लेख/रचना

  • मेरो अनुभवमा धुलिखेल अस्पताल
    23 February, 2017

    पुरुषोत्तम ताम्राकार

    विषय वस्तुलाई फरक पंकी कोर्ने मेरो इच्छा थियो। चेष्टा पत्रिका (साप्ताहिक) मार्फत यसो सोचे मेरो अनुभवमा धुलिखेल हस्पिटलबारे सायद त्यति अनुभवमा र निपुण त्यति म हैन। करिब धुलिखेल नगरपालिकामा मेयर (प्रमुख) उप प्रमुख लगायतका स्थानिय निकामा जो जस्ता व्यक्ति धुलिखेल न.पा.मा निर्वाचित भएर आएपनि आफ्नो ठाउँमा जस्तै पनि स्रोतको विकास निर्माण गर्न सवैजना एकजुट भएर लाग्ने ठाउँ साँच्चै धुलिखेल न.पा.का नगरवासीहरु र नगरपालिका लाग्यो। साँच्चै अनुभवको आधार मानेर भने हो भने म स्कुले विद्यार्थी थिए। नयाँ किताब (पाठ्यपुस्तक) किन्ने क्रममा क्लास पास भएपछि नयाँ पुस्तक किन्न खुसी हुँदै धुलिखेल न.पा. स्थित सरस्वती पुस्तक भण्डारका जयकृष्ण दाईकै पसलमै म लगायत साथीहरु मेरै सल्लाहमा किताब कापी किन्न सालै पिच्छे पस्थे। धुलिखेल पुग्दा हामीलाई त्यति बेला सदरमुकाम पट्टि भनेको र समयमा सबै प्रकारका पुस्तक हर अभाव नभइकन पाइने जसले गर्दा क्लासमा समयमै शिक्षकको कुटाई नखाईकन नै पढ्न पाउने थियो। प्रसङ्ग बदलौ धुलिखेल अस्पतालको कुरा गर्दा साँच्चै मनमा एक प्रकारको दुःख लाग्छ अनि कता कता भक्कानो छुट्छ। यो पंकी कारिरहँदा मलाइ कता कता मेरो साध्य दाजु अन्त्यमा ताम्राकारको याद आउँछ। उहाँलाइ झण्डै २०६७ सालमा होला सायद (कोलानी) क्यान्सर (आन्द्रा)को अप्रेसन गर्दा अचानक उहाँको भाग्य भनौ या अस्पतालको त्यतिबेलाको चिकित्सकको अध्ययन कमि कमजोरीका बाबजुद डा. साहेबहरुको टिमले शल्यक्रिया गराइदा अन्य आखिर २०६८ को अन्तिमतिर (कोलोनी क्यान्सर) बाट मृत्यु हुन पुगेको थियो। प्रसङ्ग अब २०७३ सालको हाराहारीमा यो नलिउ काठमाडौँ विश्वविद्यालय (प्ग्)को अवधारणा अन्तर्गत यहाँ शैक्षिक सत्रको Çयाकल्टिमा शिक्षक अध्ययन अन्तर्गत आउने देश विदेशदेखि मुलुकको सम्पूर्ण ठाउँहरुबाट यहाँ राम्रोसँग अध्ययनका लागि विद्यार्थीहरुको ओइरो लागेको छ। अस्पताल स्वच्छ सफा अनि मनमोहक डाँडा साइड राम्रो बनेको छ। अझै च्।त्।इ (वि.पी राजमार्ग) खोली सकेपछि यहाँ सिधुली जनकपुर, झापा, पाल्पा, रोल्पा, वाग्लुङ देखि छिमेकी सहर भक्तपुर र काठमाडौँको समेत बिरामीहरु राजधानीको अस्पताल छाडेर उपचारको लागि यहाँ आउँछ। अस्पतालमा स्वच्छ सफाई अनि पनौती, (रोशी) देखि लगिएको शुद्ध खानेपानी बिरामीलाई आवश्यक अनुसार तातो, चिसो पानी बिहान बेलुका बिरामी करुवाहरुले पाइरहन्छ। त्यसका साथै बिहान साँझ बिरामीको अवस्था अनुसारको भात दाल रोटि लगायतका खानाहरु पनि वितरण गरिएका छन्। समय हेरेर एकाबिहानै सुप सहित उसिनेको अण्डा प्रत्येक बिरामीलाई दिएकै हुन्छ। दिउँसो ३ बजे हुदाँ नहुदै फेरी दुध वितरण गरिन्छ पाउरोटीका पिसहरु साथ यो पनि अस्पतालको हालको नीति ठिक्क लाग्यो। नयाँ नयाँ भवनहरु हरेक रोग अथवा शिक्षण अध्यापनका लागि बन्दै गइरहेको छ। अझै सेतो घरको इएम् भवन ज्यादै मनमोहक बन्दै गइरहेको छ। यसो हेर्दा स्थानीय धुलिखेल बासीहरुको एकताले गर्दा अस्पतालले विकासको फड्को देखे म आफै उपचारमा जाँदा देखि झण्डै माघ २६ गते सम्म पाँच दिन मधुमेह (सुगर) को हाइ देखेपछि अस्पताल उपचारमा बस्दाका क्षण शिष्ट र बैनीहरुको उपचार शिष्ट बोली सरल भाषामा बिरामी उपचार गरेको पाएँ। अझै मधुमेह (सुगर) रोगको लागि छन्। तलको क्यावीन नर्स बिरामीलाई इन्सुलीन लगाउने अनि औषधी (चिनीरोग सम्बन्धी) कसरी खाने देखि पथ परेजमा बस्ने र खानाको पथपरेजमा बस्ने र खानाको पथपरेज खाना चार्टहरुका साथै रोगीहरुलाई धुलिखेल अस्पतालको मधुमेह विरामीलाई दिने रहेछ। साह्रै राम्रो लाग्यो अस्पतालको यो प्रक्रिया । नभ्याए पनि आखिर हाल आएर यत्रो शैक्षिक संस्थानमा कहिले काहि विश्वविद्यालयको प्रमुख (डिन) नियुक्ति लाई लिएर हाल भइरहेको शैक्षिक हड्ताल अनी बीचमा नियुक्ति प्रक्रियामा दक्षता अनुभवको आधारमा हुनुपर्ने नियुक्तिमा कतै राजनैतिक दृष्टिकोणले कतै यो स्वर्ण क्लासमा पुुगेको अस्पताल सहितको शैक्षिक संस्था कतै गर्दा पनि बिग्रन दिन हुदैन। यो संस्था काभ्रेकै गर्व अनि चुनौतीको पहाड बोकेको नेपालकै एक शिक्षण संस्थालाई हामी सबै मिली राम्रो बनाउनै पर्दछ। (अस्तु)