लेख/रचना

  • पचास वर्ष अघिको र अहिलेको कुरा
    06 April, 2017

    –    तुयुकाजी ताम्राकार
    बच्चाहरुलाई चिडियाघर (जू) देखाउन लाँदा त्यहाँ खोरमा राखिएका विभिन्न चरापंक्षी, जन्तु जनावर देख्दा जस्तो उत्सुकता, कौतुहलता, रोमाञ्चकता र खुशी उनीहरुमा देखापर्ने गर्दछ । ठिक त्यस्तै हामी बच्चा अवस्था छँदा पनौतीमा मोटरगाडी ल्याउँदा हुन्थ्यो । पनौतीमा मोटर आएको खबर थाहा पाउने वित्तिकै खाइरहेको भात समेत छोडेर हेर्न निस्किन्थ्यौं । गुडिरहेको गाडीको पछाडि पछाडि दौडिन्थ्यौं । त्यसरी दौडिनेहरुको संख्या सैयौं हुन्थे । मास दौड प्रतियोगिता झै हुन्थे । हामीलाई मजा र आनन्द लाग्थ्यो त्यसरी दौडिँदा । मोटर गाडीहरुको अत्यन्त न्यून संख्या मात्र भएको बेला गाउँघरमा त झन बिरलै मात्र पुग्ने हुँदा बच्चा मात्र होइन सबैको चर्चाको विषय नै हुन्थे ।
        काठमाडौं उपत्यकामा मामा फुफु वा आफन्तहरु कहाँ पुगेर फर्कनेहरुले घरजत्रो र छाप्राजस्ता ठूला साना मोटरगाडीहरु हल्लदै गुडेको, गाडिभित्र मान्छेहरु आनन्दले बसेको, रंग विरंगका गाडीका चलिरहेको र आफू पनि बस्न पाएको गफ छाँट्दा हामीहरु मध्ये यहि नै भाग्यमानी रहेछ भन्ने लाग्थ्यो । त्यहाँ उपस्थित साथीहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको उत्तर पनि हाँसीहाँसी दिएको देख्दा उनको कुराले हामी सबैलाई ठूलै प्रभाव पार्थे । सबैलाई हामीले चै कहिले मोटर देख्न पाउने होला हेर्न पाए भाग्यमानी नै हुन्थ्यो भन्ने विचार उठ्थ्यो । त्यस्तो बेला साँच्चै नै पनौतीमा मोटर ल्याउँदा सबैलाई खुशी र रमाइलो हुन्थे नै । यो थियो २०१५–१६ सालतिरको कुरा ।
    २०१५–१६ सालतिर नै पनौतीमा कहिलेकाँहि साहुहरुले आफ्ना व्यापारका कपडा, नुन, जिरामरिच, मट्टितेल इत्यादि सामानहरु लरी (ट्रक)मा ल्याउने गर्थे । खाल्टाखुल्टी, हिले र बिग्रे भत्केको बाटोमा लरी चलाएर ल्याउन सक्ने दुईजना मात्र बहादुरमा गनिएका ड्राइभर थिए । ति दुई जना ड्राइभरलाई पनौतीका सबैले चिन्दथे । एकको नाम धन्दास र अर्काै कौचा थिए ति । ति दुवैजना बनेपाका साहुहरु रहेछ भन्ने कुरा धेरै पछि मात्र थाहा पाएका थियौं । आज हाम्रा सामान ल्याउने दिन हो जाऔं बनेपा बनेर साहुका छोराहरुले मलाई भन्थे । म पनि गाडी चढ्न पाउने रहरले बनेपासम्म पुगि पर्खेर बस्थ्यौैं । २०२१–२२ सालतिर मात्र पनौतीका दुईजना साहुहरुले एकएकवटा रसियन जिप किनेर चलाएका थिए । त्यतिञ्जेल सम्ममा प्राय सबैले मोटर चढ्ने रहर पु¥याइदिएका थिए पनौती जलविद्युत योजना संचालनबाट । २०१८–१९ सालबाट उक्त जलविद्युत योजना संचालन हुँदा साना ठूला थुप्रै गाडीहरु पनौती खोपासी काठमाडौंमा चलेका थिए ।
    पनौतीका साहुहरुको रसियन जिपले काठमाडौंमा यात्रुहरुलाई पु¥याउने कामको थालनी गरेका थिए । तिनचार घण्टा पनौतीमा कुरेर दशजना यात्रु जम्मा भएपनि जिपले टिप पु¥याई चलाउथे । भाडा ५ रुपैया थियो । फर्कदा पेसेन्जर हुँदैनथ्यो । त्यसैले कसैको सामान हालेर ल्याउथे । पनौती काठमाडौंको सिधा सम्बन्धको सुरुवाट रसियन जिपबाट भएको हो । दुईवटा रसियन जिपले २० जना पेसेन्जर पाउन आधा दिन लाग्थ्यो । त्यसैले नियमितता हुँदैनथ्यो । बनेपाबाट काठमाडौं बस चल्न थालेपछि भने पनौती काठमाडौंको जिप सम्बन्ध टुट्यो र त्यसपछि बनेपासम्ममात्र चलाउने गरेका थिए । २०३१–३२ बाट जिपको स्थानमा मिनिबसले लिन थाले ।
