शाक्य, केदारनाथ प्रधान र रामसुन्दर सैंजू लगाएत आदिलाई स्मृतिका आलेख पुस्तकमा माज्जाले सजाएका छन् । यस्तै गरेर केहि काभ्रेली अक्षरकर्मीको शिर्षक दिएर ८३ वर्षिय भरतराज महतदेखि तुयुकाजी ताम्राकार, शुभद्रा दाहाल, ओतबहादुर खड्का, पंकज चित्रकारसम्मलाई लिएर झण्डै युवा अक्षरकर्मीमा ध्रुबकृष्ण ताम्राकार, रामसुन्दर देउजादेखि भारती दुवालसम्मका अलेख यहि अक्षरकर्मीहरुमा झण्डै १५ जना साहित्य शिल्पीहरुमा राखेका छन् । यसैगरी अन्त्यमा यसै पुस्तकभित्रै लेखक काफ्लेले केहि हृदयस्पर्शी हाईकु कविताहरु मध्ये हाईकुहरुमा म भन्छु राम, राम भन्छ हराम बारीको त्रास, आगो ओकल्ने बारुदको देशमा बुद्धको ज्ञान, प्रजातन्त्रमा सहिदको सम्मान, झुण्डीयो फोटो, सेतो परेवा, त्यो फुलमाथी बक्र दृष्टि परेछ कसरी फुल्ने, यसैगरी कवितामा ओठको हाँसो गालामा लाली लाउन दिनुपर्छ, भोलि के के हुने हो, यहाँ कसले के भन्न सक्छ, विरहका पलहरु, धैर्य गर्नु पर्छ, दुःखको अगाडी झुक्नेहरु अभागी हुन सक्छ, जस्ता हृदयस्पर्शी कविताहरु लेखक काफ्लेले यस पुस्तकमा राखेका छन् ।  कवि साहित्यकार, गीतकारका रुपमा रहेका ५ सय ५९ पेजका साथ साहित्यकार भिमप्रसाद काफ्लेले साच्चै लाकोजूका जीवनमा पुस्तक मार्फत सुनकै मोलम्बा लगाउन खोजेका छन् । कार्यक्रममा केहि साहित्यकारहरुले साच्चै लाकोजूलाई काभ्रेकै भाग्यमानी साहित्यकार भनेका छन् । धेरै ठुला साहित्यकारको विचमा हुदा पनि लाकोजूको विषयमा यति ठुलो ५ सय ५९ पेजको ग्रन्थ साहित्यकार काफ्लेले लेखिरहदा अब यो हाईट अनि शान कवि साहित्यकार भाई सूर्यप्रसाद लाकोजूले अबका दिनहरुमा यो भन्दा माथी कसरी प्रगती गर्ने सोच्नु जरुरी छ । पक्कै पनि अन्तमा साहित्यकार सूर्यजी पनौती नगरका धरोहरलाई मेरो पनि साहित्य नमन छ । साथसाथै अबका दिनहरुमा लाकोजू भाईले समस्त काभ्रेकै साहित्य फाटलाई मलजल गर्नुछ ताकी साहित्य मन लिएर नै उहाँले सक्दो सहयोग याचना अब पनौती साहित्य समाजलाई हुर्काउने बढाउने कार्यमा दृढ भएर लाग्नुहोस् ताकी यस्तै प्रगतीपथबाटै साहित्य मनकारी सूर्य लाकोजूका आगामी दिनहरु सधै एक कदम अगाडी बढ्दै अन्तमा साहित्य द्धिप भई सधै साहित्यिक अनुरागी भई काभ्रे लगाएत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बलिरहन सकून । अन्त्यमा एक सूर्यः अनेक आलोक बजारमा आईसकेको छ, किनेर पढिदिने की ।
    ।।अस्तु ।।