लेख/रचना

  • ज्योति मिर्मिरे सामुहिक साकोसको वनभोज
    23 March, 2017

    सुमन अधिकारी
       ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौति ११, काभ्रेको वार्षिक कार्ययोजनामा उल्लेखित कार्य मध्यको एक योजना उत्कृष्ठ लघुवित्त वनभोज कार्यक्रम फाल्गुणको २७ गते सम्पन्न गरिएको छ । प्रत्यक वर्ष आ.व. अनुसारको सम्पुर्ण लघुवित्त समुहको कार्य मुल्याङ्गक अनुरुपमा रहेको १५ वटा वुदाँहरु क्रमसः बैठकको उपस्थिती, पूरा समयको उपलब्धता, नियमित बचतको नियमितता, ऋण किस्ता र ब्याज भुक्तानी, समूहमा नियम निर्माण तथा पालना, बैठकको मर्यादाको पालना, सामूहिक जिम्मेवारी बहन, उद्धेश्यमुलक लगानी अनुसार आर्थिक कृयाकलापमा संलग्नता, संस्थाको कार्यक्रममा सहभागिता, सामाजिक कृयाकलापमा संलग्नता, आर्थिक उन्नती भएको अवस्था, ऋण उपभोग तथा परिचालनको अवस्था, संस्थागत विकासमा भुमिका, आर्थिक अवस्थामा वृद्धि गर्ने अवसरको खोजी, समूहको निर्णयमा पारदर्शिता तथा असल शासन । यि १५वटा वुदाँहरुमा सर्वाेत्कृष्ट अंक हाँसिल गर्ने समुह नै आ.व.को उत्कृष्ट समुहमा छानिने र वनभोज कार्यक्रममा सहभागी हुने अवसर पाउने नियम अनुसार यसवर्ष वर्षको उत्कृष्ट लघुवित्त समुह हुन सफल बल्थलीको कमलादेवी समुह रहेको थियो । यस समुहले १०० अंकमा ९५ अंक हाँसिल गरि निःशुल्क बनभोज कार्यक्रममा समावेश हुन सफल भयो भने विगत तुलनामा अलि फरक ढंगबाट यसवर्ष उत्कृष्ट हुने समुहलाई निःशुल्क र अन्य समुहलाई शसुल्क वनभोज कार्यक्रममा समाबेश गराइएको थियो ।
       ३० वटा लघुवित्त समुह मध्ये ४ वटा समुहको ७९ जना सहभागिको साथमा संस्थाका संचालक र कर्मचारी दोलालघाटको पिकनिक स्पोर्टलाई सम्झदै, फरक फरक गाडिमा फरक फरक भाका र नृत्यको साथमा लघुवित्त समुह वनभोज कार्यक्रमको रमझम लिदै यात्रा विहाँन ८ः०० बजेबाट दोलालघाट फिर्याे । प्रत्यक गाडिको साथमा मादल र खैजेडी अनि सहभागीको थप्पडिले गुन्जयमान थियो । भोक र भोजनलाई विर्साउन प्रत्यक गाडिमा आफ्ना आफ्ना रमझम र तामझामले यात्रालाई जोसिलो बनाउदै गर्दा उता मानेश्वरी दिप ज्योति एण्ड क्याटरिङ्ग सर्भिस दोलाघाटमा परिकारको साथमा हाम्रो सहभागीहरुलाई स्वागत गर्न तम्तयार रहेछ, वेला वेला उताबाट आउने फोनले भोक बढाउथ्यो त गाडिको रमझमले विर्साउथ्यो । विभिन्न भाका र स्वर अनि नृत्यका साथमा जव दोलालघाटको गन्तव्यमा करिव पौने एघारमा पुगियो सबैको मुहारमा एक नयाँ तवरको खुसि झल्किएको थियो । भोजन र भोकलाई आत्मा साथ गर्दै सबैले चिया नास्ता लिए र वगरमा घुम्न निस्किए । केहि समयको घुमाई पश्चात कार्यक्रमको औपचारिकतामा प्रस्थान गरियो जुन पहिला पहिलाको वनभोज कार्यक्रमभन्दा अलि फरक थियो ।आशन ग्रहनबाट सुरु गरेको कार्यक्रम संचालन विभागिय प्रमुख सुमन अधिकारीले थिए जसको सभापतित्व लघुवित्त उप समिति संयोजक एवं संस्थाका संचालक उपेन्द्र प्रसाद हुमागाईले गरेका थिए भने, प्रमुख अतिथि संस्थाका अध्यक्ष उद्धव सापकोटा, विशिष्ठ अतिथि उत्कृष्ट लघुवित्त समुहका अध्यक्ष रामशरण हुमागाई अतिथिहरुमा संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संचालक, लोक गायक रामकुमार सापकोटा र का.