    मिनिबस चलेपनि एउटा समस्या भने छँदैथियो । त्यो थियो पर्याप्त यात्रुहरुको अभाव । पन्ध्र बीस जना यात्रुहरु जम्मा गर्न दुई तीन घण्टा कुर्नू पर्ने अवस्था छँदै थियो । कुनै व्यवस्थापन वा टाइम किपर वा समिति भन्ने छँदै थिएन । नियम भगवान भरोसामा आधारित थियो । दिउँसो १ बजे आएर बसेको यात्रुलाई चारबजे ड्राइभरले अब यो गाडी जाँदैन तपाईहरु हिँडेर जानेस् भन्ने आदेश गर्थे । यात्रुहरु अँध्यारो मुख लाउँदै हिँड्न बाध्य हुन्थे । शक्तिशाली ड्राइभरलाई कसैले केही भन्ने आँट गर्न सक्तैनथे । आफै दुःख मान्दै चित्त दुखाउँदै सम्हालेर हिँड्नुको विकल्पै थिएन । कसैले केही भनी हालेमा ड्राइभर खलासी उसमाथि जाइलाग्थे । थर्कमान तुल्याउथे । सहि नसक्नु अवस्था भएपछि हामी विरोधमा उत्रियौं । स्थानीय सयौं युवाहरुको साथ र समर्थन प्राप्त हुन थाल्यो । हाम्रो एउटै माग समय सीमा तोक्नुपर्ने समय भएपछि खाली नै भएपनि गाडी लानुपर्छ भन्ने हाम्रो अडान रहेको थियो । उनीहरुले जर्बजस्ती चलाउँदै रहे हामीले रोक्दै रह्यौ । दुधमेलसम्म ल्याए त्यहाँ पुगेर रोक्यौैं, सुब्बागाउँसम्म पु¥याए त्यहि पुगेर रोक्थ्यौं । जिल्ला प्रशासनको टाउको दुखाईको विषय बन्यो । हामी ३–४ जना नेतृत्वकर्ताहरुलाई प्रहरुी आएर बनेपा चौकी लगेर राजकाज मुद्दा लाएर थुन्ने धम्की त्यहाँको इन्चार्जले दिएँ । हामील्े राजा हुन खोजेको होइन मन्त्री हुन पनि खोजेको होइन, केवल समयसिमा मात्र तोकि बस चलाउने व्यवस्था होस भन्दा राजकाज मुद्दा लाउने हो भने त्यो भन्दा ठूलो के गर्दा हुन्छ त्यहि गर्नुहोस् इन्सपेक्टर साहेब भनेर मैले जवाफ दिँदा हाकिमले होइन होइन त्यस्तो नियम पो छ भनेको तर भनेर कुरा मिलाएका थिए ।
    आन्दोलनको ५–६ दिनपछि सिडिओ कार्यालयमै गाडी साहुहरु, चालक र हामीबीच सहमति भएर  मिनिबस सेवा समिति गठन भएको हो । सुरुमा हाम्रो तर्फबाट विष्णुदास स्याउला समितिमा रहेका थिए । निक्कै लामो उतारचढाव पश्चात आजको अवस्था हामी सबैले देखेकै हौं । हरेक दृष्टिकोणले पनौती आज फेरिएको छ । प्रत्येक ३–४ मिनेटमा एक मिनिबस छुट्छ । केही कमीकमजोरीहरु अझै होलान् तथापि सुविधाहरु पनि दिएकै छ । हिजो एउटा गाडी हेर्न हामी खाइरहेको भात छोडेर निस्कन्थ्यौं, महाभारतको युद्धमा झै हल्लाखल्ला र हाहाकार चल्थ्यो तर आज महाभारत पर्वतमा संचालित रोडाढुंगा बोक्ने ठूलठूला टिपरहरुको लस्कर, गाडीको ध्वनी, उडाएको धुँवा धुलो आदिले घरमा भाग्नुपर्ने अवस्था श्रृजना भएको छ । सडक छेउको कमजोर घर थर्कने, च र्कने मात्र होइन बालबच्चा जोगाउनै गाह्रो हुन थालेका सुनाउँछन् । हिजोका सडकहरु साँघुरो हुन थालेका छन्, भएका बाटो भत्कन थालेका छन्, जाम बढ्न थालेका छन्, बाटो काट्न पाउँदा युद्धै जितेसरह हुन थाले, स्कूल बस एम्बुलेन्स समेतले समयमा ठाउँमा पु¥याउन नसक्ने अवस्था हुनथाले । गाडीहरु थुपै्र भएजस्तै सडकहरु पनि थुपै्र हुनप¥यो । जनताको जिउधन जोगाउनुप¥यो, विश्व सम्पदामा सूचीकृत हुन पर्खिरहेको पनौतीलाई जोगाउनु प¥यो । मठमन्दिर पाटीपौवा, घर चोकको सुरक्षा हुनुप¥यो । मोटर गाडी,  ट्रक, बस, कार, टिपर आदि चलाएवापत, खानी संचालन गरेवापत जो जस्ले कर उठाइरहेछन् नगरपालिका, जिल्ला, यातायात वा सरकार ककसले सडक बनाउनु पर्ने हो यथाशीघ्र पहल थाल्न आवश्यक भइसक्यो । त्यसको लागि पनि जनता सडकमा उत्रनुप¥यो भने सबैको बेइज्जती हुन स्वभाविकै हुन्छ । समयमै विचार पुगोस् ।