लेख/रचना

  • कुखुराको ई कोलाइ रोग र समाधान
    22 February, 2018

    इकोलाइ अर्थात पोल्ट्री उद्योगमा अहिलेको समयमा एक महत्वपूर्ण रोगको रुपमा लिइएको छ । इकोलाइको संक्रमणबाट कुखुराको उत्पादनमा प्रत्यक्ष असर गरि उत्पादन घटाउने र मृत्युदर बढाउने हुनाले धेरै कुखुरा पालन गर्नु हुने व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा आर्थिक नोक्सानी पु¥याइरहेको छ । इकोलाइको संक्रमण कुखुराको सबै उमेरमा देखिन सक्ने रोग भएकाले विशेष गरि हुर्कदै गरेको चल्लामा यसको असर बढी रहने हुँदा कुखुराको हरेक दिन उपयुक्त हेर विचार गर्न जरुरी देखिन्छ । अवसरवादी जीवाणुको रुपमा लिन सकिने यो इकोलाइ जीवाणुको बाह्य वातावरणबाट धेरै तनावमा परेका कुखुराको आन्द्रामा गुणना भई सेतो जालो जस्तो भएर रहेको देखिन्छ।  अत्यन्तै बढि संक्रमण भएमा यो जालो फैलिदै कलेजो र मुटुलाई पनि ढाक्न पुग्दछ । त्यस्तै रोगले असर गर्ने अंगहरुमा श्वास प्रणाली र जोर्नी पनि पर्छन

  • एकल सिर्जनालय भित्रका सूर्यप्रसाद लाकोजू
    22 February, 2018

    जयदेश श्रेष्ठ   अक्षरहरू खोला बनी बगेका छन्  बगर भरी छरिएका छन् शब्दहरू  सम्हालेर तिमीले शब्दहरूको घर बनाऊ  साहित्यमा तिम्रो नाम सधैँ उच्च रहने छ । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको यही २०७४ माघ २७ गते पनौतीको ज्ञान विकास पुस्तकालयमा नौलो प्रस्तुति एकल साहित्य वाचन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको सभापतिअक्षरमार्ग सिर्जना समूहका संयोजक शम्भुलाल श्रेष्ठ तथा प्रमुख अथिती वियोगी बुढाथोकी, विशेष अतिथि डा. राजेन्द्र कोजू र अन्य साहित्यका प्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो । भने उक्त कार्यक्रमको सिधै प्रसारण प्राइम एफ। एमले गरेको थियो । काभ्रेली साहित्यकारहरूमा युवा अवस्थामा नै लोकप्रिय भइसकेका बहुमुखी प्रतिभाशाली सूर्यप्रसाद लाकोजू साहित्यिका विविध पक्षहरूमा कलम चलाउनुभएर हालसम्म उनका भावनाका पूmलहरु (मु

  • सहकारीमा ऋण लगानी र बिचार पुर्याउनुपर्ने बिषयहरु
    14 February, 2018

    दिलिप शर्मा सहकारी संस्थामा ऋण तथा लगानीका बारेमा समान धारणा बनाएर अगाडि बढ्नुपर्दछ यसलाई सबैले बिभिन्न तरीकाले बुझ्ने गरेको पाईन्छ । ऋण ब्यक्ति वा संस्थाले मात्र उपलब्ध गराउनेछन् । सजिलो तरीकाले यसलाई बुझ्नका लागि ऋण भनेको अर्काको सम्पती अथवा अर्काको पूँजी नै हो । जुन बिभिन्न खालका शर्त सहित उपलब्ध गराउनेले प्रदान गरेको हुन्छ । सहकारी संस्थामा शेयर सदस्यहरुले आफ्ना आवश्यकता पुरा गर्न रकम लिन्छ लिनेको लागि त्यो पैसा ऋण हो । जसले आफ्नो वा संस्थागत रुपमा सर्त सहित बिभिन्न तरीका र उपाय अपनाई पैसा दिन्छ त्यो नै प्रदान गर्नेको लागि लगानी हो । जसलाई रकमको अभाव हुन्छ त्यसले कुनै न कुनै वहनामा दोस्रो पक्षसँग पैसाको जोहोको खोजी गर्दछ । अर्काे पक्षसँग पैसा माग्न पनि त्यती सहज चाहि पक्कै छैन । कुनै ब्यक्ति वा संस्थाले कसैलाई रकम हस्तान्तरण गर्नका ला