मु.प्रबन्धक गोपाल दाहालले आसन ग्रहण गरेका थिए । कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य संस्थाका का.मु.प्रबन्धक गोपाल दाहालले राखेका थिए भने उत्कृष्ट हुने समुहलाई सभापति एवं प्रमुख अतिथि र अतिथिहरुबाट बधाईका साथमा सम्मान टिका खादा लगाइएको थियो । उत्कृष्ट हुने लघुवित्त समुहका पदाधिकारी एवं सम्पूर्ण सदस्यहरुलाईं संस्थाले सुरु गर्न लागेको थप नयाँ कार्यक्रमहरु सहित बधाई दिदै कार्यक्रम सफलताको शुभकामनाका दिएका थिए । कार्यक्रम मनोरञ्जनात्मक भएकाले सभापतिले आफ्नो मन्तव्यलाई ध्यानमा राखि छोटो मिठो वक्तव्य सहित अन्त्य गरि मनोरञ्जनात्मक कार्यक्रम सुरु गर्न र सम्मान कार्यक्रम अन्त्य गरेको घोषणा गरे पश्चात सहभागि सबैमा रौनक छायो र यथास्थानबाट स्वर गुन्जियो, नृत्य र भाकाले बनभोज कार्यक्रम स्थलनै सुश्वभित भयो भने सहभागिमा थप उत्साह भयो । विभिन्न समुहका सहभागिले एकरुपता देखाउदै लोक गायक रामकुमारलाई लोक भाकाबाट चुनौति दिदै थिए भने उता भोजन तयार गर्ने क्याटरिङ्ग खानाको लागि आव्हान गर्दै थिए । ज्योति मिर्मिरे सामुहकि साकोस .पनौतिमा सदैव जागोस, ज्योति मिर्मिरे सामुहिक हाम्रौ हो....बचत ऋणमा सबभन्दा राम्रै हो, आदि आदि शब्दबाट गुञ्जिएको स्पोर्टमा सबैको मुहारमा खुसीको झन्कार झल्किन्थ्यो ।
        ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले सहभागिहरुबाट धन्यवाद पाइरहेको छ ।मौसमले दिएको बेला बेलाको चुनौति भन्दा पनि लोक भाका, नृत्य र सहभागीको मनोरञ्जनको चुनौति धेरै वलियो थियो किनकि सिमसिम परेको पानिमा समेत शितलताको आनन्द मानि रमाइरहेका सहभागिहरु कुनै सानो सोचमा थिएनन् । उनिहरु त आजको दिनलार्इृ आफ्नै ठानि मदहोस पुर्ण वातावरणमा यति रमाइरहेका थिए कि थकानै केहो भन्ने थियो जुन  कुनै कल्पनामा वाहेक त्यो शव्दमा वर्णण गर्न गाह«ो छ । कार्यक्रमलाई थप रौनकता दिन बचत एवं लघुवित्त विभागिय प्रमुख सुमन अधिकारीले गोला प्रथा खेल खेलाएका थिए जसमा गोला समुहको एक प्रतिनिधिले छान्ने र सहभागी भने त्यस समुहका सबै हुनुपर्ने थियो त्यस खेलको आनन्द लिदै गर्दा खानाको वास्नाले मन पनि अब त तानेको तानेको भान देखिन थाले पछि सहभागीहरुले स्वादिष्ट खाना वनाउने मानेश्वरी दिप ज्योति एण्ड क्याटरिङ्ग सर्भिसलाई धन्यवाद दिदै खाना खाए र खाना पश्चात पनि धेरै वेर स्थलमै रमाइलो गरि सबै सहभागीहरु विहानको आफ्नो आफ्नो गाडिमा बसि आउँदाको झैं फेरि फर्कदा पनि रमाइलो गर्दै, नाच गानमा आफ्नो आफ्नो वास्थान तर्फ फर्कियो, सहभागीहरुको मनले आजकोदिन नढल्कियोस भने पनि समय सबै भन्दा वलवान छ तसर्थ समय सँग झुक्दै सम्पुर्ण सहभागिहरु अर्काे पल्ट पुन ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौति,११, काभ्रेबाट संचालित लघुवित्त कार्यक्रममा आफ्नो समुहलाई उत्कृष्ठ बनाई यसै गरि वनभोज कार्यक्रममा सहभागिहुने वाचा राखि, सहकारी, पदाधिकारी र व्यवस्थापनलाई धन्यवाद दिदैं फर्कियो ।
    (लेखकः ज्योति मिर्मिरे सामुहिक साकोसको
    बचत एवं लघुवित्त विभाग प्रमुख हुन्)