  • सहकारीमा बचत र हाम्रो परिवेश
    01 February, 2018

    दिलिप शर्मा            मानिस सामाजिक प्राणी हो समाजमा मिलेर बस्नुको बिकल्प नभएकाले समाजका हरेक क्रियाकलापहरुमा उसको सक्रिय सहभागिता रहन्छ । समाज विकासमा ब्यक्तिको अहं भूमिका रहन्छ । ब्यक्ति परिवार, समुदाय अनि समाज हुँदै राष्ट निर्माणका लागि अग्रसर हुने अवसरलाई मानिसले सहि सदुपयोग गर्दै अगाडी बढ्नु पर्दछ । समाज भित्र हुने हरेक क्रियाकलापहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागिताका लागि कुनै न कुनै रुपमा उसलाई पैसाको आवश्यकता पर्दछ । आम्दानी अनुसार खर्च गर्ने बानीको विकास हामीमा नभएकाले हरेक मानिस कुनै न कुनै रुपमा आर्थिक मारको चपेटामा परेको हुन्छ । सदियौं देखि यो र यस्तै खालका गतिविधिमा संलग्न भएकाले आफ्ना अति आवश्यकीय वस्तुहरुको व्यवस्थापन गर्न बिना पैसाका कारण निकै अप्ठ्यारो पारिरहेको हुनेछ ।  कुनै बेला मानिसहरु आफुलाई अभा

  • जाडो महिनामा ब्रोइलर कुखुरापालनमा पानी भरिने समस्या र समाधान
    31 January, 2018

    डा. गणेश बन्जारा ब्रोइलर कुखुराहरु प्रयाप्त मात्रामा प्रोटिन भएका दानाहरु खाएर ४०—४५ दिन सम्ममा मानिसहरुका लागि मासु तथा मासु जन्य परिकार बन्नको लागि तयार गरिन्छन । पोषिलो दाना र ब्रोइलरको जात अनुसार वृद्धि विकास एकदम छिटो हुने भएकाले विभिन्न खाले समस्याहरु ब्रोइलर पालन व्यवसायमा देखिन थाल्छन । विशेषगरि जाडो महिनामा देखिने समस्या मध्ये कुखुरामा पानी भरिने समस्याको बारेमा यहा चर्चा गर्न गइरहेका छौ । पानी भरिने समस्या (असाइटिस) असाइटिस विशेष गरि उच्च उचाइ भएका ठाँउ, जहा अक्सिजन मात्रा कमी हुन्छ,  त्यस्ता ठाँउहरुमा बढी देखिन्छ । हुर्कदै गरेको चल्लाहरुलाई खाएको दानाबाट पोषण तत्व लिनको लागि अक्सिजन धेरै मात्रामा जरुरी पर्छ । यसरी अक्सिजन शरीरमा बढी मात्रामा आवश्यक पर्दा फोक्सोले आफ्नो गति बढाउदै शरीरमा चाहिने अक्सिजनलाई मुटुको गति बढ

  • काभ्रे जिल्लालाई नै ३ नं. प्रदेश स्थायी राजधानी किन ?
    31 January, 2018

    पुरुषोत्तम ताम्राकार पुरुषोत्तम दाई तपाईले सारा लेखहरु लेखी रहँदा प्रदेश सभा–३ को विषयमा केहि नलेख्ने ? यो पंक्ति कोरिरहँदो मेरो कान ठोक्किएको यो आवाज हो यो मेरा केहि शुभचिन्तकहरुको आवाज हो अनि पहिलो पल्ट मेरो नजिकका शुभचिन्तक बहिनी एलिशा महर्जीको अर्को आवाज थियो यो । हो पक्कै पनि प्रदेश नं. ३ को राजधानी काभ्रेमा हुनुपर्छ भन्ने कुरामा केही समय पहिले नै प्ले कार्ड सहितको सानो ठुलो जुलुस प्रर्दशन भईसकेको छ ।  काभ्रे जिल्ला आजको परिस्थितिमा हावापानी, प्राकृतिक छटा, रहनसहन, जनजाति, व्यापारिक क्षेत्र रुपमा काभ्रेलाई लिन सकिन्छ । व्यापारिक नगरीको हकको रुपमा लिदाँ पूर्वीय भेग आरटिरोड अन्र्तगत सिन्धुली बर्दिबास विराटनगर सम्मका सुदुरपुर्वका भेगका बाटोहरुसँग आजकाल यातायातले बनेपा धुलिखेल अझै पनौतीलाई पनि व्यापारिक नगरीमा लिँदा फरक नपर्ला । प्

  • मानेदेभानको सफलता नै व्यावसायिक ट्राउट माछापालन
    24 January, 2018

    सफलताको कथा   श्यामहरी सापकोटा अध्यक्ष,  मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि.,  पनौती–१, मानेदोभान, रयाले, काभे्र सहकारीताको विकास त्यस बेलामा भएको महसुश हुन्छ जुन ग्रामीण क्षेत्रमा रहेर शेयर सदस्यहरुको मनमा प्रत्यक्ष रुपमा बास बस्न सकोस । हो, यो र यस्तै भावना जागृत हुन्छ र्यालेको मानेदोभान बचत तथा ऋण सहकारी संस्थाको क्रियाशिलताले । सानो भौगोलिक क्षेत्रभित्र छरिएर रहेको घरधुरीहरुलाई एक आपसमा मिल्नुपर्दछ अनि सँगसँगै हिड्दा गन्तब्यमा सजिलै पुगिन्छ भन्दै फजुल खर्चको चाँजो पाँजो जोगाउने उद्देश्यका साथ छरिएर रहेका पूँजीहरुलाई एकत्रित गरी सामुदायिक भावनाले स्थानीय जनताको जीवनस्तर उकास्न र सहकारीका माध्यमबाट जनतालाई आकर्षित गर्न २०५९ साल पौषमा २५ जनाको सहभागिता जुटाएर डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा मानेदोभान बचत त

  • कुखुरापालन व्यवसायमा बु्रडिङको महत्व
    24 January, 2018

    डा. गणेश बन्जारा कुखुरापालन व्यवसाय देशको आत्मनिर्भर व्यवसाय भई सकेता पनि पर्याप्त जनचेतनाको अभावले कुखुरा पालन व्यवसायीहरुले  उल्लेखनिय प्रतिफल लिन सकिरहेका छैनन । कुखुरा उत्पादन राम्रो हुनका लागि धेरै वटा तत्वहरुले प्रभाव पार्ने हुदा त्यस तर्फ कुखुरा पालन व्यवसायीहरुले ध्यान दिएमा कुखुरा उत्पादन राम्रो गर्न सकिन्छ । कुखुराको उपचार भन्दा रोग लाग्न नदिने उपायहरु अपनाउदा कुखुराको उत्पादन लागत कम हुन्छ । जस्तै जैविक सुरक्षा अवलम्बन गर्ने , उपयुक्त ब्रुडिङ गर्ने, आदि । १ दिन देखि १४ दिन सम्मको चल्लालाई उपयुक्त तापक्रम, भ्यान्टिलेसन सापेक्षित आद्रता दिने प्रक्रिया नै बु्रडिङ हो । बु्रडिङमा प्रयात्त दाना पानीको उपलब्धता, प्रकाशको व्यवस्था, स्वस्छ हावाको व्यवस्था महत्वपूर्ण रहन्छन । चल्लाहरुलाई एक हप्ता संग तातो दिनु आवश्यक छ । आवश्यक ता

  • सहकारी ब्यवस्थापनमा कस–कसको जिम्मेवारी
    24 January, 2018

    दिलिप शर्मा नेपालमा ३४ हजार भन्दा बढी सहकारी संस्था सञ्चालन रहेका छन् । सञ्चालित सहकारी संस्थाहरु सहकारी नीति, मापदण्ड, ऐन र नियमावली अनुसार कमै मात्रामा सञ्चालित छन् भन्ने बिषय पनि हाम्रा अगाडी छर्लङ्ग छन् । सहकारी संस्थाहरु दर्ता सहित संख्यात्मक रुपमा बढ्दै गईरहेको सन्दर्भमा यसको गुणात्मक बृद्धि गर्नु अपरिहार्य भएको छ । गुणात्मक बृद्धिका लागि संस्थाका मुख्य जिम्मेवारीमा रहेका सञ्चालक तथा लेखा सहित बिभिन्न समिति र उप समितिमा भएका ब्यक्तित्वहरुको क्षेत्रगत रुपमा ज्ञान हुनुका साथै समयको व्यवस्थापन अति महत्वपूर्ण मानिन्छ ।  पदीय दायित्व र भूमिका सहित पस्तुत हुने हो भने आफु र आफ्नो जिम्मेवारीको क्षेत्रमा रहेको संस्थालाई दीगोपना दिन कुनै समस्या हुने छैन । हाम्रा अगाडी रहेका सहकारी संस्थाहरुको व्यवस्थापन के कसरी सञ्चालित छन् भन्ने बिषय

  • स्थानीय सरकारलाई शिक्षा सम्बन्धी अधिकार ः अवसर र चुनौती
    18 January, 2018

    श्यामप्रसाद पाण्डेय नेपालको संविधान (२०७२) को अनुसूची ८ ले ‘आधारभूत तथा माध्यमिक शिक्षा’लाई स्थानीय तह (सरकार) को अधिकार अन्तर्गत राखेको छ । संविधानको धारा (१) मा नै ‘यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ ।’ उल्लेख भएकाले स्थानीय सरकार गठन हुनासाथ शिक्षा सम्बन्धी अधिकारलाई कुण्ठित पार्ने कानुन स्वतः निष्कृय भइसकेको छ । अझ स्थानीय सरकार संचालन ऐन २०७४ ले शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय सरकारलाई दिइसकेको छ । यसमा ‘शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन’ स्थानीय सरकारले नै गर्ने भनिएको छ । यस अवस्थामा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी सबै कार्यहरु स्थानीय सरकार (गाउँपालिका तथा नगरपालिका) ले नै सम्पादन गर्नु पर्नेछ । यसरी हेर्दा जिल्ला शिक्षा कार्यालय विघटन हुन

  • एकीकरण देश र जनताको पक्षमा होस्
    08 November, 2017

    - तुयुकाजी ताम्राकार नेपालको राजनीतिमा जुट्ने भन्दा फुट्ने राजनीतिले मौलाउने गरेको कथा पाइन्छ । जुट्दा शक्ति प्राप्त हुन्छ भने फुट्दा स्वभावैले कमजोर हुन्छ । आफैं कमजोर हुने खेल खेल्न नेपालका राजनेताहरु किन र के कारणले मन पराउँदछ जनताले बुझ्न नसकेको विषय हो । जनता चाहन्छ सबै नेता र दलहरु मिलुन र यो देशको हरेक समस्या समाधान गरुन् र दे&#

  • रबिन्द्र खड्कालाई खुला पत्र !
    01 November, 2017

    नमस्कार रबिन्द्र खड्का ज्यु ! हाम्रो जवानाको चलचित्रको नायक हो तपाईँ । त्यसबेला ठुलो पर्दाको नायकको रूपमा चर्चित हुँदा हामी काभ्रे जिल्लावासीले पनि गौरव गरेका थियौ । कलाकार भनेको सबैको प्यारो हुन्छन् । जिल्लावासी भएकोले रबिन्द्र खड्का हाम्रो छिमेकी दाई, काका भनेर कतिलाई भन्यौ, चिनायौ । मायाप्रितीबाट उदाएको कलाकार समय परिवेशसँगै अ

  • सन्र्दभ एक बाम एकता
    11 October, 2017

    राज्य आजको परिवेश सम्म आईपुग्न साँचै धेरै संघर्ष झेलिसकेको अवस्था छ । २०३६ सालको विद्यार्थी आन्दोलन देखि ०६२, ०६३ सम्मको दास्रो जनआन्दोल सम्मको अवस्था सम्झिन लायकै थियो । यता २०५९ सालको प्रतिगमन भईरहँदा उता माओवादिहरुको जनयुद्द कालिन समय पनि कम्तीको थिएन । राज्यमा अब आजकाल केही दिन देखि धुर्विकरण हुनै लागेको बाम एकताको प्रसङ्ग चले

  • मह भित्रको म को पिडा
    14 September, 2017

    मुटु साटेर तिमी बाँच्ने भए, तिम्रो लागी हजारौँ मुटुहरु पाउने थियो । सधैँ अरूलाई हँसाएर, आफू भने रुने मान्छे, अब, आँसु पुछदै “मह भित्र म” किताब पढौंला । रङ्गमञ्चका कलाकार आफ्नो जिन्दगीका कथा ब्यथाहरु लुकाएर दर्शक सामु अभिनयमा रमाउँछ । अझ हाँस्य कलाकारहरूको दुःख वेदना नै हुँदैन जस्तो लाग्छ । अरूलाई हँसाउन जति सजिलो छ । आफ्नो दुःख र पीडादा&

  • विपत व्यवस्थापनमा सहकारीको भूमिका
    24 August, 2017

    – जयराम सिग्देल देशको उर्वर भूमि भनेर हामीले गर्व गर्ने तराई क्षेत्र अहिले बाढीको मारमा छ । यतिमात्र होईन तराई क्षेत्रमा बसोबास गर्ने हाम्रा दाजुभाई दिदीबहिनीहरु जीवन मरणको दोधारमा छन् । बाढी र भेलका कारण कतिले ज्यान गुमाईसकेका छन् भने कति बेपत्ता छन् । पछिल्लो तथ्यांक अनुसार ३४ हजार घर डुवानमा परेका छन् । सरकारले यो बेला एकद्धार प्

  • गरिबी न्यूनीकरण र राज्यको सुविधाको पहुँच सर्वसाधारणमा कसरी पुयाउने ?
    03 August, 2017

    – जयराम सिग्देल स्थानीय निकायको निर्वाचन सम्पन्न भईसकेका कतिपय जिल्लाहरुमा जिल्ला समन्वय समिति गठन भईसकेको छ भने कतिपय जिल्लाहरुमा धमाधम काम भईरहेको छ । जिल्लाको समग्र विकास र आगामी ५ वर्षका लागि कार्ययोजनाहरु धमाधम बनिरहेका छन् । यसले सिंगो जिल्लाको विकास कसरी गर्ने र यसको दीगो विकास र अर्थतन्त्रका कसरी सु्धार ल्याउने भन्ने विष&

  • विवेचना एक एक सूर्यः अनेक आलोक
    13 July, 2017

    - पुरुषोत्तम ताम्राकार साहित्यकार सूर्यप्रसाद लाकोजूका प्रकाशित पन्ध्र पुस्तकहरुलाई आधार मानि हालै प्रकाशित ५ सय ५९ पेजको ग्रन्थ पुस्तक एक सूर्यः अनेक आलोक प्रकाशन भई बजारमा आईसकेको छ । यो ग्रन्थ एक सूर्यः आनेक आलोकको विमोचन विधिवत् रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदै गर्दा सभा हलभरी उपस्थित भिड ज्यादै राम्रो रहेको थियो । त्यत&

  • जिन्दगीको प्रश्नपत्र
    29 June, 2017

    अधिकारी रबिन्द्र, बनेपा चिल्ला कारको झ्यालबाट हेर्दै हिंडेको एउटा ब्यापारीले बटुका लिएर माग्दै गरेको माग्नेलाई देख्यो भने उस्ले भन्ठान्ला धिक्कार छ यो माग्ने बिचराको जिन्दगी । यो एउटा उदाहरण मात्र हो । धनीले गरीबलाई शिक्षितले अशिक्षितलाई सक्षमले असक्षमलाई बारम्बार यो दृष्टिले हेरिरहेका घटनाहरु हामीसँग प्रशष्तै हुन्छन् । मागे&

  • सहकारीलाई च्याप्ने कि व्यवस्थित गर्ने ?
    23 June, 2017

    – जयराम सिग्देल  पछिल्लो समय सहकारी विधेयक विवादित हुँदाहुँदै पारित भयो भनेर केहि संचार माध्यममा समाचारहरु प्रकाशित भए, यसले कसलाई कति फाईदा र बेफाइदा भयो भन्ने बहस पनि चल्न सक्छ । तर, यो विषय फाईदा वा वेफाईदा भन्दा बढी सिधा रुपमा देशको अर्थतन्त्रसँग जोडिएको हुँदा यसलाई व्यवस्थित बनाउने विषय चाहीँ प्रभावकारी हुन आउँछ । यो भन्दा पनि म

  • जुन १४ अर्थात विश्व रक्तदाता दिवस
    15 June, 2017

    - जयदेश श्रेष्ठ विश्वभर विभिन्न संघसंस्थाको पहलमा हरेक दिन स्वस्थ ब्यक्तिहरुबाट आफ्नो शरीरको अमूल्य रगत रक्तदान गरिएको हुन्छ । सामाजिक दायित्व मानवीय धर्मको ज्वलन्त उदाहरण “रक्त दान नै जीवन दान हो” आजको दिन हामी ती हरेक रक्तदाताहरुलाई आदरका साथ सम्मान गर्न सकौं । संसारभरमा मानिस सबैभन्दा चेतनशील प्राणी हो । मानिसले संसारभर आफ्नो

  • सरकारी विद्यालय भनाई र यथार्थता
    28 April, 2017

    –  रुकमणि सिग्देल विद्यालय विद्याको मन्दिर हो । विद्यालय आफैंमा एक सामाजिक संरचना हो र विद्यालय नै समाजको  एक सानो रुप हो । विद्यालयले औपचारिक शिक्षा दिन्छ । विद्यालयले देशको विकासको लक्ष्य पूरा गर्न जनशक्ति तयार गर्ने काम गर्दछ । सोही कारणहरुले गर्दा विद्यालय समाजको एक महत्वपूर्ण अंग हो । तर सबै प्रकारका विद्यालय यस्ता हुन सक्नु र न

  • के नेपालमा हलिवुड र भेगास जस्ता शहर बनाउन सम्भव छ ?
    19 April, 2017

    - अग्नी चौलागाई कला क्षेत्रको स्वर्णिम सहरको रूपमा रहेको हलिवुड र विश्वको मनोरन्जनको राजधानीको उपनाम, रात्रि जीवन तथा विश्व जुवा घरको रूपमा परिचित लस भेगासको नाम विश्वका अधिकांश मानिसहरूले सुनेका छन् । धेरैले यसको भ्रमण गरेका छन् भने एक पटक घुम्ने वा पुग्ने चाहना सबैले राख्दछन । के छ त यी सहरहरूमा, जसले मानिसलाई लोभ्याउने गरेको छ, किन ह

  • स्थानीय चुनाव देश निर्माणको अवसर
    19 April, 2017

    देशमा सत्ता परिवर्तनको लागि राजनीतिक भयो । व्यवस्था फेरिए, व्यक्ति फेरिए । राजा प्रजा भए, दुर्गम जिल्लावासी राजा भन्दा माथि प्रधानमन्त्री, राष्ट्रपति भए । नेपाल देश र जनताको भाग्य, समय साक्षेप प्रगति पथमा सुधार र विकास हुन सकेन । निर्दलीय शासन पन्चायत व्यवस्थाको विरुद्ध नेपाली जनताहरुले गरेको सघर्ष २०४६ सालमा सफलता मिल्यो । राणा र राज

  • पचास वर्ष अघिको र अहिलेको कुरा
    06 April, 2017

    –    तुयुकाजी ताम्राकार बच्चाहरुलाई चिडियाघर (जू) देखाउन लाँदा त्यहाँ खोरमा राखिएका विभिन्न चरापंक्षी, जन्तु जनावर देख्दा जस्तो उत्सुकता, कौतुहलता, रोमाञ्चकता र खुशी उनीहरुमा देखापर्ने गर्दछ । ठिक त्यस्तै हामी बच्चा अवस्था छँदा पनौतीमा मोटरगाडी ल्याउँदा हुन्थ्यो । पनौतीमा मोटर आएको खबर थाहा पाउने वित्तिकै खाइरहेको भात समेत छोडेर

  • एप्रिल फुल
    30 March, 2017

    अधिकारी रबिन्द्र केहि वर्ष अघिको बसन्त ऋतुले भर्खर पाइला टेकेको चैते शनिबार लाँकुरीको फेदमा रहेको आङाको चिया पसलमा खरिबोटका बन्जाराहरुको बाक्लै उपस्थिति थियो । गाउमै रहेका मान्छे त साबिक झँै आउने नै भए, जागिरेहरु पनि शनिबार भनेपछि चियाको सुर्की संगै बात मार्न ब्यस्त थिए । काठमाडौं बस्ने ठिटाहरु पनि अघिल्लै रात गाँउ आँउने अनि एकाबि&

  • ज्योति मिर्मिरे सामुहिक साकोसको वनभोज
    23 March, 2017

    सुमन अधिकारी    ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौति ११, काभ्रेको वार्षिक कार्ययोजनामा उल्लेखित कार्य मध्यको एक योजना उत्कृष्ठ लघुवित्त वनभोज कार्यक्रम फाल्गुणको २७ गते सम्पन्न गरिएको छ । प्रत्यक वर्ष आ.व. अनुसारको सम्पुर्ण लघुवित्त समुहको कार्य मुल्याङ्गक अनुरुपमा रहेको १५ वटा वुदाँहरु क्रमसः बैठकको उपस्थिê

  • असफल यात्रा
    16 March, 2017

    शारदाप्रसाद शर्मा     आज आउला भोलि आउला भन्दाभन्दै ठ्याम्मै पाँचवर्ष बित्यो, ऊ आएन । अठार वर्षको उमेरमा विवाह भएकी शान्ताको उमेर हिजोबाट ठ्याक्कै पच्चीस वर्ष पूरा भयो । मन नलागिनलागी छब्बीसौँ जन्मोत्सवको अवसरमा दुईचार साथी बोलाएर संगै खानपिन गरेर मन बहलाउन खोजी उसले । तर त्यस क्रममा भएको जोडाजोडीको उपस्थिति र ठट्टामस्करीले भने झनî

  • सूर्यको गीत सुसेली
    02 March, 2017

    तुयुकाजी ताम्राकार मानिसहरु कुनै न कुनै काममा लागेर समय बिताइरहेका हुन्छन् । लाग्दालाग्दै दक्षता पनि प्राप्त हुँदै जान्छ र उ सफलताको सिँढी चढ्दै पनि गएको हुन्छ । आफ्नो काममा पाउने सफलताले कसलाई आनन्द नलाग्ला र ? हुन त मानिसहरु आर्थिक उन्नतिलाई नै आफ्नो सफलताको मापदण्ड मान्नेहरुको संख्या कमी छैन । हुन पनि सुख, समृद्धि, शान्ति, प्रगति, श&#

  • मेरो अनुभवमा धुलिखेल अस्पताल
    23 February, 2017

    पुरुषोत्तम ताम्राकार विषय वस्तुलाई फरक पंकी कोर्ने मेरो इच्छा थियो। चेष्टा पत्रिका (साप्ताहिक) मार्फत यसो सोचे मेरो अनुभवमा धुलिखेल हस्पिटलबारे सायद त्यति अनुभवमा र निपुण त्यति म हैन। करिब धुलिखेल नगरपालिकामा मेयर (प्रमुख) उप प्रमुख लगायतका स्थानिय निकामा जो जस्ता व्यक्ति धुलिखेल न.पा.मा निर्वाचित भएर आएपनि आफ्नो ठाउँमा जस्तै पनि ì

  • कहाँ चुक्यौ ? आज मेरो देश !
    02 February, 2017

    जयदेश श्रेष्ठ हामी नेपालीहरू सपना राम्रो देख्छौ ! सपना पुरा हुने दिन कहिले आउला ?       यो स्टेटस फेसबुकमा अपलोड गरे पछि साथीहरूको प्रतिक्रिया जस्तै आए पनि मनमा भने अनेकौ कुराहरू खेली रहयो । प्राकूतिक श्रोत र सम्पदाको धनी देश नेपाल, आज उजाड भएको छ । श्रुतु परिवर्ततन सँगै गर्मीले तलाउ सुक्दै जान्छ। उड्ने पन्छिहरुले बासस्थान छोडेर अन्यत&

  • सडकको मापदण्ड, सडक सीमा अधिकरण कति ?
    12 January, 2017

    जयदेश श्रेष्ठ स्थिर सरकारबाट राज्य संचालन नभएको हुँदा सरकारको निति निर्माणको कमी कमजोरले सडक छेउका घर धनीहरुले ब्यहोर्नु परेको मानसिक पीडालाई कसरी व्यक्त गर्न सकिन्छ ? बाटो बिस्तारको नाममा धर पकड, बुलडोजर चलाएर पक्कि घरहरू भत्काएको दृष्य, आदी समाचारका घटनाहरुले बाटो छेउ घर भएका जो कोही मानिसको मनमा ढ्यांग्रो ठोक्ने गर्दछ । घर घडेरì

  • महिला जनजागरण
    21 December, 2016

    जयदेश श्रेष्ठ, सांगा काभ्रे आमा शब्द आफैमा महान् ! जति नै बुबा शब्दलाई उच्चारण गरे पनि आमाको स्थान लिन सक्दैन । दुर्घटना पर्दा आमा , बिरामी हुँदा आमा ,केही प–र्याे कि आमा ! किन प्यारो लाग्छ मेरी आमा ? नौ महिना गर्वमा राखेर आफ्नो स्तन पान गराएर हुर्काएको सन्तानहरुले जसै गरे पनि आफ्नो आमाको गुण (ऋण) तिर्न सक्दैनन् । जन्म विकासमा आमाको भूमिका निभ

  • मेरो देश र म युवा
    14 December, 2016

    पूजा सापकोटा गगनचुम्बी चाँदीका पहाडको काखमा, रङ्गीचङ्गी लालीगुँरास फुलेका स्वप्न फेदीहरुमा र तराईका फाँटहरुमा श्रम र पसिना बगाउने हजारौं नेपालीहरुको देश नै मेरो देश नेपाल हो । जहाँ सुसाउँदै वेगले बग्ने खहरेहरुको सिञ्चनबाट भिजेका बेसीहरु छन् । जोश र जाँगरका परेलीमा विकासका पाइलाहरु लम्काउन खोज्ने, देशको कुल जनसंख्यामा ४० प्रतिशê

  • संविधान संशोधन कि द्वन्द्व ?
    07 December, 2016

    – पुरुषोत्तम ताम्राकार     पक्कै पनि २०७२ साल आश्विन महिनाको समयमा राज्यमा संविधान सभाबाट संविधानको खाका सहित प्रस्ट रुपमा संविधान सभाको भवनमा पूर्व राष्ट्रपति रामवरण यादवद्वारा लागू गरिएकै थियो । उक्त समय राज्यको लागि महत्वपूर्ण नै रह्यो । झन्डै संविधान सभाबाट संविधान लागू भएको यो डेढ वर्षसम्म पनि संविधान सभाबाट नयाँ संविधान ला

  • महिला हिंसा एक रहस्य ः चिन्तन
    07 December, 2016

    रुक्मणि सिग्देल     महिला अर्थात नारी दार्शनिकहरुले यो ब्रम्हाण्डको सृष्टिलाई व्याख्या गर्दा ऋषिमुनिहरुले अनादि कालदेखि श्रृष्टिको वर्णन गर्दा एउटै कुरा भनेका छन् कि संसारमा सृष्टिका जम्मा दुइवटा कारक तत्वहरु छन् ति हुन् प्रकृति र पुरुष । पुरुष सिंगो ब्रम्हाण्ड र ब्रम्हाण्डको व्यवस्थापन गर्ने तत्व प्रकृति । यसरी व्यापक मर्या

  • नेपाली जनताको सार्वभौम सत्ता कसले प्रयोग गर्ने ?
    17 November, 2016

    रुकमणी सिग्देल     तिहारको ठिक पछाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएर फर्किने बेलामा एउटा कुरा भने ‘मेरो मिशन सफल भयो ।’ उनको कुराले म जस्ता कति नेपालीको मुटु चस्कियो कुन्नि ? मलाई भने मनको एक भागमा लगभग भुइँचालो नै गएको अनुभव भयो । उनको बचन गहु्रँगो ढुंगो झै छातीमा बज्रेको आभाष भयो । मनमनै शंका लाग्यो अब विवादित चार वटा विषयमा 

  • हार्दिक शुभकामना छ, चेष्टा साप्ताहिकलाई
    03 November, 2016

    जी.एन. प्रधान सर्वप्रथम त २ औं वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गर्न सफल भएकोमा चेष्टा साप्ताहिक र यसको प्रकाशनमा संलग्न सम्पूर्ण चेष्टा परिवारलाई हार्दिक बधाई छ ।     चेष्टा पत्रिका यो हप्ता २२ वर्ष पूरा गरी २३ वर्षको यौवन अवस्थामा पार गर्दैछ । जुन हिजै जस्तो मात्र प्रकाशन सुरु भएजस्तो लाग्दथ्यो । आजै अर्थात यसै हप्तादेखि पत्तै नपाई २&#

  • नेपालमा जनमत संग्रह गर्नु ठीक होला ?
    20 October, 2016

    राजेश बञ्जारा नेपालमा बिबिध राजनीतिक मुद्दामा जनमतसंग्रह गर्नुपर्छ भनी बेलाबखत आवाज उठ्ने गरेको छ । यसै सन्दर्भमा संसारका उदाहरण मार्फत जनमतसंग्रहको फाइदा बेफाइदा केलाउने जमर्को यस लेखमा गरिएको छ । लोकतान्त्रिक र जनपक्षीय व्यवस्थामा जनताको भावना प्रत्यक्ष बुझ्ने लोकप्रिय र उत्कृष्ट मानिने जनमतसंग्रहको बिधिलाई लोकतन्त्रकै

  • पहाडका गाउँ गाउँमा विश्वकर्मा पूजा .....
    22 September, 2016

    मधेसी नेताहरुले भने जस्तो कहाँ छ विभेद ? राजु कुँइकेल     आश्वीन संक्रान्तीका दिन विशेष गरी तराई मूलका नेपाली नागरिकहरुले विश्वकर्मा पूजालाई भव्यताका साथ मनाउने गर्दछन् र उनीहरुका लागि यो विशेष पर्व पनि हो । २०७३ साल आश्वीन १ गते यो पंक्तीकार काभ्रेको नाला–५, आगाँल पुग्दा त्यहाँ भव्यरुपमा विश्वकर्मा पुजा भईरहेको देखियो । मनमा एउटा ज

  • बढ्दो सडक दुर्घटना, राष्ट्रकै एक चुनौति र समाधान
    16 September, 2016

    माधव पन्त सडकमा सवारी साधनमा यात्रा गर्दा अथवा पैदल यात्रा गर्ने क्रममा अप्रीय घटना घट्नुलाई सडक दुर्घटना भनी बुझन सकिन्छ ।सडकमा नेपालमा सडक दुर्घटनाबाट मानिसको दिनहुँ ज्यान जाने, कती अँगभँग हुने गरेको पाइन्छ । सडक दुर्घटनाका अनेक रुप र प्रकार छन् । बाटोमा चलेका सवारी साधन एक आपसमा ठोक्किएर धनजनको क्षती हुनु, पैदल यात्रुलाई ठक्कर द